दाङ — विद्यार्थी कुटेको अभियोगमा राजपुर गाउँपालिकास्थित जनज्योति मावि बेलाका शिक्षक पाटेश्वर यादव पक्राउ परेका छन् ।
कक्षा १२ मा अध्ययनरत राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षीय मन्साराम यादवलाई निर्घात हुनेगरी कुटपिट गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । लाठी, मुक्का र लात्ती प्रहारबाट यादवको शरीरभरि चोट लागेको छ ।
आफ्नी छोरीसँग प्रेम सम्बन्धमा रहेको भन्दै शिक्षक यादवले उनलाई साउन २० गते राति गाउँमै कुटपिट गरेको पीडितका परिवारले जानकारी दिएका छन् । कुटपिटमा सघाएको आरोपमा शिक्षकका दाइ धीरबहादुर यादवलाई पनि पक्राउ गरिएको छ । कुटपिटमा संलग्न अन्य तीन जना फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
फाईल तस्बीर



