• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

कलाकार कविताको पीडा र खुसी : मुखबाट प्याच्च निस्कियो- छि!, कति नराम्रो बच्चा


पुर्ख्यौली थात-थलो झापा भए पनि कलाकार कविता रेग्मीको परिवार कामको सिलसिलामा भारत बस्थ्यो। उनीसहित दुई दिदी र दुई दाइ भारतमै जन्मिए।
कविता १० वर्षकी भएपछि उनको परिवार सधैंका लागि भारत छाडेर नेपाल आयो। आइएसम्मको पढाइ काठमाडौंमै पूरा गरिन् उनले। आइए पढेपछि भने पढाइ छाडिन्।

कविताले म्युजिक भिडियो खेलेर कलाकारिता यात्रा सुरु गरिन्। कुनै समयको निकै चर्चित टेलिफिल्म ‘परिचय’मा उनले लामो समय काम गरिन्। ‘माझी दाइ’ बाट फिल्ममा डेब्यु गरेकी कविताले ‘नाईं नभन्नु ल २’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। कविता अहिले आफ्नोभन्दा बढी छोरा अनुभव रेग्मीको नामले परिचित छिन्। कविता रेग्मीभन्दा अनुभव रेग्मीको आमा भनेर चिनिनुमा आफूलाई गर्व लाग्ने बताउँछिन् उनी। कलाकार कविता रेग्मी आफ्नो प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन्:

अलिअलि याद छ, म सानैदेखि नाच्न र अभिनय गर्न मन पराउने स्वभावकी थिएँ। भारतमा नेपाली फिल्म हुँदैनथ्यो, हिन्दी मात्रै हुन्थ्यो। फिल्म हेरेर घरमा आएपछि ऐना हेरेर अभिनय गर्थें। म भारतमै हुँदा ‘कुसुमे रुमाल’ फिल्मको गीत खुब चलेको थियो। ती गीतहरुमा नृत्य गर्थें। तुलसी घिमिरे, भुवन केसीहरु भारतमा समेत चर्चित थिए, यही गीतका कारण। सानैदेखि कलाकारितामा रुचि देखेर होला, घर-परिवारले पनि सधैं सपोर्ट गर्नुभयो।

०००
मेरो विहे पनि यही क्षेत्रका अरुण रेग्मीसँग भयो। उहाँ प्रोडक्सन म्यानेजरका रुपमा काम गर्नुहुन्थ्यो। घरमा मैले मलाई मन परेको केटा उहाँ हो भनेर परिचय गराएँ। उहाँले गएर माग्नुभयो र सबैको सहमतिमा हाम्रो विहे भयो। विहे भएपछि धेरैको कलाकारिता यात्रा रोकिन्थ्यो त्यो समयमा। तर मेरो भने रोकिएन। विहेपछि नै मैले ‘परिचय’ टेलिश्रृङ्खलामा काम गर्न थालेकी हुँ। त्यहाँ मेरो चरित्र खलपात्रको थियो।

नेपाल टेलिभिजनबाट आउने परिचय टेलिश्रृङ्खलाका कारण मैले गाली पनि खाएकी छु। एक पटक के भयो भने, एउटा साथीको सुटिङ हेर्न गएको थिएँ। सबैले मलाई चिनेछन्, यो त परिचयमा काम गर्ने निशा भनेर। एक जना मानिस भने म भए ठाउँमा रिसाउँदै आए र गाली गर्न थाले। टेलिश्रृङ्खलामा नराम्रो चरित्र निभाएकाले ती मानिसलाई म त्यस्तै हुँ भन्ने परेछ। उनलाई मैले त्यस्तो चरित्र निभाएको मात्रै हो, म त्यस्तो खराब छैन भनेर सम्झाउन निकै मुस्किल परेको थियो।

०००
हामीले बच्चाको कुनै योजना बनाएका थिएनौं। तर कुनै गर्भनिरोधक सामग्री पनि प्रयोग गरेका थिएनौं। जे होला, त्यसैलाई स्वीकार्ने हाम्रो योजना थियो।
महिनावारी पर सरेको झण्डै एक हप्ता भइसकेको थियो। अन्य समयको भन्दा असहज महसुस पनि भइरहेको थियो। कतै बच्चा पो आयो कि भन्ने शंका लाग्यो। त्यो समयमा पनि हामी बानेश्वर नै बस्थ्यौं। यहीँ नजिकको ज्योति अग्रवालको क्लिनिकमा हामी दुवै परीक्षणका लागि गयौं। नतिजा सकारात्मक आयो।

