• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

मूर्ति बनाएर जीविकोपार्जन गर्दै टमटा


दोधारा चाँदनी – कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएकोे दुई दशक भन्दा बढी भयो । सानै उमेरमा घरबाट भागेर कामको खोजीमा भारतको राजधानी दिल्ली पुगेका उहाँले दिल्लीस्थित जैपुरमा भगवानको मूर्ति बनाउने कारखानामा काम गर्नुभयो ।

उक्त कारखानामा टमटाले करिब १० वर्ष मजदूरीको काम गर्नुभयो । उहाँ १० वर्षको त्यो अवधिमा कारखानामा काम गर्ने मूर्तिकारको सीप सिके र नेपाल फर्किनुभयो । “दश वर्ष मूर्ति कारखानामा मजदुरीको काम गर्दा मेलै पनि मूर्ति बनाउन सिकिसकेको थिएँ ।” उहाँले भन्नुभयो,“काम सुरु गर्दादेखि नै मूर्ति बनाउने रहर थियो विस्तारै सिक्दै गएँ ।” भारतबाट सीप सिकेर नेपाल फर्किनुभएका उहाँले हाल घरमै भगवानका मूर्ति बनाउनुहुन्छ । तामा, पित्तल, ढुङगा, काठ र सिमेन्टबाट निर्मित विभिन्न भगवानका मूर्ति बनाउने गरेको उहाँले बताउनुभयो ।

“करिब २० वर्ष भयो, मूर्ति बनाएर परिवारको जोहो गरेको छु ।” टमटाले भन्नुभयो–“अहिले मूर्तिको माग धेरै बढेको छ, दार्चुला बैतडीदेखि काठमाडौँसम्मबाट मूर्ति बनाउनका लागि आउँछन् ।” उहाँले शिव पार्वती, हनुमान, दुर्गा, हात्ती र बाघ जस्ता विभिन्न भगवान र जीवजन्तुका मूर्ति बनाउने गरेको बताउनुभयो ।

आफूले बनाएका मूर्ति नेपालको विभिन्न धार्मिकस्थलमा राखिएको टमटाले बताउनुभयो । कैलालीको गोदावरीस्थित ६० फिट लामो हुनमानको मूर्ति करिब नौ महिना लागएर बनाएको उहाँले बताउनुभयो । “प्रसिद्ध धार्मीकस्थल गोदावरी धाममा राखिएको हनुमानको मूर्ति मैले बनाएको हुँ ।” उहाँले भन्नुभयो–“नौ महिना लगाएर बनाएको मूर्तिको रु चार लाख पारिश्रमिक पाए ।”

गोदावरीधाम बाहेक कञ्चनपुरको पर्यटकीयस्थल शिवलिङगेश्वर धामस्थलमा समेत आफूले बनाएका मूर्ति स्थापित रहेको उहाँले बताउनुभयो । विशेष गरी चाडपर्वको बेला मूर्ति बनाउने चाप बढी हुने गरेको बताउनुभयो । “देवीदेवताको मन्दिरमा चढाउन चाडपर्वको बेला बढी माग हुन्छ ।” टमटालले भन्नुभयो–“मूर्ति बनाएरै अहिलेसम्म परिवार चलेको छ ।”

नेपालमै मूर्ति बनाउने कारखाना खोल्ने ईच्छा रहेको भए पनि आर्थिक अभावका कारण त्यो सपना पूरा हुन नसकेको टमटाले बताउनुभयो । “यही कारखाना स्थापना गर्नसके यहाँ अन्य धेरैले रोजगारी पनि पाउँथे सीप पनि हस्तान्तरण हुने थियो ।” उहाँले भन्नुभयो–“आर्थिक समस्याका कारण कारखाना स्थापना गर्न सकेको छैन ।” उहाँले अहिले पनि मूर्ति बनाउनका लागि भारतबाट मूर्तिकार आउने गरेको बताउनुभयो ।

“अझै पनि मूर्ति बनाउन भारत जानुपर्ने र त्यहाँको मूर्तिकार ल्याउनुपर्ने बाध्यता छ ।” टमटाले भन्नुभयो–“मैले सिकेको सीप अरुलाई पनि सिकाउन सक्थे यसले हाम्रो देशमै मूर्तिकार भएपछि यही रोजगारी पनि हुन्थ्यो ।” उहाँले अहिले सीप नभएर थुप्रै युवा रोजगारीका लागि भारत जाने गरेको बताउनुभयो ।

अहिले मूर्ति बनाएर साइज हेरेर रु २० हजार देखि रु चार÷पाँच लाखसम्म पारिश्रमिक लिने गरेको टमटाले बताउनुभयो । “ग्राहकलाई चाहिए अनुसारको मूर्ति बनाउन सक्छु ।” उहाँले भन्नुभयो–“काठ, ढुङ्गा, सिमेन्ट पित्तल तामाका मूर्ति सहजै बनाउन सक्छु ।” उहाँले अहिलेसम्म देशका विभिन्न भागमा मूर्ति बनाएर पठाएको बताउनुभयो । “सुरुवातको केही समयमा काम गर्न असजिलो भयो ।” टमटाले भन्नुभयो–“अहिले त मलाई खोज्दै आउछन्, म सन्तुष्ट छु ।” (रासस)

 

मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.