• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

निहारिकाको जीवन रक्षा गरियोस्, बच्चाको ‘डीएनए टेस्ट’ होस्


काठमाडौं । ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले आज राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गरिन् । प्रहरीले हस्तक्षेप गरेर आज उनलाई जोगायो, तर उनको जीवन रक्षा भने अझै सुनिश्चित भएको छैन ।

निहारिकाले दोस्रो चरणको आमरण अनशन सुरु गरेको आठ दिन बितिसकेको छ । तर, अहिलेसम्म पनि राज्यका जिम्मेवार निकायहरू उदासीन देखिएका छन् । माग सम्बोधनमा राज्यका तर्फबाट कुनै गम्भीर पहल नभएपछि निहारिकाले कठोर र अप्रिय निर्णय लिएकी हुन् ।

राज्यलाई भारी पर्ने खालका जटिल मागहरू निहारिकाले राखेकी छैनन् । आफूलाई एक पुरुषले बलात्कार गरेर बच्चा जन्मिएको उनको दाबी छ । आरोपीलाई पक्राउ गरी बच्चासँग डीएनए म्याच गराउनुपर्ने उनको मुख्य माग हो । साथै, आफूले जनकपुर उच्च अदालतमा दिएको पुनरावेदनको पेसी चाँडो तोक्न उनले आग्रह गरेकी छन् ।

आरोपीले निहारिकाबाट जन्मिएको बच्चा आफ्नो नभएको दाबी गरेको अवस्थामा बच्चासँग उनको डीएनए म्याच गराउनु स्वाभाविक प्रक्रिया हो । तर, जिल्ला अदालत धनुषाले बलात्कारबाट नभई सहमतिको सम्बन्धबाट बच्चा जन्मिएको ठहर्‍याउँदै डीएनए परीक्षण गर्नु आवश्यक नरहेको फैसला सुनायो । उक्त फैसलाबाट निहारिकाले न्यायको अनुभूति गर्न सकिनन् । त्यसैले कानूनी लडाइँ जारी राख्दै उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरिन् ।

तर उच्च अदालतले महिनौँसम्म उनको मुद्दाको पेशी तोकेन । पहिलो आमरण अनशन बसेपछि बल्ल झगडीया झिकाउने आदेश भयो । तर, आरोपी पक्राउ गर्ने र डीएनए टेस्ट गर्ने माग अझै पूरा भएको छैन । फलतः निहारिकाले दोस्रो चरणको अनशन सुरु गरेकी हुन् । मामुली मागका लागि उनले आमरण अनशनजस्तो कठिन संघर्ष रोज्नुपरेको छ, त्यो पनि दुई–दुई पटक ।

हुन सक्छ, निहारिकाले बोलेका सबै कुरा सत्य नहोलान् । जिल्ला अदालतले भने बमोजिम त्यो सहमतिकै सम्बन्ध थियो भन्ने मानौँ । तर, आरोपीलाई सफाइ दिइरहँदा अदालतले निहारिकाको काखमा रहेको बच्चा नदेख्नु सबैभन्दा विडम्बनापूर्ण हो । बच्चा भइसकेपछि उसको बाबु त कोही छ । आमाले फलानो व्यक्ति बच्चाको बाबु हो भनेर दाबी गरिरहँदा यसको निर्क्याैल गर्ने न्यूनतम दायित्वबाट अदालत किन पन्छियो ? सहमतिको सम्बन्ध भन्ने नाममा बच्चाको बाबुलाई उन्मुक्ति दिन मिल्छ ?

