शनिश्चरे । झापाको अर्जुनधारामा एक बालकमाथि करणी प्रयास गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । ७ वर्षीय बालकमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा अर्जुनधारा ७ का १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो (बिहीबार) दिउँसो अर्जुनधारा ७ स्थित स्थानीय फूलमती खोलामा पौडी खेल्न गएका ७ वर्षीय बालकमाथि स्थानीय १६ वर्षीय किशोरले करणी प्रयास गरेको आरोप छ । पीडित बालकसहित अन्य २ जना पनि पौडी खेल्न गएका थिए ।
दिउँसोको घटनाबारे पीडितका साथीहरुले परिवारलाई सुनाएपछि घटना सार्वजनिक भएको हो । पीडित बालकका अभिभावकले प्रहरीलाई घटनाबारे खबर गरेपछि स्थानीय एक जना १६ वर्षीय किशोरलाई बिहीबार राति पक्राउ गरि अनुसन्धान थालेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।
अर्जुनधारा ७ निवासी आरोपित किशोर दुले चोरको रुपमा चिनिन्छन् । पक्राउ किशोर यसअघि स्थानीय मठमन्दिरको दानपेटिका फोर्ने, चढाइएका रकम निकाल्ने, गाउँघरमा ससाना सामान टिप्ने कार्यमा संलग्न भएको आरोपमा पटक पटक गाउँलेले पक्राउ गरिसकेका व्यक्ति हुन् ।



