• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

टिकटकमा सुनाइन् आफ्नो कहानी, पूर्व श्रीमान्‌ले गरिदिए हत्या


सानिया खानले भन्ने गर्थिन्, ‘जब म आफ्नो असफल विवाहबाट बाहिर निस्किएँ तब मेरो दक्षिण एशियाली मुस्लिम समुदायले मलाई अब मेरो जीवन त कामै नलाग्ने भइसकेको छ भनेर महसुस गराए ।’ तरपनि उनलाई टिकटकले सहारा दियो जहाँ उनले अपरिचित व्यक्तिहरुको समर्थन र सहारा पाइन् ।

अमेरिकामा बस्ने पाकिस्तानी मूलकी सानियाले यी सबका बीच आफ्नो जीवन सम्हालिरहेकी थिइन् तर त्यति नै बेला उनका पूर्व श्रीमान् फर्किए र उनको हत्या गरिदिए । यो रिपोर्टमा यस्ता विवरण छन् जसले केही दर्शकलाई विचलित गर्न सक्छन् ।

जुलाई २१ – सानिया खानले सबै तयारी गरिसकेकी थिइन् । उनको झोला प्याक भइसकेका थिए । अमेरिकाको इलिनोय राज्यको शिकागो शहरबाट उनी बसबाट निस्कने तयारीमा थिइन् । २९ वर्षीया सानियाले आफ्नो पुरानो जीवन छोडेर नयाँ सुरुवाततर्फ पाइला चाल्दै थिइन् ।

तर अर्कै कुरा भयो । अमेरिकाका टेनेसीमा उनी आफ्नो घर फर्किइन् – एक कफिनमा । यसको तीन दिन अघि प्रहरीले सानियालाई शिकागोमा एउटा घरको ढोका नजिकै लडिरहेको अवस्थामा भेटे, उनको शरीरमा कुनै हलचल भइरहेको थिएन । यो त्यो घर थियो जहाँ उनी कुनै बेला आफ्ना श्रीमान् राहिल अहमदसँग बस्ने गर्थिन् जोसँग अब उनी अलग भइसकेकी थिइन् । उनको टाउकोको पछाडि गोली लागेको थियो र उनको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

प्रहरी पुगेपछि ३६ वर्षीय राहिल अहमदले आफूलाई पनि गोली हाने । र उनको पनि मृत्यु भयो । शिकागो सन(टाइम्ससँग साझा गरिएको पुलिस रिपोर्ट अनुसार सानिया र राहिलको सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेदपछि राहिल अर्को सहरमा बस्न गएका थिए । तर ‘आफ्नो विवाह बचाउन’ उनी ७०० माइलको यात्रा गरेर आफ्नो पुरानो घर फर्किएका थिए ।

नयाँ सुरुवात अघि अन्त्य

सानिया खानको जीवनको यो सबैभन्दा दुःखद र अन्तिम अध्याय बन्यो । सानिया एक युवा पाकिस्तानी(अमेरिकी फोटोग्राफर थिइन् जसलाई हालसालै सोशल मिडिया प्लेटफर्म टिकटकमा खराब विवाहको आघात र सम्बन्धविच्छेदसँग जोडिएको कलंकसँग लड्ने महिलाको रूपमा चिनिन्थ्यो ।

उनको मृत्युले उनका साथीहरुलाई स्तब्ध बनाएको छ । उनका अनलाइन फ्यानहरू र धेरै महिलाहरूका लागि पनि यो आश्चर्यको कुरा हो । सामाजिक दबाबका कारण आँधीबेहरीमा फसेर विवाह निभाउन आफू बाध्य भएको उनी बताउने गर्थिन् ।

युनिभर्सिटीमा सानियासँग पढेकी साथी ब्रायना विलियम्स भन्छिन्, ‘सानियाका लागि २९ औँ वर्ष एक नयाँ सुरुवात थियो । उनी धेरै खुसी थिइन् ।’ सानियाका साथीहरूका लागि उनी एक सच्चा, सकारात्मक र निस्वार्थ महिला थिइन् । ३१ वर्षीया मेहरु शेखले सानियालाई आफ्नो सबैभन्दा मिल्ने साथी बताउँछिन् ।

मेहरु भन्छिन्, ‘उनको जीवन कठिनाइबाट गुज्रिरहेको भए पनि, तपाईंको दिन कस्तो बित्दैछ भनेर सोध्ने उनी नै पहिलो व्यक्ति हुने गर्थिन् ।’ इन्स्टाग्राममा उनले आफ्नो पहिलो सोसल मिडिया प्रोफाइल बनाएकी थिइन् । फोटोग्राफीलाई आफ्नो प्यासन बताउँदै उनले लेखेकी छिन्, ‘म मानिसहरुलाई क्यामराको अगाडि आफूलाई र एक–अर्काको प्रेममा पर्न मद्दत गर्छु ।’