निहारिकाले आफू र बच्चाको न्यायका लागि लड्न थालेको धेरै भइसकेको छ । उनी कहाँ–कहाँ धाइनन् ? को–कोसँग याचना गरिनन् । ‘सडकमा नारी अधिकार भन्दै कुर्लिने र उनलाई आफ्नो निहीत स्वार्थका लागि सडकमा लगेर अलपत्र पार्ने अधिकारवादीहरूले उनलाई केही समय भजाएर आफ्नो बाटो लागे । आज निहारिकाले आत्मदाहको प्रयास गरिरहँदा उनीहरु छेउछाउमा छैनन् । पाँचतारे होटलमा विचार गोष्ठी गर्दै महिला हकहित र समतामूलक समाजका चर्का कुरा गर्नेहरूसँग निहारिकाको आवाज सुन्ने फुर्सद नै छैन ।

यो पनि पढ्नुहाेस् : शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो

कानूनी लडाइँमा उनलाई सही सल्लाह र मार्गदर्शन गर्नेको समेत अभाव देखिएको छ । फलतः उनको मुद्दा सुरुदेखि कमजोर बन्यो । कानूनी ज्ञानको कमीका कारण निहारिकाले दिएका उजुरीहरूमा पनि एकरूपता भएन । उनले सुरुमा जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएकी थिइन् । उक्त निवेदनमा उनले आरोपीलाई आफ्नो ‘श्रीमान्’ भनेको जिल्ला अदालतको फैसलामा जनाइएको छ । काठमाडौंमा श्रीमानसँगै बस्दा आफू गर्भवती बनेको र श्रीमानले गर्भपतन गर्न दबाब दिएको निवेदनमा उल्लेख थियो । आफूले गर्भपतन गर्न इन्कार गरेपछि छोडेर भागेको भन्दै निहारिकाले न्यायको माग गरेकी थिइन् ।

सोही प्रहरी कार्यालयमा पछि दिएको जाहेरी र अदालतमा दिएको मुद्दामा चाहिँ निहारिकाले आफूमाथि जबरजस्ती करणी भएको बताएकी छन् । प्रतिवादीले आफ्नो घरमा लगेर बेहोस पारी बलात्कार गरेको उनको आरोप छ । जिप्रकामा पहिले श्रीमान्–श्रीमती भनेर गएको निवेदन फर्जी भएको उनी दाबी गर्छिन् । उक्त निवेदनमा रहेको हस्ताक्षर आफ्नो नभएको उनको भनाइ छ ।

निहारिकामाथि बलात्कार भएको हो वा होइन भन्नेमा थप अनुसन्धान आवश्यक देखिएको छ । त्योभन्दा पहिले बच्चाको बाबुको छिनोफानो चाँडो हुनुपर्छ । त्यसका निम्ति आरोपीलाई तत्काल पक्राउ गरेर बच्चासँग डीनएनए म्याच गराउनु पहिलो काम हो । आरोपी फरार भएको बहाना गरेर डीएनए टेस्ट गर्न आलटाल गर्नुले प्रहरी–प्रशासनमाथि नै शंका उब्जिन्छ । के एउटी आमाको जीवनरक्षाका लागि राज्यले यति पनि गर्न सक्दैन भन्ने प्रश्न उठ्छ ।

अनि, उच्च अदालत जनकपुरमा दिएको पुनरावेदनको पेसी सरेको सर्‍यै गर्दा निहारिका आक्रान्त बनिरहेकी छन् । काठमाडौंबाट पटक–पटक पेसीका लागि भनेर जनकपुर जानु र रित्तो हात फर्किनुपर्दा उनको धैर्यको बाँध टुटिरहेको छ । मुद्दाको पेसी तोक्नका लागि पनि यति ठूलो दबाब दिनुपर्ने अवस्थाले कस्तो राज्यव्यवस्थाको चित्रण गर्छ ?

यसअघि निहारिकाले अनशन तोड्दा उनलाई जुस खुवाउन गृहमन्त्री बालकृष्ण खाँड र महिला आयोगका पदाधिकारीहरुबीच हानथाप चलेको थियो । जस लिने होडमा आयोगकी एक पदाधिकारीले गृहमन्त्रीको हातैबाट जुस खोसेकी थिइन् । तर, अहिले न गृहमन्त्री न ती पदाधिकारी उनको छेउछाउमा छन् । सायद निहारिकाले अनशन तोड्ने प्रतीक्षामा जुस हातमा बोकेर बसेका होलान् ।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.