• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

चोरी गरेको सामान फिर्ता माग्दा हत्या, यसरी बन्यो हत्याको योजना


२६ साउन, जनकपुरधाम । चोरी गरेपछि गाउँमै मिलापत्र गराएर क्षतिपूर्ति दिने गरी बनाइएको तमसुक बमोजिमको पैसा तिर्न दबाव दिएपछि धनुषामा एक व्यक्तिको हत्या भएको पाइएको छ । चोरी गरेको सामान र रकम तिर्न नपर्ने मनसायका साथ सामान धनीका छोराको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

महोत्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई जनकपुरधाम ७ मा डेरा गरी बस्ने ३२ वर्षीय जितकुमार यादव, उनका भाइ २१ वर्षीय कृष्ण यादव, २५ वर्षीय सन्तोषकुमार साह, धनुषाको औरही गाउँपालिका २ घर भई क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगर बस्ने २७ वर्षीय बिगुल मुखिया बिन र उनकी श्रीमती २१ वर्षीया किरण भनिने प्रमिला महरा छन् ।

बिगुल र उनकी श्रीमती प्रमिलालाई क्षिरेश्वरनाथ नगरपालिकाबाट तथा बाँकी तीन जनालाई जनकपुरधाम ७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यी पाँचै जनाले मिलेर जनकपुरधाम ७ स्थित माछा बजार बस्ने १८ वर्षीय अजय भनिने अर्जुन साहको २० साउनमा हत्या गरेको प्रहरीको आरोप छ । अर्जुनको शव महोत्तरीको लोहारपट्टी नगरपालिका ८ भगवानपुर चौरस्थित सडक खण्डमा फेला परेको थियो ।

महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसवी प्रकाश बिष्टका अनुसार एक वर्षअघि बिगुल, प्रमिला र कृष्ण यादवले अर्जुनको घरबाट नगद १ लाख रुपैयाँ तथा सुनका गहना चोरेका थिए । त्यसकोे जानकारी पाएर मृतक अर्जुनकी आमाले किरण र कृष्णलाई प्रहरीमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी चोरी गरेको सामानको रकम तिर्ने भन्दै बिगुलले १ लाख १७ हजार तथा कृष्णले २ लाख ४६ हजार रुपैयाँको तमसुक बनाएका थिए । तमसुक बनाएपछि उनीहरु सम्पर्कविहीन थिए ।

अर्जुनको हत्या हुनुभन्दा २० दिन अगाडि साउन १ गते मृतक अर्जुनकी आमाले उनीहरुलाई जनकपुरधाममै फेला पारी तमसुक बमोजिमको पैसा नदिए प्रहरीमा उजुरी दिने डर देखाएकी थिइन् । त्यही रिसइबीका कारण बिगुल, प्रमिला र कृष्णले अर्जुन र निजकी आमालाई मारी आमाले लगाएको सुनको गहना, घरमा रहेको नगद र पैसा तिर्ने कबुल गरेको तमसुक समेत लुटने योजना बनाएको देखिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी बिष्टले जानकारी दिए ।

यसरी बन्यो योजना

कृष्ण यादवले पूर्व योजना बमोजिम आफ्नो दाजु जितकुमार र सन्तोष कुमारलाई अर्जुनलाई मारेमा ३० हजार रुपैयाँ दिने आश्वासन दिए । यस सम्बन्धमा बिगुल र प्रमिलासँग समेत आफ्नो सल्लाह भएको उनले दुबैलाई सुनाए ।

२० साउनको बिहान जितकुमारले अजय भनिने अर्जुनलाई फोन गरी लोहारपट्टीको फुलबरिया गाउँमा बोलाए । ‘अर्जुनले चलाउँदै आएको सिटी रिक्सा रिजर्भ गर्ने भन्दै १ हजार रुपैयाँ भाडा तिर्ने शर्तमा उनलाई बोलाएको देखिन्छ’ डीएसपी बिष्टले भने, ‘अर्जुन पुगेपछि दुबैले लोहारपट्टी जाने भित्री सडक खण्डमा लगेर घाँटीमा पासो लगाएर सिटी रिक्साभित्रै हत्या गरेका रहेछन् ।’

हत्या गरी अर्जुनको शवलाई सडकदेखि पश्चिमपट्टीको नहरमा फाली सिटी रिक्सालाई जितकुमारले चलाएर सन्तोष समेत बसी जनकपुरधाम ७ मुसहरु टोलस्थित माँ जानकी सप्लायर्समा छाडेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

डीएसपी बिष्टले पक्राउ परेका पाँचै जनाबिरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.