• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

इट्टा बोकेको ट्रक त्रिशुलीमा खस्यो !


चितवनको नाग्दी खोलाबाट इट्टा बोकेको ट्रक त्रिशुलीमा खसेको छ ।

आज (शनिवार) विहान ९ बजे इच्छाकामना गाँउपालिका ५ स्थित नाग्दी खोलाबाट ट्रक त्रिशुलीमा खसेको हो । ट्रकमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन् । ट्रक दुर्घटनामा परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

फाईल तस्बीर रुपन्देही । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएसँगै दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ । ठूला दलका प्रभावशाली नेताहरुको चर्चा चलिरहँदा गठबन्धनमै रहेका साना दलको कुनै भाउ नभएको गुनासो पनि आउन थालेको छ ।

नेकपा एमालेका दुई प्रभावशाली नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, राजेन्द्र अर्याल, नेपाली कांग्रेसका नेताहरु चन्द्र भण्डारी,चन्द्र केसी, डा. दामोदर भुसाल, नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्री, नेकपा माओवादीका लीलामणि पौडेल यहाँबाट संघीय निर्वाचनको तयारीमा लागेका छन् ।

गत निर्वाचनमा दुइटै क्षेत्रमा वाम गठबन्धनबाट नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज विष्टले निर्वाचन जितेका थिए । २०७४ सालमा क्षेत्र नम्बर १ बाट ज्ञवालीले ३७ हजार ८१४ मत ल्याएर जिते भने कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए । २०७० सालको निर्वाचनमा कांग्रेसका भण्डारीले एमालेका ज्ञवालीलाई पराजित गरेका थिए ।

क्षेत्र नम्बर २ मा एमालेका नेता गोकर्णराज विष्टले ३४ हजार ६१४ ल्याएर जितेका थिए । कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार २५७ मत ल्याएका थिए । अहिले यहाँको राजनीतिक समीकरण फेरिएको छ । तीन महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा ५ दलको गठबन्धनबाट यसअघि एमालेले जितेका अधिकांश पालिकामा कांग्रेस माओवादीले जितेका छन् ।

एकल प्रतिस्पर्धामा अहिले पनि एमाले बलियो देखिन्छ । तर, गठबन्धनको मत जोड्दा एमाले पछाडि देखिएको छ । पाँचदलीय सत्ता गठबन्धनले लुम्बिनी प्रदेशमा आगामी निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।

स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेका वडाध्यक्षहरुको मत ३५ हजार ७०२ र सत्ता गठबन्धनका दलका वडाध्यक्षहरुको मत ३८ हजार ३६१ छ । यस्तै क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका वडाध्यक्षहरुको मत ३२ हजार ४२१ र एमालेको ३१ हजार २५३ रहेको छ ।

क्षेत्र नम्बर १ मा एमालेबाट पुनः प्रदीप ज्ञवाली र २ बाट गोकर्णराज विष्ट नै उठ्ने तयारी गरी मैदानमा पुगेका छन् । तर, क्षेत्र नं २ मा प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले आफूले टिकट पाउने गरी मैदानमा खटिएका छन् ।

सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ मा कांग्रेस नेता डा.चन्द्र भण्डारीको दाबी छ । तर, भण्डारी रुपन्देही २ मा उठ्ने चर्चाले त्यहाँ उनलाई उम्मेदवार बनाउन नचाहने समूहलाई बल पुगेको छ । पार्टीमा संस्थापन इतर समूहमा रहेको र गुल्मीमा संस्थापन समूहका चन्द्र केसी पार्टीमा बलियो भएकाले उनले रोजेको क्षेत्र भण्डारीले पाउने छैनन् । गठबन्धनमा माओवादी वा नेकपा एसलाई एक क्षेत्र दिनुपरेमा यहाँ भण्डारीको सम्भावना कम रहने बताइन्छ ।

माओवादीले गठबन्धनमा यो क्षेत्र पाएमा पूर्वसचिव लीलामणि पौडेललाई अगाडि सार्ने तयारी गरेको छ । उक्त क्षेत्र नपाए २ नं क्षेत्रमा दाबी गर्ने गरी छलफल अघि बढाएको पार्टी स्रोले जनाएको छ ।

क्षेत्र नं २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको दाबी छ । झाँक्रीले यसपटकको निर्वाचनमा समानुपातिकमा नबस्ने र जन्मभूमि गुल्मीबाट नै उठ्ने बताएकाले यहाँ गठबन्धनको भागबन्डामा समस्या हुने देखिएको छ ।

यहाँबाट कांग्रेस नेता डा. दामोदर भुसालले टिकट पाउन पार्टी संस्थापन समूहमा बलियो दावेदारी पेश गरेकाले भागबन्डामा छोड्न नहुने बताइरहेका छन् । भुसालले पार्टीबाट आफू अहिले क्षेत्र नं २ को निर्विकल्प उम्मेदवार भएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसका गुल्मी सभापति खिलध्वज पन्थीले पार्टी केन्द्रको निर्णय स्वीकार गरेर अगाडि बढ्ने बताए । माओवादी केन्द्र गुल्मीका पूर्वअध्यक्ष वीरबहादुर कार्की २ निर्वाचन क्षेत्रमध्ये गठबन्धनबाट एउटा आफूहरुले पाउनुपर्ने बताउँछन् ।

एमाले केन्द्रीय सदस्य जंग नेपालीले अहिलेसम्म पार्टीमा उम्मेदवार कसलाई उठाउने भनेर छलफल नभए पनि पार्टी पदाधिकारी तथा पूर्वमन्त्रीहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्ट संघका लागि पहिलो प्राथमिकतामा पर्ने बताउँछन् । सत्ता गठबन्धनले जतिसुकै बल गरेर निर्वाचन लडे पनि गुल्मीमा एमालेको जीतलाई रोक्न नसक्ने उनको दाबी छ ।

गुल्मीमा गठबन्धनमा रहेका जसपा र जनमोर्चाले स्थानीय तहको निर्वाचनमा पनि स्थान नपाएको र अहिले पनि वास्ता नगरिएको गुनासो गरेका छन् ।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.