बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । ‘हामी घटनास्थल पुग्दैछौँ, के कति कारणले उनीहरु झुन्डिएका हुन् थप अनुसन्धान हुन्छ’, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक जनक ढुङ्गानाले भने । स्थानीयले खबर गरेपछि घटनास्थलतर्फ प्रहरी गइरहेको हो।
झुन्डिएको अवस्थामा भेटिएका तीन जनाको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतक गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केको खुलेको छ ।
यो पनी हेर्नुस
बुधबार सेयर बजार परिसूचक नेप्सेमा थप ५ अंकको गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकले घटेको बजारमा बुधबार थप ५.११ अंकले घट्दै नेप्से सूचक २० हजार ५७.६८ अंकमा झरेको हो । यसदिन नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा समेत घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५ अंकले घटेको बजारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । १३ वटा उपसूचक मध्ये म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा समूहको ०.१ प्रतिशतले मात्र घटेको छ ।




