• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

उमेर नपुग्दै विवाह, पुगेपछि ५ वर्षको छोरोसहित वैवाहिक जीवन टुंग्याउन अदालत पुगिन् रिता !

तनहुँ — तनहुँको व्यास–५ की रिता (नाम परिवर्तन) यसै साता ५ वर्षको वैवाहिक जीवन टुंग्याउन जिल्ला अदालत पुगिन् । ५ वर्षको छोरोसहित पुगेकी उनले श्रीमान्ले शारीरिक/मानसिक यातना दिएको भन्दै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराइन् ।

२४/२५ वर्षको केटासँग १७ वर्षमै उनले प्रेमविवाह गरिन् । गर्भवती भएको २/३ महिनाबाटै श्रीमान्बाट शारीरिक तथा मानसिक यातना भोग्दै आएको उनी बताउँछिन् । श्रीमान् परस्त्रीसँग लागेर दैनिक कुटपिट गरी यातना दिने गरेको उनको आरोप छ । ‘उहाँलाई माया गर्थें, त्यसैले सँगै जीवन बिताउने भनी सानै उमेरमै भागेर विवाह गरें,’ उनले भनिन्, ‘तर विवाह गरेको केही महिनादेखि नै कुटपिट गर्न थाल्नुभयो । छोरालाई हेरी अहिलेसम्म सहेर बसेको थिएँ तर अब सक्दिनँ । त्यसैले अदालतमा बच्चापालनपोषण खर्चसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको छु ।’

व्यास नगरपालिकाकी संगीता (नाम परिवर्तन) ले १५ वर्षको उमेरमा प्रेमविवाह गरिन् । सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि सम्बन्ध अन्त्य गर्न साउनको दोस्रो साता जिल्ला अदालतमा पुगिन् । श्रीमान्ले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिएको उनको आरोप छ । ‘पढ्ने खेल्ने उमरमै मायाप्रेममा फसियो र अनजानमै विवाह गरियो’, उनले भनिन्, ‘अहिले आएर ठूलो गल्ति गरेछु जस्तो लाग्छ, कलिलै उमेरमा गरेको गल्तीले भविष्य बिग्रियो ।’ विवाहपछि श्रीमान्को मायाभन्दा बढी कुटपिट र बेवास्ता सहन नसकेर सम्बन्धविच्छेद गर्ने निर्णय गरेको बताउँछिन् ।

भानु नगरपालिकाकी गीता (नाम परिवर्तन) ले २० वर्षको उमेरमा घरपरिवारको स्वीकृतबिनै प्रेमविवाह गरिन् । विवाह भएको वर्ष दिनमा श्रीमान्ले अरूको कुरा सुनेर कुट्ने र खाना पनि नदिने गरेको उनी बताउँछिन् । अहिले उनीहरूको ६ वर्षकी छोरी पनि छ । दैनिकको कुटपिट र अपहेलना सहना नसकेर एकडेढ वर्षदेखि उनी माइत आएर बसेकी छन् । अहिले उनले पनि अंशसहित सम्बन्धविच्छेदको मुद्दा हालेकी छन् ।

प्रेमविवाह गर्ने मात्रै होइन उमेरावस्था नपुगी मागीविवाह गर्नेहरूले पनि सम्बन्ध सोचेअनुसार नचलेपछि अदालतको सहारा लिएर सम्बन्धविच्छेद गरेका केही उदाहरण छन् । शुक्लागण्डकी नगरपालिकाका एक जोडीले घरपरिवारकै सल्लाहमा मागीविवाह गरे । त्यति बेला केटीको उमेर १६ र केटाको १९ थियो । विवाहको उमेर नपुगी वैवाहिक सम्बन्धमा गाँसिएका उनीहरूको सम्बन्ध ५ वर्ष पनि टिकेन । किशोरावस्थामै वैवाहिक सम्बन्धमा गाँसिएका उनीहरूको स–साना कुरामा झैझगडा हुन थालेपछि गत साउन ११ मा श्रीमतीले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरे ।

‘अदालतमा आउने सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा उमेर नपुग्दै प्रेमविवाह गर्ने र २० देखि ३० वर्षको उमेरावस्थामा सम्बन्धविच्छेदका लागि निवेदन दिनेछन्,’ अधिवक्ता शिवदत्त ढकालले भने, ‘किशोरावस्थाका बालबालिकालाई राम्रो निर्देशन नदिँदा, माया के हो ?, विवाह के हो ?, यौन शिक्षा के हो ?, भविष्यमा कस्ताकस्ता चुनौती आउँछन् ? जस्ता कुरा बेलैमा नसिकाउँदा आउने परिणाम हो ।’

किशोरावस्थामै विवाह गर्ने र बुझ्ने भएपछि समस्यामा परी सम्बन्धविच्छेद गर्नेको संख्या बढेको जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिश्चन्द्र गौतम बताउँछन् । जिल्ला अदालतका अनुसार साउन १८ सम्म सम्बन्धविच्छेदका ४६ मुद्दा दर्ता भएकामा २६ वटा फर्छ्यौट भएका छन् । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै ७ सय १९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ५ सय ५० फर्छ्यौट र १ सय ६९ मुद्दा प्रक्रियामै छन् ।

आव २०७७/७८ मा ६ सय ७८ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ४ सय ६३ फर्छ्यौट भएका छन् भने २ सय १५ को फैसला हुन बाँकी छ । आव २०७६/७७ मा दर्ता भएका ५ सय ७१ सम्बन्धविच्छेदका मुद्दामध्ये ३ सय ८२ फर्छ्यौट र १ सय ८९ मुद्दा प्रक्रियामा छन् । अधिकांश २० देखि ३० वर्ष उमेर समूहकाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेका छन् । गौतमले भने, ‘विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद गर्न आउँछन्, हामीले मिलाउन खोज्छौं । तर उनीहरू सम्बन्ध अन्त्य गर्नै चाहन्छन् ।’

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.