• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

शुक्रबार जनैपूर्णिमाः जनै धारण गर्दा कुन मन्त्र भन्ने ?


नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको जनैपूर्णिमा (रक्षाबन्धन) र गाईजात्रा एकैदिन रहेको दोहो¥याएको छ ।  जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकै दिन परेको भन्दै टिकाटिप्पणी भइरहँदा समितिले विज्ञप्ति निकालेर भ्रममा नपर्न आग्रह गरेको हो । समितिले सन्देह नराखी आफ्ना धार्मिक कृत्य गर्न गराउन समेत भनेको छ । बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले  भने एउटा तिथि क्षय भएका कारण पर्व खप्टिएको बताएको छ ।  आज २६ गतेको सूर्योदय चतुर्दशीमा भए पनि बिहानको ९ बजेर ४४ मिनेट पश्चात पूर्णीमा सुरु भएको छ । र भोली २७ गते शुक्रबार बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमा तिथि रहने छ । सूर्योदयदेखि सुरु भएको तिथिलाई मान्यता दिने भएकाले  २७ गते जनै पूर्णिमा मनाउने निर्णय गरेको हो । त्यस्तै ७ बजेर २५ मिनेटपछि प्रतिपदा सुरु हुने तर भोलिपल्ट २८ गतेको सूर्योदय द्वितिया तिथिमा हुने भएकाले २७ गते नै गाईजात्रा पर्व परेको पञ्चाङ्ग निर्णायक समितिले प्रष्ट पारेको छ ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०६१, २०७०, २०५५, सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाइएको समितिले स्मरण गराएको छ ।

रक्षाबन्धन वा जनैपूर्णिमाले सनातन वैदिक ब्राह्मणहरूलाई वर्षभरमा आत्मशुद्धिको अवसर प्रदान गर्छ । वैदिक परम्पराअनुसार वेदपाठी ब्राह्मणहरूका लागि श्रावण महिनाको पूर्णिमा सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ ।  यस दिनलाई ब्राह्मणहरू श्रावणी उपाकर्मका रूपमा मनाउँछन् । यजमानहरूका लागि कर्मकाण्ड यज्ञ, हवन आदि गर्नुको साटो आफ्नै आत्मशुद्धिका लागि अभिषेक र हवन गर्दछन् । अहिले यो संस्कार हट्दै गएको भए पनि अवशेष बाँकी नै छ । 

भोली विहान देवघाट धाममा, गैँडाकोट १ को आदर्श टोलको मन्दिर क्षेत्रको किनारमा, नारायणी गङ्गा महाआरती स्थल नारायणघाटमा लगायतका क्षेत्रमा बैदिक बिधिपर्वक सामुहिक श्रावणीस्नान हुने भएको छ । यो कर्ममा आन्तरिक एवं बाह्य शुद्धि गोबर, माटो, खरानी, दतिउन, दुबो, कुश र मन्त्रहरूद्वारा गरिन्छ । पञ्चगव्य महाऔषधि हो । श्रावणी पर्वमा गाईको दूध, दही, घिउ, गोबर र गहुँतले पखालेर शरीर एवं अंतःकरणलाई शुद्ध गरिन्छ ।

जनैपूर्णिमामा व्रतबन्ध गरेका द्विजातिहरूले जनै अर्थात् यज्ञोपवित फेर्दछन् । सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ ।

द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्रजस्ता नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ ।

जनै तीनवटा पवित्र डोरो, सूत्र वा धागोबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । यसलाई देवऋण, पितृऋण र ऋषिऋणको प्रतीक पनि मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरण र तीन आश्रमका पनि प्रतीक हुन् ।
जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकी जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्छन् ।

जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ । जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ

दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ । कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्ने बैज्ञानिक आधार रहेको बताइन्छ । जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुने बताइन्छ । 

जनै धारण गर्ने विधि र त्यसपछिका नियम
स्नान र आचमन गरेर शुद्ध भएपश्चात् नयाँ जनै लगाउँदा यस्तो मन्त्र पढिन्छ–

ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात् । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः।।

नयाँ जनै लगाइसकेपछि पुरानो जनै फुकाल्दा यस्तो मन्त्र पढिन्छ–
एतावद्दिन पर्यन्तं ब्रह्मत्वं धारित्वं मया । जीर्णत्वात्वत्परित्यागगच्छसूत्र यथासुखम् ।।

रक्षाबन्धनको दिन यो मन्त्र उच्चारण गर्दै धारण गर्ने गरिन्छ ।
“येन बद्धो बलीराजा दानवेन्द्रो महावल।।

तेन त्वां प्रतिबध्नामि र क्षे मा चल मा चल।।
जनैको एक डोरो चुँडियो वा जनै लगाएको ४ महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ । घर वा कुलकुटुम्बमा जन्म वा मरणको सूतकपछि जनै बदल्नुपर्छ ।

जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला गायत्री जप गरेर बदल्ने नियम रहेको छ ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.