• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

कोठा भाडा तिर्न नसकेपछि घरबेटीद्वारा बहालमा बस्नेमाथि बलात्कार, महिला गर्भवति !


काठमाडौं । भक्तपुरको ‘जगाती’ बस्ने रमा मंग्राती ९नाम परिवर्तन० कोठा खोज्दै थिइन् । सोही क्रममा उनको चिनजान कोटेश्वर घर भएका न्हुच्छेना कृष्ण श्रेष्ठसँग भयो । घरबेटी श्रेष्ठ धनाड्य थिए । रमा र उनको श्रीमान कोटेश्वरस्थित श्रेष्ठकै घरमा भाडामा बस्ने भए । मासिक १० हजार रुपैयाँ भाडा तिर्ने गरि ।

रमाको श्रीमान वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । तर, उनले ऋण भने पाइसकेका थिएनन् । लगत्तै उनको भिषा पनि आयो । रमाले श्रीमानलाई विदेश पठाउन विभिन्न व्यक्तिसँग ऋण मागिन् तर, पाइनन् । अन्ततः उनी घरबेटी न्हुच्छेको शरणमा पुगिन् । श्रीमानलाई विदेश पठाउन ऋण चाहियो भनेपछि न्हुच्छेकृष्णले शुरुमै २ लाख रुपैयाँ दिए ।

रमाका श्रीमान रोजगारीका लागि विदेश पुगे । लगत्तै घरबेटी श्रेष्ठले रमालाई पैसा फिर्ता गर्नका लागि दबाब दिन थाले । भर्खर मात्र विदेश पुगेका रमाका श्रीमानले पैसा पठाउने स्थिति थिएन । तर यता घरबेटी श्रेष्ठले भने रमालाई बारम्बर दबाब दिइरहेका थिए । सोहिक्रममा घरबेटीको नाममा रु २ लाखको चेक काटिदिइन् । यता चेकमा लेखिएको रकम बैंक खातामा थिएन ।

त्यसपछि घरबेटीले उनको पिछा छाडेनन् । रमा अब कोठा सार्ने स्थितिमा पुगिन् र घरबेटीलाई आफूले कोठा छाड्ने जानकारी गराइन् । तर घरबेटीले उनलाई अन्यत्र कोठा सार्न नदिने मनसायले काभ्रे बनेपामा रहेको उनको अर्को घरमा कोठा भाडा तिरेर बस्न दबाब दिए । रमा यो कुरा मान्न बाध्य भइन् । रमाले अब काभ्रेस्थित बनेपामा रहेको श्रेष्ठकै घरमा बसाइँ सरिन् ।

बीचमा न्हुछेकृष्ण रमाको भाडामा बसेको घरमा आउजाउ गरिरहन्थे । २०७८ असोज २५ मा घरबेटी श्रेष्ठ रमा बसेको कोठामै गएर चेकको कुरामै उनले धम्की दिँदै जवरजस्ती करणी गर्ने प्रयास गरे । रमाले दिएको जाहेरी अनुसार मंसिर ८ गते घरबेटी श्रेष्ठले उनलाई फोन गरेर धम्कीपूर्ण तरिकाले तिमीसँग काम छ भन्दै आफूसँग भेट्न भने ।

रमाले पनि यो उनको प्रस्तावलाई स्विकार गरिन् । त्यस पश्चात चाँगुनारायण नगरपालिका–८ स्थित नगरकोटमा उनीहरु दुवैजनाको भेट भयो । काम छ भनेर आएकी रमाले घरबेटी श्रेष्ठसँग सोधिन्, के काम हो भन्नुस् ? तर श्रेष्ठले धम्कीपूर्ण स्वरमा बैंकिङ कसुर मद्दा लगाई जीवनभर थुनामा राख्छु भन्न थाले । रमा डरले कामिन् ।

