• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

ओडारमा बसेकी जलुदेवीको पालन पोषणको जिम्मा गाउँपालिकाले लियो


पाँच वर्षदेखि ओडार बासको जीवन बिताइरहेकी जुलदेवी बुढाको पालन पोषणको जिम्मा गाउँपालिकाले लिने भएको छ। ५ वर्षको छोरासहित ओडारमा जीवन बिताउन बाध्य जलुदेवीको पालन पोषणको जिम्मा खप्तड छेडेदह गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन्।

जलुदेवीले घरबास नहुँदा ओडार बासको जीवन बिताएकै अवस्थामा प्रहरीले उद्धार गरेको थियो। खप्तड छेडेदह गाउँपालिका २ काँडाकी जलुदेवी श्रीमान र जेठी सौतासँग मिलेर बस्ने अवस्था नभएपछि ओडारको बास बसेर जीवन गुजारा गरिरहेकी थिईन्।

पाँच वर्षदेखि मानव भएर पनि दु:ख लाग्दो जंगली जीवन बिताउन बाध्य जलुदेवीलाई प्रहरीले उद्धार गरेपछि थप पालन पोषण र जीवन सुरक्षाको जिम्मा गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन्। आमा छोराको पालन पोषण, छोराको शिक्षा र स्वास्थ्याेपचार सबै जिम्मा पालिकाले नै लिने गरि संरक्षण गरिएको अध्यक्ष रावतको भनाई छ।

५५ वर्षको उमेरमा साहराविहीन अवस्थामा जलुदेवी गाउँ नजिककै जंगलको ओडारमा बस्न बाध्य थिइन्। आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि काँडा प्रहरी चौकीले गएको शुक्रबार उद्धार गरेको थियो। ओडारबाट उद्धार गरिएका आमा छोरा दुबै जना कुपोषणबाट सिकार छन्।

जलुदेवीका श्रीमान भने जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि दोस्रो विहे गरेका थिए। बझाङ्ग माइतीघर भएकी जलुदेवीका तीन छोरा छन्। जेठा छोरा १८ वर्षका चक्र बुढा भारतमा बस्छन्। १२ बर्षका छोरा कुशल बुढा बुवासँग गाउँकै घरमा बस्छन्। ५ वर्षका कान्छा छोरा मीन भने जलुदेवीसँग ओडारमा बस्ने गरेका थिए।

घरमा बस्न खाने अवस्था नभएपछि जलुदेवी ओडारमा बस्न बाध्य भएकी हुन्। श्रीमानले कान्छी भनेर हेला गर्ने, राम्रो व्यवाहार नगर्ने र खान बस्न र लगाउन लुगा कपडा नदिने भएपछि ओडारको विकल्प रोजेको स्थानीयको भनाई छ।

निकै दु:ख र कष्ट भोगेर जीवन बिताइरहेकी जलुदुेवी र ५ वर्षको छोरालाई स्वास्थ्य उपचार, संरक्षण र लालन पालन सहीतको व्यवस्था हुने गरि पालिकाले जिम्मा लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जोशीले बताएका छन्।

जलुदेवीका आमा छोराले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर खाने गरेका थिए। पुरा पेट कहिल्यै हुदैनथ्यो, छोरालाई सकेसम्म अघाउने प्रयास गर्थे, तर पनि विहान साँझ एकै प्रकारको पीठोको खोले खानै मन नलाग्ने हुँदा कति दिन भोकै बस्ने गरेको दुखेसो जलुदेवीको छ।

जलुदेवीसँग खानेकुरा र लत्ताकपडाको समेत अभाव छ। चिसो र गर्मी दुबै मौसमलाई आमा छोरालाई सास्ती हुने गरेको भएपनि दु:ख सहेरै बसेको अवस्था थियो। श्रीमानले केही कुरा नमिलेपनि सुरक्षित बासका लागि घरमा लिन प्रयास गरेका थिए, तर जलुदेवीले नै नमान्ने गरेको स्थानीय बताउँछन्।

घरभन्दा ओडार करिब ४०–५० मिटर मात्रै टाढा छ। जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाँही झगडा पर्ने हुँदा उनी घर नगएको श्रीमान भाने बुढाको भनाई छ। मसँग कहिले काहीँ झगडा हुने गथ्र्यो, जेठी श्रीमति र कान्छीबीच पनि झगडा भइरहने हुँदा एक्लै बस्ने भन्दै ओडारमा बस्न थालेका हुन्, भानु बुढाले भने।

दुइ वटी श्रीमती मिल्ने अवस्था नआएपछि भाने बुढाले कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर समेत बनाइ दिएका थिए। तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बस्ने जिद्दी गरेको पाइएको छ। उसो त गाउँपालिकाको उद्धार टोलीलाई समेत नराम्रो व्यवहार गरेकी जलुदेवीले प्रहरीको टोली पुगेपछि मात्रै पालिकाको संरक्षणमा आउन तयार भएकी हुन्। गाउँपालिकाले पालिका भित्रका अनाथ र बेसाहारहरुका लागि अर्को वर्षभित्र आश्रम निर्माण गरेर संरक्षणको जिम्मा संस्थागत रुपमै लिने योजना अघि सारेको छ।

source nagariknews.nagariknetwork.com

शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.