• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

नारायणी नदीले बगाउँदा भाले गैंडाको मृत्यु


चितवन, साउन २६ । नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ ।

भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडिएको छ ।

मृत गैंडाको खाग र खुर भने सुरक्षित छन् । गैंडा मरेको विषयमा निकुञ्जले सार्वजनिक रुपमा जानकारी भने गराएको छैन ।

फाईल तस्बीर
आर्थिक वृद्धिमा कमी, बढ्दो मुद्रास्फीति, लाखौं युवा बेरोजगार वा अर्धबेरोजगार, खाद्य सामग्रीको अकासिँदो मूल्यले गर्दा जीवनयापन धेरै कठिन हुँदै गइरहेको छ । यसका साथै आर्थिक कुप्रबन्ध, नेपाल राष्ट्र बैंकजस्ता सरकारी संस्थाको राजनीतीकरण र सरकारको मौद्रिक तथा वित्तीय नीतिमा राजनीतिक हस्तक्षेप सबै सामान्य भइसकेका छन् । यस्तो अवस्थाले सामाजिक उथलपुथल र जनविद्रोह गर्ने वातावरण उत्पन्न गर्न सक्छ ।

संसारभरि नै आर्थिक मन्दी व्याप्त छ । एसिया महादेश पनि त्यसबाट अछुतो छैन । एसियाली विकास बैंकले भर्खरै समग्र एसियाका विकासोन्मुख देशहरूको आर्थिक वृद्धि ५.२ प्रतिशतबाट घटेर ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् २०२३ मा पनि यो घट्ने क्रम जारी रहनेछ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि आर्थिक वृद्धि ओरालो लाग्ने आकलन गरेका छन् । कोभिड–१९ को लकडाउनले गर्दा चीनमा आर्थिक वृद्धि कम हुने र विकसित देशमा आर्थिक संकुचन हुनेछ । त्यसमा पनि युक्रेनमा रुसको हमलाले आगोमा घिउ थप्ने काम गरेको छ ।

दक्षिण एसियाको वृद्धि प्रक्षेपण सन् २०२२ का लागि ७.० प्रतिशतबाट ६.५ प्रतिशत र सन् २०२३ का लागि ७.४ प्रतिशतबाट ७.१ प्रतिशतमा घटाइएको छ । यो गिरावटको कारक मुख्यतया श्रीलंकाको आर्थिक संकट एवं भारतमा उच्च मुद्रास्फीति र सम्बन्धित मौद्रिक कडाइ हो । सन् २०२२ मा नेपाल र श्रीलंकाको आर्थिक वृद्धिदर क्रमशः ३.९ प्रतिशत र २.४ प्रतिशत हुने अपेक्षा गरिएको छ, जुन दक्षिण एसियाका बाँकी देशहरूका तुलनामा कम हो । तर, नेपालमा संघीय निर्वाचन नजिकिँदै गर्दा आगामी महिनामा आर्थिक वृद्धिदरले गति लिने अनुमान गर्न सकिन्छ ।

नेपालमा अन्तर्राष्ट्रिय मुद्रा कोषले मे महिनाको मिसनमा यो वर्ष कोभिड–१९ पछाडिको आर्थिक ‘रिकभरी’ को प्रशंसा गरेको छ । तर रुस–युक्रेन युद्धका कारण खास गरी खाद्यवस्तुहरूको मूल्य बढेकाले नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको देशलाई जोखिम छ । यसको मुख्य कारण बढ्दो मुद्रास्फीति र घट्दो विदेशी मुद्राको सञ्चिति हो । एसियाली विकास बैंकले एसियाका विकासोन्मुख देशहरूमा मुद्रास्फीति सन् २०२२ मा ३.७ प्रतिशतबाट ४.२ प्रतिशतमा पुग्ने र सन् २०२३ मा ३.१ प्रतिशतबाट ३.५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ । यसको मुख्य कारक खाद्य वस्तु र पेट्रोलियम पदार्थको मूल्यवृद्धि हो । नेपालका सम्बन्धमा मुद्रास्फीति सन् २०२१–२२ मा ८.५ प्रतिशत रह्यो जुन अघिल्लो वर्ष ४.९ प्रतिशत मात्र थियो ।