विहे भएको एक वर्षपछि म गर्भवती भएँ। चिकित्सकले अल्ट्रासाउन्ड गरेर बच्चाको ढुकढुकी सुनाए। गर्भवती भएको दुई महिना पुगिसकेछ। मेरो त आँखाबाट आँसु नै आयो। त्यो आँसु किन आयो अहिलेसम्म थाहा पाएकी छैन। बच्चाको ढुकढुकी त सानैमा आउने रहेछ। त्यस्तो ढुकढुकी पहिले कहिल्यै सुनेकी थिइनँ। अहिलेसम्म पनि कानमा गुन्जिरहन्छ।

घरमा आएपछि टेन्सन भयो। अब के गर्ने। कसो गर्ने। किनभने, श्रीमानको आमा-बुबा नै हुनुहुन्थेन। हामी दुई जना मात्रै थियौं। विस्तारै दिन बित्दै गए। मैले काम भने छाडिनँ। बच्चा पेटमा चार पुगेर पाँच महिनामा टेक्दै थियो। पेटमा ढक्क कसैले हिर्काएजस्तो भयो। मलाई त यति डर लाग्यो कि श्रीमानलाई फोन गरें। उहाँले पनि अत्तालिँदै के भयो, डाक्टरलाई फोन गर भन्नुभयो।

डाक्टरलाई फोन गरें। उहाँले हाँस्दै अब त बच्चा चल्ने बेला भयो, यस्तो त भइहाल्छ नि भन्नुभयो। मलाई भने अनौठो लाग्यो। बच्चा खेर जाला कि भन्ने पिर पनि पर्‍यो। बच्चा पेटमा आएपछि मलाई पकाएको खानेकुरा मनै परेन। गुलियो खानेकुरा निकै मनपर्ने। अरुले पकाएको भने खाने तर आफूले पकाएको भने खान नसक्ने। लालमोहन, रसबरी, भक्तपुरको दही अनि सुन्तला, बच्चा पेटमा हुँदा मलाई मनपर्ने खानेकुरा यिनै थिए।

सामान्य दही त जता पनि पाइन्थ्यो तर मलाई भने भक्तपुरे दही नै चाहिने। अहिलेजस्तो बाटो सजिलो थिएन भक्तपुरको। कच्ची बाटो थियो। श्रीमान् बाइकमा भक्तपुरदेखि दही बोकेर आउनुहुन्थ्यो। कच्ची बाटोमा थेचारिएर थिलोथिलो भएको दही म भएठाउँसम्म आइपुग्थ्यो। अर्को, रन्जना गल्लीको सोडा समेत मेरो फेवरेट थियो। त्यता गएको बेला थोरैले मेरो मन भरिँदैनथ्यो।

सुन्तला अति खान्थें। कहिलेकाहीँ त दिनमौ दुई किलो समेत सक्काउँथें। जाडो महिनामा घाममा बस्यो अनि सुन्तला खायो। गर्भवती भएको सात महिनासम्म मैले काम गरें। सुटिङमा जाँदा सबैले माया गरेर अचार ल्याइदिन्थे। आँपको अचार खाँदै सुटिङ गर्थें।

मलाई आफू गर्भवती नहुँदै महिलालाई यस्तो समयमा किन अमिलो मनपर्छ होला भन्ने लाग्थ्यो। आफू भएपछि चाहिँ थाहा पाएँ, अमिलो मनपर्नेभन्दा पनि के खाउँ के खाउँ हुने रहेछ। भर्खरै खान मन लागेको कुरा एक छिनमा खान मन नलाग्ने। अनि यस्तो बेलाको बेष्ट अप्सन भनेकै अमिलो खानेकुरा रहेछ। वाक्क-वाक्क आउला जस्तो हुने, पेट बटारिने। यस्तो समयमा अमिलो खाएपछि ध्यान अन्तै मोडिने रहेछ।

