डडेल्धुराका अन्दाजी १५ वर्षीय किशोर किरण पाठक मृ’त भेटिएको घटनामा अनुसन्धानको माग गर्दै जाहेरी परेको छ। किशेरका आफन्तले अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा जाहेरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जाहेरी परेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै डडेल्धुरा अस्पतालमा पो”ष्टमार्टमपछि किशोरको श’व आफन्तलाई बुझाइएको प्र”हरीले बताएको छ। तर, रिपोर्ट आउन बाँकी छ।
शनिबारदेखि बेपत्ता रहेका अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित सिलिङधारा घर भएका पाठक मंगलबार अमरगढीकै मौरडा गाउँ तल रहेको हामफाल्ने तालमा मृ’त फेला परेका थिए।पाठकको श’व खोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीले बताएको थियो।
यो पनि,डोटीकी युवती काठमाडौंमा मृत फेला परेकी छिन्। बोगटान फुडशिल गाउँपालिकाकी २२ वर्षीया तुलसी बम कोटेश्वरस्थित आफ्नै कोठामा मृत फेला परेकी हुन्।अध्ययनका लागि उनी काठमाडौंमा बस्दै आएकी थिइन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