नेपालको बढ्दो मुद्रास्फीतिले गरिब जनतालाई बढी मर्का पर्छ । घिउ र तेल, दुग्ध पदार्थ र अण्डा, दाल र गेडागुडीको मूल्य क्रमशः २२.६ प्रतिशत, ११.२२ प्रतिशत र ९.१३ प्रतिशतले बढेको छ । खाद्य वस्तुबाहेक अरू उपभोग्य वस्तुहरू र सेवा, यातायात खर्च, शिक्षा, फर्निसिङ र घरेलु सामग्रीहरूको दाम पनि बढेको छ । श्रीलंकाको हालैको घटनाबाट नेपालले केही पाठ सिक्नुपर्छ । मुद्रास्फीतिको वृद्धि एवं खाद्यवस्तु र अरू अत्यावश्यक सामानहरूको अभावले जनता सडकमा आउन सक्छन् अनि सिंहदरबारमा धावा बोल्न सक्छन् । नेताविहीन भीडहरू तब बन्छन् जब मानिसहरूको आधारभूत अस्तित्व खतरामा हुन्छ र मानिसहरूसँग गुमाउनका लागि अरू केही हुँदैन । जब हामी मध्यपूर्वमा सन् २०११ को ‘अरब स्प्रिङ’ लाई फर्केर हेर्छौं, जसले ट्युनिसियामा बेन अलीको सरकारलाई अपदस्थ गर्‍यो, मुद्रास्फीति र बेरोजगारी नै त्यो जनविद्रोहका प्रमुख कारकहरू थिए । हामीले पनि अनियन्त्रित मुद्रास्फीति र बेरोजगारीको समस्यालाई कम आकलन गर्नु हुन्न, नत्र लोकतान्त्रिक सरकार पनि धरापमा पर्न सक्छ । विश्वमा त्यस्ता धेरै उदाहरण छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पहिलो कार्यकालको बजेटमा मुद्रास्फीति ७ प्रतिशत र आर्थिक वृद्धि ८ प्रतिशत हुने अनुमान गरेका थिए । मुद्रास्फीति अपेक्षितभन्दा बढी र आर्थिक वृद्धि बजेटले अनुमान गरेभन्दा सुस्त छ । सरकारी बजेटले महत्त्वाकांक्षी हुन पाउँछ तर वृद्धि र मुद्रास्फीतिको वर्तमान प्रवृत्तिले राम्रो संकेत गर्दैन । एसियाका विकासोन्मुख देशहरूको आर्थिक अवस्था बिग्रिँदो छ । यसको मुख्य कारण अमेरिकाको फेडरल रिजर्भ बैंकले गरेको वित्तीय कडाइ पनि हो । यसका कारण एसियाका सबैजसो मुद्रा डलरका तुलनामा अवमूल्यन भएका छन् । अमेरिकी डलरका तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्यन हाम्रा लागि बढी चासोको विषय हुनुपर्छ । सन् २०२२ को सुरुआतदेखि भारतिय रुपैयाँ ६ प्रतिशतले अवमूल्यन भएको छ । अहिले जुलाई २०२२ सम्मको आँकडा अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरका तुलनामा ६.६४ प्रतिशतले अवमूल्यन भएको छ ।

बढ्दो मुद्रास्फीतिलाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाजस्ता देशहरूमा ब्याजदर बढ्दा पुँजीले विकासशील र उदीयमान बजारहरू छोड्छ, जसले गर्दा विनिमय दर अवमूल्यन हुन्छ । नेपालको वित्तीय व्यवस्था भारतको जस्तो एकीकृत छैन तर भारतीय रुपैयाँ अमेरिकी डलरका तुलनामा अवमूल्यन हुँदा र भारतीय पुँजी पलायन हुँदा नेपाललाई पनि असर गर्छ ।

नेपाल राष्ट्र बैंकसहित यस क्षेत्रका धेरै केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण र वित्तीय स्थायित्व जोगाउन ब्याजदर बढाउन थालेका छन् । नेपाल सरकारले मौद्रिक नीतिमा कडाइ गरेर र विदेशी मुद्रा सञ्चिति जोगाएर आर्थिक समस्या समाधान गर्न तत्परता देखाएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको मौद्रिक नीति २०७९–८० ले बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न नीतिलाई थप कडाइ गर्ने उपायहरू ल्याएको छ । यसले मुद्रा आपूर्ति र निजी क्षेत्रको कर्जा क्रमशः १२ र १२.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो महामारीको समयमा विस्तार नीतिका तुलनामा मुद्रा आपूर्ति र निजी क्षेत्र ऋण दुवैका लागि कम वृद्धि लक्ष्य हो । बढ्दो मुद्रास्फीतिको सम्भावनालाई ध्यानमा राख्दै यस प्रकारका उपायहरू स्वागतयोग्य छन् ।

अब सन् २०२३ को बजेट विवेकपूर्ण र कम विस्तारित हुनु आवश्यक छ, मौद्रिक नीति सम्बन्धी उपायहरूले मध्यम अवधिमा काम गरून् भन्नका लागि । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक दुवैका पदाधिकारीहरू वित्त नीति र मौद्रिक नीतिले मिलेर काम गर्नुपर्ने आवश्यकता बुझ्छन् । तर, अहिलेको सरकार र संघीय निर्वाचनपछि स्थापित हुने अर्को सरकारले वित्तीय र मौद्रिक नीतिबीचको परिपूरकता बुझ्न सक्लान् कि नसक्लान् भन्ने चुनौती छ ।

