• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रिन्सिपल सुनिताको १६ दिनको बच्चालाई श्रीमानले थप्पड हानेपछि…


२२ वर्ष शिक्षण पेसाको अनुभव सँगालेकी सुनिता पौडेल थापा विगत १२ वर्षदेखि प्रज्ञा कुञ्ज स्कुलमा डाइरेक्टर/प्रिन्सिपलका रुपमा कार्यरत छिन्। २०६१ सालमा एउटै पेसामा आवद्ध कान्जिरोवा स्कुलका प्रिन्सिपल रञ्जित थापासँग प्रेम विवाह गरेकी सुनिताका एक छोरा र एक छोरी छन्।

व्यस्त जीवनशैलीका बीच गर्भवती हुँदाको मानसिक र शारीरिक पीडा त छँदैछ, दुवै बच्चा समय नपुग्दै जन्मिँदाका पीडा असंख्य छन् उनीसँग। गर्भावस्थाका समस्या, बच्चा जन्मिने बेला भोगेका दुःख र आमा बनेपछिका खुसी सुनिताले उकेरामार्फत यसरी व्यक्त गरिन्ः

रञ्जित थापासँग मेरो भेट युनाइटेड स्कुलमा काम गर्ने क्रममा भएको हो। एउटै उमेर र शिक्षाप्रतिको एउटै खाले रुचिका कारण हामी नजिकियौं। उहाँको बुबा सानो उमेरमै बितेको हुँदा घर-परिवारमा उहाँको जिम्मेवारी बढी थियो। त्यस्तै मेरो बुबा पनि म ब्याचलर पढ्दापढ्दै बित्नुभयो।। घरकी जेठी छोरी भएकोले बहिनी र भाइको जिम्मेवारी पनि मेरै काँधमा थियो। त्यसैले त्यो जिम्मेवारी पूरा गर्दै करिअर र पढाइलाई अगाडि बढाउँदै लगें।

बहिनी र भाइको विवाह पनि मैले नै गरिदिएँ। उनीहरु विवाहपछि अमेरिका गए। ममी पनि अमेरिका जाने भएपछि मात्रै मैले विसं २०६१ सालमा विवाह गरेको हुँ। त्यतिबेला मयुनाइटेड स्कुलको संयोजकको भूमिकामा थिएँ भने रञ्जित सर जेम्स स्कुलमा अतिरिक्त क्रियाकलापको संयोजकका रुपमा काम गर्दै हुनुहुन्थ्यो।

हामीले विहेअघि नै बालकोटमा जग्गा किनिराखेका थियौं। विहेपछि त्यहाँ घर बनायौं। विहेको पहिलो वर्ष घर बनाउनमै व्यस्त भइयो। त्यो अवधिमा बच्चाको लागि घर-परिवारवाट प्रेसर चाहिं थियो। घर बनाएपछि हामीले बच्चाको प्लान गर्यौं। प्रेगनेन्सीको पिरियडमा मैले रमाइलो अनुभूति गर्दै थिएँ। वाकवाकी र रिंगटा लाग्ने जस्ता सामान्य समस्या थियो तर पहिलो सर्कलमा खासै समस्या आएन।

बिहान ७ बजेदेखि राति ७ बजेसम्म एकदमै व्यस्त हुन्थें। पेट ठूलो भएपछि लाज लाग्न थाल्यो। कक्षा कोठामा नानी-बाबुहरुले पेट छाम्थे, रमाउँथे। म पनि उनीहरु रमाएको देख्दा खुसी हुन्थें।

तेस्रो सर्कल सुरु हुन थालेपछि विस्तारै कम्लिेकसनहरु आउन थाले। डाक्टरले बच्चाको बजन बढेन भन्न थालेपछि टेन्सन भयो। धेरै अल्छी लाग्ने भयो। बाइक चढ्न पनि छोडें। फरक इमोसनलको अनुभव गरें। छिनछिनमा मुड बदलिरहने समस्या पनि भयो। स्कुलमा उठेर पढाइराख्दा गोडा सुन्निन थाल्यो। ट्राभलमै भोमिट हुन थाल्यो।

०००

मेरो परिवारमा सबैको नर्मल डेलिभरी भएकोले म ढुक्क थिएँ। बहिनीले प्रेगनेन्सी सम्बन्धी पुस्तकहरु पठाइदिएकी थिई। नर्मल डेलिभरी हुँदाका सबै कुरालाई बुझेर तयारीमा थिएँ। २०६३ सालको ऋषि पञ्चमीको बेला माइत गएको थिएँ। त्यसको दुई दिनपछि घर फर्कने दिन रातभरि गाह्रो भयो। एकछिन दुख्छ, फेरि कम हुन्छ।

भोलिपल्ट बिहानै ममीलाई समस्या बताएँ। रञ्जित सर लिन आउनु भएपछि हामी डाक्टरकहाँ गयौं। भर्खरै ३४ हप्ताको सुरुवाती दिनमा थिएँ। डाक्टरले पानी कम हुँदै गएकोले तुरुन्तै भर्ना भइहाल्न सुझाव दिए।

तर, मेरो पेसामा धेरै जिम्मेवारी थियो। समय आइनसकेकोले काम ह्याण्डओभर पनि गरेको थिइनँ। हस्पिटलबाट सिधै स्कुल गएर मैले गरिआएको सबै काम सुपरभाइजरलाई जिम्मा दिएर माइत गएँ र सबै सामान प्याक गरी आमासहित हस्पिटल गयौं। मनमा डर थियो, पेटमा बच्चालाई केही भयो कि? डाक्टरहरु चेक गर्दै खासखुस गर्छन् र धड्कन छैन भन्छन्।

