• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

भोकभोकै काम गरेका तीन सय मजदुर ठेकेदारबाट ठगिए !

नाग्म–गमगढी सडकको सिंजा २ घोडेङ्गादेखि कनकासुन्दरी ८ रोकायाबाडासम्मको खण्डमा काम लगाइएको थियो । घर नजिकै आएको विकास निर्माणमा मजदुरी गरौं । काम पनि हुने जीवनयापन पनि सहज हुने भन्ने ठानियो । उनले थपिन्,‘उल्टै ज्याला नपाउँदा कठिन अवस्था झेल्न पुगियो । ’

कनकासुन्दरी ८ की इमिला शाही लुगाफाटो बदल्ने र नुनतेल जोहो गर्नकै लागि मजदुरीमा लागिन् । सडकमा ढुंगा फुटाउनेदेखि बोक्ने र माटो बालुवा बोक्नेसम्म गरिन् । घरको महत्वपूर्ण काम पनि छाडेर काममा लागेकी उनले २० दिन काम गरेको ज्याला पाइनन् । उनको प्रत्येक दिनको पाँच सय रुपैयाँको दरले २० दिनको १० हजार रुपैयाँ हुन्छ । गाउॅमा १० हजार रुपैयाँले धेरै काम गर्न सकिन्छ । हामीले इमान्दारिता देखायौं । ठेकेदारले बेमान गरे । उनले भनिन्,‘अहिलेसम्म ज्याला पाएका छैनौं । तत्काल ज्याला उपलब्ध गराइदिन सरोकारवालासमक्ष हारगुहार समेत गरेका छौं । सुनुवाइ छैन ।’

नाग्म–गमगढी सडकमा काम गर्ने मुनकली र इमिला प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता झण्डै ३ सय मजदुर ठेकेदारबाटै ठगिएका छन् । मजदुरी गर्नेदेखि दैनिक उपभोग्यदेखि निर्माण सामग्री उपलब्ध गराउने एक सय बढी व्यापारीले समेत रकम पाएका छैनन् । ठेकेदारले सडक निर्माण भइसकेपछि रकम निकासा हुने र सबैको रकम एकैपटक दिने भनेका थिए तर दुई वर्ष बित्यो । निर्माण सामग्रीको लाखौं रकम भुक्तानी पाएका छैनन् ।

ज्याला नपाएपछि मजदुर सबै सडकमा निस्किएर ज्याला पाउनु पर्ने माग गरिरहेका छन् । यता निर्माण व्यवसायी दिपक शाही मजदुरलाई ज्याला नदिएको स्वीकार गर्छन् । यो ठेक्काको विषयमा मुद्दा परेको र अदालतले स्टेअर्डर गरेका कारण सडक डिभिजन कार्यालयबाट भुक्तानी लिन नसकिएको उनले बताए ।

सडक डिभिजन कार्यालयमा दिपक शाहीको नाममा ६ करोड ७८ लाख रकमको ठेक्का सम्झौता छ । ३ करोड ७० लाख बजेटमा पेटी ठेकेदार दत्त रोकायासँग पुनः सम्झौता भएको थियो । सम्झौता रकम मध्ये २ करोड ९० लाख ७७ हजार भुक्तानी भइसकेको छ । ‘पेटी ठेकेदार रोकायालाई भुक्तानी दिन बाँकी छैन्,’ उनले भने,‘पेटी ठेकेदार रोकायाले काम बिचैमा छोडेका हुन् । काम गरेको सवै रकम भुक्तानी दिइसकेका छौं । उनीसँग कुनै लेनदेन नै छैन । ’

सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख विरेन्द्र रावलका अनुसार १३ नम्बरको उक्त ठेक्का खड्का कृष्ण कन्ट्र्क्सन बाँकेका प्रतिनिधि दिपक शाहीसँग ०७७ सालमा सम्झौता भएको थियो । सडक स्तरोन्नतिको म्याद थपसहित ०७८ कार्तिक २३ गते सम्पन्न गर्नु पर्ने थियो । त्यो सडक निर्माण सम्पन्न भई ५ करोड ७९ लाख भुक्तानी भइसकेको छ । अदालतमा मुद्दा चलिरहेकोले ८६ लाख रकम भुक्तानी बाँकी रहेको छ । ६ करोड ७८ लाख ठेक्का सम्झौता हो ।

‘मजदुरदेखि व्यापारीले काम गरेको ज्याला नपाएको गुनासो आउने गरेको छ,’ उनले भने,‘कार्यालय ठेकेदारसँग मात्रै जोडिएकोले मजदुर र व्यापारीसँग कुनै सम्बन्ध हुँदैन । ज्याला दिने विषयमा ठेकेदार नै जिम्मेवार बन्नुपर्छ ।’

सडक निर्माणका पेटी ठेकेदार दत्त रोकायाले ठेकेदारले भुक्तानी नदिएका कारण मजदुरको ज्यालादेखि निर्माण सामग्रीको भुक्तानी दिन नसकेको बताए । उनले ठेकेदार कर्णबहादुर शाही र उनको भतिज दिपक शाहीले भुक्तानी नदिएर मजदुरलाई ठगेको बताए । उनीहरुबाट १ करोड ५१ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनले बताए ।

उनले भने,‘ठेकेदारले ठग्न खोजेका छन् । मजदुरले ज्याला पाएका छैनन् । व्यापारीले सामानको मूल्य पाएका छैनन् । अदालतमा मुद्दा दायर भएको छ । न्याय प्राप्त हुने अपेक्षा राखेका छौं ।’

मजदुरहरुले अब पनि ज्याला नपाएको खण्डमा सडकमा निस्किएर आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने चेतावनी दिएका छन् ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.