• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रधानमन्त्री हुँदा माधव नेपालले शिलान्यास गरेकाे पुल १२ वर्षसम्म पनि बनेन


राैतहट – रौतहटको बाग्मती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वा बाग्मती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयवासीले सास्ती बेहाेर्नुपरेकाे हाे ।
बाग्मती नदीमा स्थानीयवासी वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो । तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल बन्ने आशा बोकेका बाग्मती पारिका वडहर्वावासीलाई आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ । पुल समयमा नै नबन्दा बाग्मती पारि बसोवास गर्ने झन्डै चार सय घरका मानिस जोखिम मोलेर काठको डुङ्गामा यात्रा गर्न बाध्य छन् । दैनिक तथा प्रशासनिक कामका लागि र जिल्लाका विभिन्न ठाउँमा जानका लागि डुङ्गाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । बिरामी हुँदासमेत डुङ्गाबाट नै नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था छ ।
स्थानीयवासी बालकेश्वरी देवीले नदीमा बाढी आएमा पारि जानसमेत नसक्ने बताउनुभयो । उहाँले आफ्नो खेतबारीमा काम गर्न जानसमेत एक दिन लाग्ने गरेको गुनासो गर्नुभयो । त्यस्तै स्थानीयवासी सुरेन्द्र पासवानले वडा कार्यालयमा सामान्य सिफारिसका लागि जाँदा एक दिन छुट्याएर जानुपर्ने बाध्यता रहेको सुनाउनुभयाे ।
बाग्मती नदी पारि रौतहटको वतसपुर, वडहर्वा, राजदेवी, गौरलगायत ठाउँका मानिस डुङ्गा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन् । बाग्मती पारिका मानिसलाई वारि आउन दुई वटा डुङ्गा चढ्नुपर्छ ।
बर्खायाममा बाग्मती नदीमा बाढी आउँदा मानिसकाे आवतजावत नै ठप्प हुने गरेको डुङ्गा चालक रामबाबु रजक बताउनुहुन्छ । सर्वसाधारणले डुङ्गा चढ्न एक पटकको ५० रुपैयाँ लाग्ने उहाँले बताउनुभयो । नदीमा बाढी आउँदा दिनमा एक पटक मात्रै डुङ्गा चल्ने उहाँ बताउनुहुन्छ ।
हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताउनुभयो । उहाँले डेढ वर्षको अवधिमा बाग्मती नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने बताउनुभयो ।
बाग्मती नदीमा विसं २०६७ साल जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पक्की बनाउनका लागि शिलान्यास गर्नुभएकाे थियो । प्रधानमन्त्रीबाट पक्की पुल निर्माणका लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य वडहर्वावासी खुसी भएका थिए । तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा उनीहरू रुष्ट भएका छन् । यहाँ पुल बनेमा रौतहट र सर्लाहीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।
बाग्मती नदी पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख नाै हजार चार सय ३३ रुपैयाँमा पाएको थियो । ठेक्का लुम्बिनीले पाए पनि निर्माणको काम पप्पु कन्सन्ट्रक्शनले थालेको थियो । पप्पु कन्ट्रक्शनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । १७ स्पानसहितका याे पुलको लम्बाइ ६ सय ३३ मिटर र चौडाइ दुई लेन हुने बताइएकाे छ । स्पान निर्माणको काम सकिए पनि बाँकी काम भने सुरु भएको नाै वर्षभन्दा बढी भइसकेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्द गरेपछि फेरि आह्वान गरेको ठेक्का महालक्ष्मी विकास वाईपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कात्तिक १० गते काम सक्ने गरी ५७ करोड ४० लाख ७७ हजार पाँच सय एक रुपैयाँमा सम्झौता गरेको छ । कार्यालयले नयाँ ठेक्का लगाए पनि काम भने सुरु हुन सकेको छैन ।

न्युज एजेन्सी नेपालकाे सहयाेगमा

आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.