एकातिर श्रीमान विदेशमा भनेजस्तो काम नपाएर अलपत्र यता आफूलाई पनि त्यही ऋणले बैंकिङ मसुर मुद्दामा जेल ! उनलाई अत्यास लाग्नु स्वभाविक थियो । त्यो अत्यासलाग्दो पञ्जाबाट उम्किन खोजिन् तर श्रेष्ठले सोही क्रममा रमामाथि जवरजस्ती करणी गरे । रमाले यो घटना आफूमै सिमीत राखिन् । यो बीचमा श्रीमानसँग कुराकानी त भइरहयो, तर रमाले यस घटनाबारे श्रीमानसँग भन्न सकिनन् ।

यसको एक महिनापछि रमालाई गर्भवती भएकी भनेर शंका लाग्यो र नजिकैको मेरील्याण्ड हेल्थ केयर प्रा।लि।मा गएर गर्भ जाँच गरिन् । उनको शंका वास्तविकतामा बदलियो । रमा आतिइन् । उनले घटनाबारे कसैलाई पनि भन्न सकिनन् । र गर्भपतन गर्ने सोचिन् । रमालाई औषधी खरिद गर्ने क्रममा डाक्टरले कस्को गर्भ हो भनेर सोध्दा आफ्नै श्रीमानको हो र यो गर्भ पतन गर्न चाहान्छु भनि झुट बोलेर रु २५०० पर्ने औषधी किनेर सेवन गरिन् ।

रमाको यो बयानलाई मेरील्याण्ड हेल्थ केयर प्रा।लि।का प्रमुख सुरेस कुमार क्षेत्रीले समेत साँचो भएको पुष्टि गरेका छन् । क्षेत्रीले दिएको बयानमा भनिएको छ, “मिति २०७८–०९–०९ गते म सोही संस्थामै थिएँ ।

उक्त दिन रमा भक्तपुर जगाती बस्ने हाम्रो संस्थामा आएर आफू गर्भवती भएकोले गर्भपतन गराने औषधी दिनु पर्यो भनेकी हुँदा हामीले निजको गर्भ रहे–नरहेको चेकजाँच गर्दा उनको पेटमा गर्भ रहेको थाहा पाई कसको गर्भ हो ? भनि सोध्दा निज पीडितले आफ्नो श्रीमानको गर्भ हो, म गर्भपतन गर्न चाहान्छु भनेकी हुँदा हामीले कानुनी मापदण्ड पु¥याई निजको गर्भपतन गराउने रु २५०० को औषधी दिएका हौं । ”

यता जवजस्ती करणीको आरोप लागेका न्हुच्छेकृष्ण श्रेष्ठले आफ्नो घरमा भाडामा बस्दै आएको कुरा साँचो भएको तर, जवरजस्ती करणी गरेको कुरा झुठो भएको दाबी गरेका छन् । उनले बयानमा भनेका छन्, “निजलाई दिएको पैसा फिर्ता माग्दा निजले नदिएपछि बैंकिङ कसूर मद्दा हाल्दा रिसईवी लिई मलाई आरोप लागाएकी मात्र हुन् ।

मैले पीडित जाहेरवाला परिवर्तित नाम भक्तपुर जगाती बस्ने रमालाई मिति २०७८ सालको मंसिर ८ गते काम छ भनि नगरकोट जाने बाटोमा बोलाएको होइन । जाहेरीवालाले विभिन्न वरबहाना बनाई मबाट पटक–पटक गरी नेपाली रु १८ लाख दश हजार सापटी लिएकी थिईन् ।”

अहिले रमा घरबेटी श्रेष्ठको घरबाट कोठा सरेर अन्यत्र बस्छिन् । उनले न्याय माग्दै अपराधीलाई हदै सम्मको कारबाहीको मागसहित भक्तपुर प्रहरीमा जाहेरी दिएकी छिन् । उनको जाहेरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ पनि गरेको थियो । पक्राउ परेका उनले आफ्नो स्वास्थ्य कमजोर भएको भन्दै प्रहरीलाई प्रलोभनमा पारेर हिरासत नै नबसी बाहिरबाटै मुद्दालाई प्रभावमा पारेका छन् ।

जबकी यता प्रहरीले भने अनुसन्धानको फाइल कमजोर बनाएर पीडितलाई नै पिडा हुने गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको आरोप छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत भक्तपुरमा अभियोग पत्र दर्ता गरेको छ ।

source diyopost.com

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.