कात्तिक १३, चितवन
नारायणी नदी किनार छठ पूजा र व्रतका लागि सजाइएको छ । छठ पर्वको मुख्य दिन आज हुने पूजाका लागि घाटको सजावट गरिएको हो । तराई सामुदायिक सेवा समितिको अगुवाइमा नारायणी किनारमा छठ पर्व मनाउने गरिएको छ ।

चितवनमा छठ मनाउने समुदायको बाक्लो उपस्थिति हुन थालेपछि यस वर्षदेखि घाटलाई फराकिलो र व्यवस्थित पारिएको छ

छठ पर्वमा महिला व्रत पनि बस्ने गर्छन् । दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वासका साथ महिलाहरु व्रत बस्ने चलन छ ।

“छैटी माताले आफ्नो मनोकांक्षा पूरा गरेको र छठ पर्वमा व्रत बस्दा आत्मविश्वाससमेत बढ्ने गरेको छ ।” छठको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।





