लोकगायक अर्जुन सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन्। पछिल्लो समय बनकी चरी,पछ्यौरी लिस्यो लगायत अन्य गितहरुबाट दर्शकहरुको अपार माया र साथ पाए लगत्तै आफ्नै शब्द, संगीत र एकल स्वरमा उनले बुधबार ‘ए ठुली’ बोलको प्रेमगीत सार्वजनिक गरेका हुन् ।
सुनिल परियारको एरेन्ज ,जेरी भण्डारीको कथा एवं निर्देशनमा तयार भिडियोमा अर्जुन र क्रिष्टल सापकोटाको अभिनय हेर्न सकिन्छ।
अर्जुनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।