अर्थ मन्त्रालय चलाउन अर्थशास्त्रमा पीएचडी गरेको अर्थमन्त्री चाहिँदैन । तर हामीलाई आफ्नो सरकारको आकांक्षा बुझ्ने, सरकारको वित्तीय अवस्थाको न्यूनतम बुझाइराख्ने र आर्थिक नीतिहरू तयार गर्न र कार्यक्रमहरू कार्यान्वयन गर्न सही प्राविधिकहरू भएको राजनीतिज्ञ चाहिन्छ । अर्थशास्त्रको पृष्ठभूमि हुनु एउटा ‘प्लस प्वाइन्ट’ अवश्य हो, तर शिक्षालाई दक्षतासँग मिसमास नगरौं । नेपालको अहिलेको आर्थिक संकट चिर्ने बलियो हतियार भनेको रेमिट्यान्स हो । हाम्रा दाजुभाइ–दिदीबहिनीले मध्यपूर्वको मरुभूमि र मलेसियाका जंगलमा दुःख गरेर जोडेको कमाइले गर्दा हाम्रो अर्थतन्त्र चलायमान हुन पाएको छ । पछिल्लो तथ्यांक अनुसार, नेपाल राष्ट्र बैंकमा रेमिट्यान्सको प्रवाह १.५ प्रतिशतले बढेर ७.५१ अर्ब डलर पुगेको छ । यसैका आधारमा हाम्रो विदेशी मुद्राको सञ्चिति ९.४५ अर्ब पुगेको छ, जसले नेपालको ७.५ महिनाको आयात धान्न सक्छ ।

आप्रवासी नेपालीहरूले हाम्रो अर्थ व्यवस्थालाई बाह्य कारणहरू — जस्तै : रुस–युक्रेन युद्ध र अमेरिकामा वित्तीय संकुचन — ले गर्दा बिग्रिएको अर्थतन्त्र धरमराउन नदिन सहयोग गरेका छन् । मध्यदेखि दीर्घकालीन रूपमा, तिनीहरूले स्वरोजगारी र उद्यमशील गतिविधिहरूलाई चलायमान तुल्याउन बचत पनि जम्मा गर्छन्, जब तिनीहरू घर फर्किन्छन् । फर्केका आप्रवासीहरूको सीप र पुँजीको सदुपयोग गर्न सकियो भने यसले व्यापार सृजनामा सुधार ल्याउन सक्छ र थप रोजगारी सृजना गर्न सक्छ ।

कोभिड–१९ महामारी अकल्पनीय आघात थियो, जसबारे कसैले सोचेको थिएन । यसले विश्वव्यापी आर्थिक मन्दी र संकट निम्त्यायो । उत्पादनमा भारी गिरावट आयो र बेरोजगारी ह्वात्तै बढ्यो । नेपाल सरकारले यसलाई रोक्न सक्ने सम्भावना पनि थिएन र कोभिड–१९ ले ल्याउने आर्थिक प्रभाव अवश्यम्भावी थियो । यस्ता संकटहरू आउँदा सरकारले आर्थिक समस्यालाई कम गर्ने र जीवन तथा जीविकोपार्जन रक्षा गर्ने उद्देश्य राख्नुपर्छ । महामारीका बेला सरकारले व्यापार–व्यवसाय र निजी क्षेत्रको रक्षा गर्नुपर्छ किनकि यी आर्थिक वृद्धिका इन्जिनहरू हुन् । कोभिड–१९ जस्तो संकटका बेला आर्थिक कुप्रबन्ध र कुशासन महँगो पर्न सक्छ । राम्रो समयमा आर्थिक मेसिनरीले काम गर्छ; सिंहदरबारभित्र के भइरहेको छ, त्यसको मतलब हुँदैन । अक्षमता त्यति महँगो पर्दैन । अक्षम सामान्य चिकित्सकले गम्भीर हानि गर्न सक्दैन, तर अयोग्य ‘ट्रमा सर्जन’ ले तपाईंलाई मार्न सक्छ ।

के हामी गम्भीर आर्थिक दुर्घटनातर्फ जाँदै छौं ? मेरो छोटो जवाफ— जाँदै छैनौं । रेमिट्यान्सको बढोत्तरी र पर्यटक आगमनको सुधारले हामीलाई श्रीलंकाजस्तो हुनबाट रोक्छ । तर हाम्रो आर्थिक धरातल कमजोर छ । हामी पूरै आयातमा निर्भर छौं । थोरै मात्र निर्यात गर्छौं । हामीसँग थोरै मात्र उत्पादक लगानीका अवसरहरू छन् । यदि बाह्य कारणहरू — जस्तै : तेल र सामानको मूल्य वृद्धि — घटेनन् र भारतीय रुपैयाँ अमेरिकी डलरका तुलनामा झन् अवमूल्यन भयो भने हामी आर्थिक संकटको भुमरीमा पर्न सक्छौं । त्यति बेला हामीलाई राम्रो तालिमप्राप्त ट्रमा सर्जनको आवश्यकता पर्छ, जसले आर्थिक संकटलाई राम्रो व्यवस्थापन गर्न सक्छ । आशा गरौं, हाम्रा राजनीतिक नेताहरूले यो कुरा विलम्ब नगरीकन बुझ्न कोसिस गर्नेछन् ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.