• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

जय नेपालमा चलिरहेछ डोजर: अब टुकुचा लुकेर होइन खुलेर बग्छ


काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल बन्द भएको दुई वर्षभन्दा बढी भइसक्यो। तर बिहीबार यहाँको माहोल भने कुनै सुपरहिट सिनेमाको आगमनभन्दा कम थिएन। काठमाडौं महानगरपालिकाको टोलीले हल ‘कम्पाउन्ड’ भित्रै डोजर चलाउँदा वर्षौंदेखि लुकेको टुकुचा पहिलो पटक ‘प्रदर्शित’ भएको छ।

‘पचासौं वर्षदेखि पुरिएको टुकुचा खोलाको उत्खनन गर्न सफल भएका छौं,’ काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘अब टुकुचा लुकेर होइन खुलेर बग्नेछ।’ झन्डै एक घन्टा लगाएर १५ फिटको हाराहारीमा खनेपछि दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको टुकुचा खोला फेला परेको पाण्डेले जानकारी दिए।

प्रावधिक टोलीले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हलपरिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ। नारायणहिटी दरबार क्षेत्रको दक्षिण भागबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो।

हलभित्र डोजर चलेसँगै वरपरका छिमेकी र सर्वसाधारणको बाक्लो भिडले हल ‘हाउसफुल’ बनेको थियो। चलिरहेको डोजर कतिपयले ‘नायक’जस्तै ठानेर रमाउँदै हेरिरहेका थिए भने पीडितका लागि यही डोजर कुनै ‘खलनायक’भन्दा कम्ता थिएन। ‘अहिलेसम्म मेरो घरजग्गामा खोला पर्छ भन्ने पक्का भएको छैन,’ जय नेपाल हलभन्दा केही परका योगेश मिश्रले भने, ‘कतै भेटियो भने अनाहकमा हामी पीडित बन्नेछौं ।’ वर्षौंदेखि भोगचलन गरेको ठाउँमा एक्कासि उत्खनन गर्दा आफूहरू समस्यामा पर्ने उनले सुनाए।

तर,महानगरले साउन १२ गते नै सार्वजनिक सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो। ३५ दिने सूचनाको म्याद सकिएपछि गायब भएको र अतिक्रमित क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको महानगरले जनाएको छ। बुढानीलकण्ठदेखि बग्दै आएको टुकुचा खोला थापाथलीनजिक वाग्मती नदीमा गएर मिसिन्छ। मध्य सहरी क्षेत्रमा टुकुचाको दोहन सुरु हुन्छ। प्रधानमन्त्री निवासनजिकैको बालुवाटार क्षेत्रदेखि कमलादीसम्म टुकुचा खोला मिच्ने र छोप्ने काम धेरै भएको छ।

नारायणहिटी दरबारको उत्तरगेटमा रहेको बाँसझ्याङबाट छिरेको टुकुचा खोला दरबारभित्र पनि खुला रूपले बगिरहेको छ। तर दरबारको दक्षिण गेटको सेन्ट्री पोस्टबाट निकास लिएको टुकुचा त्यसपछि भने कमलादीमा मात्रै भेटिन्छ। दरबारबाट बाहिर निस्केको टुकुचा जय नेपाल हलको ठिक मुनिबाट, गल्फ ट्राभलछेउ हुँदै लक्ष्मी बैंक, शाखा हाउस, सिद्धार्थ बैंक रहेको भवन आदिबाट भूमिगत रूपमा बगेको स्थानीय बताउँछन्।

खोलाको जमिन पनि कसरी किनबेच भयो भन्ने कतिपयले प्रश्न समेत गर्ने गरेका छन्। ‘हाम्रा बाबुबाजेले त्यति बेलाको सरकारी नियमअनुसार नै यस क्षेत्रको जमिन नियमसंगत किनेका हुन्,’ मिश्र भन्छन्, ‘तर अहिले आएर कानुन मिचेको भन्न मिल्दैन।’ कतिपय भने तत्कालीन गोश्वारा नापी कार्यालयले नापीमा गल्ती गर्दा हात्तीसार क्षेत्रमा टुकुचा खोला नै न देखाइएको सुनाउँछन्। ‘त्यसपछि मालपोत कार्यालयले पनि सहज रूपमा लालपुर्जा दियो,’ रामेश्वर दंगाल भन्छन्, ‘त्यसपछि काठमाडौं महानगरपालिका तथा उपत्यका विकास प्राधिकरणले पनि सिधै नक्सा पास गरिदियो।’

यो क्षेत्र तत्कालीन अवस्थामा राणाशासकको लालदरबार रहेको थियो। उनीहरू पहुँचमा हुँदा उक्त क्षेत्रमा पर्खाल लगाउनुको साथै खोलासमेत भूमिगत बाटोबाट बगाएको मानिन्छ। तर, २०२१ सालकै भूमिसम्बन्धी ऐनको पहिलो संशोधनले नै खोला छोप्न वा मिच्न नपाउने उल्लेख छ। यदि कसैले छोपेको वा मिचेको भए पूर्ववत् अवस्थामा फर्काउनु पर्नेछ भन्ने स्पष्ट किटान गरेको छ। तर, लामो समयदेखि तै चुप मै चुप रहँदा खोलाको उत्खनन हुन सकेको थिएन।

‘हामी ऐननियम अनुसारै अगाडि बढेका छौं,’ महानगरका नगर प्रहरी प्रमुख पाण्डे भन्छन्, ‘पहिलो पटक लुकेको खोला भेटिएकोमा हामीलाई निकै खुसी लागेको छ।’

फुटपाथ व्यवसायीद्वारा महानगर घेराउ

फुटपाथ व्यवसायीले काठमाडौं महानगर घेराउ गरेका छन्। बिहीबार र्‍यालीसहित आएका व्यवसायीले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिका कार्यालय घेराउ गरेका हुन्। महानगरले विधि र कानुन प्रक्रियाविपरीत निर्माण भएको संरचना हटाउने अभियान सञ्चालन गरिरहेको र त्यही क्रममा निम्न वर्गीय श्रमिकहरूको सामान कब्जा गर्ने, श्रमिकहरूलाई हातपात गर्ने तथा गिरफ्तार गर्नेजस्ता अमानवीय व्यवहार गरेकाले घेराउ गरिएको उनीहरूले बताएका छन्।

विकल्पको व्यवस्था नै नगरी श्रमिकहरूलाई बेरोजगार बनाएको उनीहरूले बताएका छन्। पछिल्लो समय काठमाडौं महानगरले अनधिकृत रूपमा बनाइएका संरचनाहरू हटाउने, कर नतिर्नेलाई करको दायरामा ल्याउने, फुटपाथ खाली गर्ने लगायत अभियान चलाइरहेको छ।

शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.