सानिया खान प्रायः ठूला व्यक्तित्वका लागि विवाह, प्रसूति, बेबी सावर र अन्य ठूला अवसरहरूको फोटो खिच्ने गर्थिन् । मेहरु शेख भन्छिन्, ‘उनी क्यामेरा पछाडि उनी जीवन्त देखिन्थिन् । क्यामेराको अगाडि मानिसहरूलाई सहज बनाउने र तिनीहरूको प्राकृतिक अभिव्यक्तिलाई क्यामेरामा कैद गर्ने कला थियो ।’

जब श्रीमानको मानसिक रोग पत्ता लाग्यो

सानिया पनि आफ्नो जीवनमा यस्तै खुसी चाहन्थिन् । राहिल अहमदसँगको पाँच वर्षको सम्बन्धपछि दुबैले सन् २०२१ को जुनमा विवाह गरे र दुवै शिकागो गए । उनका बाल्यकालका साथीले भनेका छन्, ‘उनीहरुको विवाह निकै भव्य र पाकिस्तानी शैलीमा भएको थियो । तर, त्यो विवाह झुटमा उभिएको थियो ।’

राहिल अहमदलाई लामो समयदेखि मानसिक स्वास्थ्य समस्या रहेको सानियाका साथीहरूले दाबी गरेका छन् । विवाहअघि दुवैजना धेरैजसो लामो दूरीको सम्बन्धमा थिए, जसका कारण दुवैले एकअर्काको बारेमा राम्ररी थाहा पाउन सकेका थिएनन् ।

सानियाका साथीका अनुसार सानियाले डिसेम्बरमा राहिल अहमदको मानसिक स्वास्थ्य समस्या एक संकटमा परिणत भएको र त्यसपछि सानियाले आफूलाई असुरक्षित महसुस गरिरहेको बताएकी थिइन् ।

यस सम्बन्धमा बीबीसीले राहिल अहमदको परिवारसँग कुरा गर्ने प्रयास गरे पनि उनीहरुसँग कुरा हुन सकेन । सानिया खानको परिवारले पनि यस विषयमा बोल्न अस्वीकार गरेको छ ।

तथ्याङ्कले के भन्छ ?

भोयलेन्स पोलिसी सेन्टरका अनुसार अमेरिकामा हरेक हप्ता एक दर्जन हत्या–आत्महत्याका घटना हुने गरेको छ । यी मध्ये दुई तिहाइ केसहरू दम्पतीहरू बीच हुने गर्छन् । आफ्नो पार्टनरसँग खराब सम्बन्धमा बसिरहेका महिलाका लागि मानसिक रोग र सम्बन्धको समस्या सबैभन्दा ठूलो खतरा मानिन्छ ।

घरेलु हिंसाका विज्ञहरूका अनुसार महिलाहरू सम्बन्ध टुटेपछि आफ्नै पार्टनरबाट ज्यान गुमाउने सबैभन्दा बढी जोखिममा हुन्छन् । तर डिसेम्बरमा जे भयो त्यसपछि सानिया खानले आफ्नो असफल हुँदै गइरहेको विवाहबारे साथीहरुसँग कुराकानी गर्न निर्णय गरे ।

साथीहरुका अनुसार सानियाले आफ्नो वैवाहिक जीवनसँग सम्बन्धित कठिनाइ बारे बताइन् । यी साथीहरूले भने, ‘सानियाले उनका श्रीमान् रातभरी नसुत्ने र अचम्मको व्यवहार गर्ने बताएकी थिइन् । उनी कसैको मद्दत र थेरेपी पनि लिन नचाहेको र उनको मानसिक रोग सानियाका लागि बोझ बनिरहेको बताएकी थिइन् ।’

साथीहरुले सानियालाई उक्त विवाहबाट बाहिर निस्कनका लागि भनिरहेका बेला अन्य व्यक्तिले उनलाई उक्त विवाहमा बसिरहन सल्लाह दिइरहेको पनि उनका साथीहरुको आरोप छ ।

२६ वर्षीया ब्रायना विलियम्सले मे महिनामा सानियालाई शिकागोमा अन्तिम पटक भेट्दा उनी भक्कानिएर रोएको बताइन् । उनले बीबीसीलाई भनिन्, ‘सानियाले सम्बन्धविच्छेदलाई लाजमर्दो मानिने र आफू पूर्ण रुपमा एक्लो भएको बताएकी थिइन् । ‘मान्छेले के भन्लान् ?’ उनले यही कुरा दोहोराइरहन्थिन् ।’

सानिया खानको आमा–बुवाको पनि सम्बन्धविच्छेद भएको थियो । यस्तो अवस्थामा विवाहबाट छुट्टिएपछि समाजमा मानिसको कस्तो प्रतिक्रिया हुन्छ भन्ने अनुभव उनको थियो ।

