चितवन,साउन २५-
चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज (बुधबार) साँझ ८ बजे नारायणगढ मुग्लिन-सडकखण्ड अन्तर्गत भरतपुर २९ जुगेडीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान खुलेको छैन । ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय जुगेडीले नियन्त्रणमा लिएको छ ।
फाईल तस्बीर