पेट ठूलो हुँदै गएपछि अरुसँग त लाज लागेन तर माइतीमा बुबासँग भने लाज लाग्यो। के खान मन लागेको छ भनेर सोध्नुहुन्थ्यो, म लाजले रातै हुन्थें। बाइकमा हिँड्न हुँदैन, बच्चा खेर जान्छ भनेर भन्थे। तर म त बाइकमै हिँडे। डेलिभरी हुँदा पनि बाइकमै जान्छु भनेकी थिएँ तर सबैले गाली गरेर ट्याक्सीमा गएँ।

०००
डाक्टरले असार १५ को डेट दिएका थिए। १४ गते हल्का रगत आएजस्तो भयो। त्यसैले त्यही दिन हिमाल अस्पताल गएँ। डाक्टरले पानी आयो भने अस्पताल आउनु भनेर फेरि फिर्ता पठाए। १६ गतेसम्म पनि केही भएन। केही नहुँदै किन जाने भनेर अटेर गरेर म अस्पताल जान मानेको थिइनँ तर सबैले गाली गरेर पठाए।

अस्पताल गएपछि डाक्टरले व्यथा लाग्ने औषधि राखिदिए। तर त्यसले केही भएन। दिउँसो अस्पताल गएको बेलुकासम्म केही भएन। अनि डाक्टरले स्लाइनबाट औषधि दिनुपर्छ भने। १६ गते बेलुकादेखि स्लाइन दिन सुरु गनुभयो। विस्तारै पेट दुख्न थाल्यो। १७ गते दिनभर पेट दुख्ने रोकिने, दुख्ने रोकिने भइरह्यो। एकैचोटी १८ गते बिहान ८ बजे मात्रै मैले बच्चा जन्माएँ।

बच्चा जन्मिनुअघि निदाउन पनि नसक्ने, खान पनि नसक्ने। १० घर खोल्नुपर्ने तर खुल्दै-खुल्दैन। एक पटक त अत्ताल्लिएर डाक्टर अपरेसन गरिदेऊ समेत भने। तर मान्नुभएन। जब बच्चा जन्मियो, मेरो शरीरमा भएको पीडा सबै गायब भयो।

ज्यान हलुका भयो। डाक्टरलाई सोधें, छोरा भयो कि छोरी? डाक्टरले तिमीलाई छोरा चाहिएको छ कि छोरी भनेर सोध्नुभयो। बाटोमा हिड्ँदा मेरो आँखा सधैं छोरीका कपडामा जान्थे। कति राम्रा हुने ती लुगाहरु। छोराका लागि त त्यस्ता लुगै थिएनन्। त्यसैले छोरीको रहर थियो। छोरी चाहिएको छ भनें। त्यसो भए, अर्को पटक भनेर उहाँले छोरा भएको जानकारी दिनुभयो। अब ती राम्रा लुगाहरु लगाइदिन नपाइने भो भनेर मन खिन्न भयो।

वार्डमा गएपछि खै कस्तो छोरा पाइछु भनेर अनुहार हेरें। मेरो मुखबाट प्याच्च निस्कियो- छि!, कति नराम्रो बच्चा। आँखा सुन्निएका, मुख पुक्क फुलेको। टाउको पनि नमिलेजस्तो। छेउमा हुनुभएको आमाले गाली गर्नुभयो, भर्खर जन्मँदा यस्तै त हुन्छ नि, पछि तेल लाइदिनुपर्छ, सेकाउनुपर्छ।

छोरालाई देखेपछि मैले आमालाई सोधें, मलाई पनि यसैगरी पाएको हो आमा? आमाले हप्काएको स्वरमा भन्नुभयो, अनि सबैले यसैगरी त पाउने हो नि। मैले त झनै पाँच वटा यसैगरी पाएँ। आफूले बच्चा जन्माएपछि आमाको माया झनै लागेर आउने रहेछ।

छोरालाई दूध नपुगेर छोरा रोएको रोयै गर्न थाल्यो। अनि डाक्टरलाई बोलायौं। डाक्टरको सल्लाह अनुसार ल्याक्टोजन खुवाएपछि बल्ल सुत्यो। अनि म पनि सुतें। मेरो तीन दिनको निद्रा र थकान मेट्ने मौका पाएँ।

०००
घर आएपछि त मैले छोरोलाई छाड्दै नछाड्ने। एक्लै हुन्थें, श्रीमान् सुटिङमा ब्यस्त हुनुहुन्थ्यो। मेरो साथी बन्यो छोरा। उसैसँग बोल्ने, उसैलाई हेर्ने, उसैसँग हाँस्ने गरेर दिन बित्न थाले। मेरो सपना र करिअर सबै छोरा अनुभवमै सीमित भयो। हामी दुवैलाई ऊ कलाकार बनोस् भन्ने थियो तर उसलाई फोर्स भने नगर्ने भन्ने सल्लाह थियो।