समाजको दबाबसँग लडिरहेका मानिस

‘परिवारमा अत्यधिक सांस्कृतिक दबाब हुन्छ, अरुले यसलाई कसरी हेर्लान् भन्ने चिन्ता उनीहरुलाई हुन्छ,’ शिकागोको एक संस्था ‘अपना घर’ की एग्जिक्युटिभ डायरेक्टर नेहा गिलले भनिन् । ‘अपना घर’ ले विवाहमा दुर्व्यवहार भोग्ने दक्षिण एसियाली महिलाहरूलाई सांस्कृतिक रूपमा महत्त्वपूर्ण सेवाहरू प्रदान गर्दछ ।

नेहा गिल भन्छिन्, ‘धेरै दक्षिण एसियाली समुदायले महिलालाई कम दर्जाको ठान्छन् र महिलामाथि केही नियन्त्रण हुनु जरुरी छ भन्ने सोच्छन् । संस्कृतिहरू धेरै साम्प्रदायिक छन्, अर्थात्, उनीहरुले निजी सुरक्षा र कल्याणभन्दा परिवार र समुदायलाई माथि राख्छन् ।’ तर, आफ्ना साथीहरूको सहयोगमा सानिया खानले डिभोर्सको निवेदन दर्ता गराइन् र यसको सुनुवाइ अगस्टमा हुँदै थियो ।

साथीहरुका अनुसार उनले आफ्नो ढोकाको साँचो पनि फेरेकी थिइन् । त्यसपछि उनले आफ्नो कहानी टिकटकमा बताउन सुरु गरिन् र त्यहाँ आफ्नो नाम ‘द ब्ल्याक शीप’ राखेकी थिइन् । उनको एउटा पोष्टमा लेखिएको थियो, ‘सम्बन्धविच्छेदबाट गुज्रिरहेका दक्षिण एसियाली महिला हुनु भनेको जीवनमा असफल हुनु जस्तो लाग्छ ।’

अर्को पोस्टमा उनले लेखेकी छिन्, ‘मेरो परिवारका सदस्यहरूले मलाई भने कि ‘यदि मैले मेरो पतिलाई छोडेँ भने, म शैतानलाई जित्न दिनेछु । यदि मैले वेश्याले झैँ लुगा लगाएँ भने, म घर फर्केपछि तिनीहरूले मलाई मार्नेछन् ।’’

जब टिकटकमा पहिचान पाइन्

युनिभर्सिटीकी अर्की एक साथी २८ वर्षीया नाट्टीले टिकटकमा सानिया खान भाइरल भएको समय सम्झन्छिन् । नाट्टीले आफ्नो थर नखुलाउन अनुरोध गरेकी छन् । नाटी भन्छिन्, ‘मसँग फोनमा कुरा गर्दा उनी निकै खुसी थिइन् । उनले भनिन् – मैले यही गर्नु छ : मेरो सम्बन्ध बारे बताउन र खराब विवाहबाट निस्कने महिलाको नेतृत्व गर्ने ।’’

नाट्टीका अनुसार हरेक पोस्टसँगै सानिया खानले शान्ति र बल प्राप्त गर्थिन् चाहे उनले आफ्नो विवाहको समस्याबारे सार्वजनिक गरेको भनेर विरोध नै किन नहोस् । सानिया खानको मृत्युसम्म टिकटकमा उनका २० हजार फ्यान थिए । ३५ वर्षीया पाकिस्तानी(अमेरिकी मुस्लिम महिला बिस्मा परवेज पनि तीमध्ये एक थिइन् ।

उनले भनिन्, ‘मैले उनको पहिलो भिडियो हेरेको सम्झन्छु । मैले उनका लागि प्रार्थना गरेँ । महिलाहरूलाई यस्ता मामिलामा धैर्य गर्न भनिएको हुन्छ र धैर्यता खराब सम्बन्धको जवाफ होइन ।’ बिस्मा परवेजले आफ्नो एक टिकटक भिडियोमा सानियाको मृत्युप्रति दुःख व्यक्त गरेकी छन्, जुन धेरैले शेयर गरेका छन् । त्यसयता यस विषयमा निकै चर्चा चलेको छ ।

‘अपना घर’ संस्थाले सानिया खानको निधन भएको एक महिनापछि उनको सम्झनामा भर्चुअल प्यानल छलफल गर्न लागेको जनाएको छ । बिस्मा परवेज भन्छिन्, ‘सबै चुप छन्, तर सामाजिक सञ्जालले तपाईंलाई यो विश्वव्यापी समस्या हो भनेर बुझ्न मद्दत गर्दछ ।’

उनी भन्छिन्, ‘हामी सधैं महिलालाई आफ्नो सुरक्षा गर्न आग्रह गर्छौं तर केटाहरूलाई पनि महिलालाई सम्मान गर्ने गरी हुर्काउनु आवश्यक छ । यो घरबाट सुरु हुन्छ र प्रत्येक घरले यी परिवर्तनहरू गर्न आवश्यक छ ।’

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.