दाङ, भदौ २
दाङमा २५ जना विद्यार्थी चढेको डुंगा पल्टिएको छ । राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा (पटेला) पल्टिएको हो । डुंगा पल्टिदा डुंगामा सवार २५ विद्यार्थी घाइते भएका छन् । त्यस्तै तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको र उनीहरुको उपचार भइ रहेको छ ।
लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिएको थियो ।