सत्य-स्वरुपले बनाएको भक्तराज आचार्यको बायोपिकमा बाल कलाकारको रुपमा अनुभवलाई लगेका थियौं। जति सिकाउँदा पनि उसले अभिनय गर्न मान्दै मानेन। यसको रुचि यसमा रहेनछ भन्ने लाग्यो। ऊ कलाकार बन्दैन होला भन्ने भएको थियो।

ऊ तीन वर्षको पुग्दा सलमान खानको फिल्म ‘दबंग’ आएको थियो। त्यो हेरेपछि छोरा त्यसै गर्न थाल्ने भयो, सलमानका डाइलग बोल्ने, गीतमा डान्स गर्ने। तिमी पनि त्यस्तै अभिनय गर्ने भनेर सोध्दा गर्ने भन्न थाल्यो। ‘भिजा गर्ल’ भन्ने फिल्ममा बाल कलाकार चाहिएको रहेछ। तँ काम गर्छस् त यसमा भनेर सोधेको गर्छु भन्यो। अनि ट्राई गराउँदा जस्तो सिकायो त्यस्तै गर्यो। अनुभवको डेब्यु फिल्म भिजा गर्ल भयो तर उसलाई चर्चामा ल्याउने फिल्म भने ‘नाई नभन्नु ल २’ नै भयो।

अनुभवले अभिनय गर्छ भन्ने थाहा पाएर विकासराज आचार्य खोज्दै घरमै आउनुभएको थियो। उहाँले केही संवाद छाडेर जानुभयो। मैले यसरी गर, उसरी गर भनेर सिकाएँ। जस्तो सिकाएँ उस्तै गर्‍यो। नाई नभन्नु ल २ को समयमा ऊ बल्ल चार वर्ष पुग्दै थियो। अनुभव पाँच वर्षको पुगेपछि मलाई सबैले अर्को बच्चा जन्माउन सल्लाह दिएका थिए। तर मैले अर्को बच्चा जन्माउनतिर लाग्ने बित्तिकै अनुभवको करिअर सक्न्थ्यिो। ऊ त त्यतिबेला निकै चर्चित भइसकेको थियो।

सुटिङमा लिएर जानुपर्थ्यो, घरमा संवादहरुमा रिहर्सल गराउनुपर्थ्यो। मैले मेरो करिअर अनुभवमा देखें। छोराको नामले म परिचित भइसकेकी थिएँ त्यो समयमा। सबै अभिभावकलाई आफ्ना छोराछोरीबाट परिचित हुन मनपर्छ। मलाई पनि अनुभव रेग्मीको आमाभन्दा गर्व लाग्ने भइसकेको थियो। त्यसैले अनुभवको करिअरका लागि मैले अर्को बच्चा जन्माइनँ।

अहिले अनुभव १५ वर्षको भयो। सानो क्युट बच्चा अहिले लक्का जवान हुन लागेको छ। किशोरावस्थामा प्रवेश गरेसँगै उसको ध्यान अझै धेरै दिनुपर्छ जस्तो लाग्छ। उसको बाबा पनि यही फिल्डको हुनुहुन्छ। मलाई सबैले अनुभवको ममी भनेर चिन्छन् तर अरुण रेग्मी अनुभवको बाबा हो भनेर कमैले चिन्छन्।

एक पटक पार्कमा घुम्न गएका थियौं। सबैले अनुभवको ममी भन्दै मसँग फोटो खिच्न आए। नजिकै उसको बाबा हेरिरहनुभएको थियो। ती मानिसहरुले उहाँ चाहिँ को हो नि भनेर सोधें। मेरो श्रीमानले म अनुभवको ममीको ब्यायफ्रेड भन्नुभयो। सबै मानिस ट्वाँ परेर हेरिरहेका थिए। हामी आमा-छोराको दोस्ती देखेर उहाँ बेलाबेला ‘जेलर्स’ पनि हुनुहुन्छ। उहाँको मायालु जलन देखेर हामी आमा-छोरा हाँस्छौं, रमाउँछौं।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.