कस्तो फरक अनुभव, दुखेको पनि छ, गाह्रो पनि छ। फिजिक्कली र मेन्टल्ली गाह्रो भइरहेको छ। त्यही बेला बच्चाले पेटमा दिसा गरेको छ, अब एक एक मिनेटको पनि उत्तिकै महत्व छ भन्न थाले। म एकदमै आत्तिएँ। श्रीमानलाई फोन गरेर बोलाएँ। लिफ्ट चढ्न १/२ मिनेट कुर्नुपर्दा पनि समय खेर गयो भन्ने लाग्ने।

०००
अप्रेसन गर्नुअघि ढाडमा दुई डोज सुई दिँदा पनि शरीरले लिएन। बल्ल अप्रेसन गरेर बच्चा निकालियो। २ केजी पनि नभएको सानो छोरा देखाए। तर बच्चा सानो भएकोले मलाई भने दिइएन। नर्सरीमा राख्न लगियो। भोलिपल्ट मलाई वार्डमा लगियो तर बच्चा दिइएन। बच्चाको जिउले ग्लुकोज नै उत्पादन नगर्ने र लल्याकलुलुक देखिन्थ्यो। यसलाई चिकित्सकीय भाषामा हाइपोग्लाइसेमियम भनिँदो रहेछ। त्यही कारण बच्चालाई भेन्टिलेटरमा राखियो। मैले जन्मिएको तेस्रो दिन मात्रै बच्चालाई छुन पाएँ।

व्हिल चियरमा राखेर बच्चालाई दूध खुवाउन लगिएको थियो। दूध नआएर निकै कष्ट भयो। त्यो देखेर मलाई अब दोस्रो बच्चा चाहिँदैन भनें। पहिलो पटक मलाई बच्चा दिंदा जम्मा १८ सय ग्रामको थियो। बच्चा लिंदा बयान नै गर्न नसकिने खुसी भएँ। ५औं दिनमा बच्चा फेरि लल्याकलुलुक भयो। आँखा पनि हेरेन। पाटन हस्पिटलको पेडिकेयर डिपार्टका प्रमुख डा. गणेश शाहलाई देखाउँदा फेरि नर्सरीमा राख्न लगाए।

मेरो मनमा नकरात्मक सोच मात्र आउने। दुई/दुई घन्टामा दूध खुवाउन जाँदा म रोएर फर्कंन्थें। बच्चाको जिउमा सियोले घोचेका डोब हुन्थे। साथीभाइ, आफन्त बच्चा तथा सुत्केरीलाई हेर्न आउँदा पनि साह्रै दिक्क लाग्थ्यो। किन हेर्न आएको होला, एक्लै छोडिदिए हुन्थ्यो नि जस्तो लाग्थ्यो।

०००
घरमा म, श्रीमान् र सासु मात्रै थियौं। एकदमै एक्टिभ लाइफ थियो। घरको काम, बजार, स्कुल सबै काम भ्याएकै हुन्थें। फुर्सदमा राम्रा पुस्तक पढ्ने, संगीत सुन्ने गर्थें। नर्मल नै थियो, दिनचर्या। जुन दिन गाह्रो भयो, त्यही दिनदेखि कम्लिकेसन देखियो। घरमा आएपछि न्वारन गरियो। बच्चा १६ दिनको हुँदा हल्लिँदा पनि नहल्लिने, दूध पनि नखाने भयो। श्वास फेरेको पनि देखिएन। हामी आत्तियौं। रञ्जित सरले त्यति सानो बच्चालाई एक थप्पड हान्नुभयो। झनक्क रिस उठ्यो, आमाको मन न हो। तर त्यो थप्पडले बच्चा चल्यो। त्यसपछि बच्चालाई कहिल्यै त्यस्तो भएन।

बाबुको इम्युनिटी राम्रो थिएन। फोक्सोको विकास हुने बेला ३४ हप्तामै जन्मेकोले निकै समस्या भयो। मैले मातृतत्वको अनुपम अनुभव त गरें तर बच्चालाई धेरै समस्या देखिएकोले खासै खुसी हुन सकिनँ। बच्चा पाएपछि आफ्नो काम र दिमागमा धेरै कमी महसुस गरें। पहिला छिटो निर्णय गर्ने सक्थें, काम गर्ने शैली नै रोकिए जस्तो भयो। एक वर्ष त पोस्ट प्रेगनेन्सी डिप्रेसनमै गएँ। बाबु जन्मेपछि स्कुलमा संयोजकको रुपमा काम गर्न सक्दिनँ भनेर पद नै त्यागें। शरीरिक बल, सोच्ने शक्ति र काम गर्ने शैलीमा पूरै कमी महसुस भयो।

मेरो धेरै कुरा छुट्यो जस्तो भइरहन्थ्यो। आफूले आफैलाई म ‘ब्याक टु नर्मल’ हुन सक्दिनँ जस्तो लाग्थ्यो। त्यो समय मलाई श्रीमान् र सासुले सम्हाल्नु भयो। विस्तारै इफिसेन्सी बढाउँदै जानुपर्छ, बच्चाको लागि राम्रो भएर देखाउनुपर्छ भनेर आफैंले काउन्सिलिङ गर्दै आत्मबल बढाउँदै लगें।

०००
छोरीको चाहना पहिलेदेखि नै थियो। परिवारमा सबैको पहिलो छोरी नै होस् भन्ने चाहना थियो। तर दोस्रो बच्चाको रहर गरेको चाहिँ थिएन। छोरा सात/आठ वर्षको हुँदा मेरो छिमेकका ६ जना महिला गर्भवती थिए। मलाई पनि उनीहरुलाई देखेर छोरी पाउन पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो। स्कुलमा आफ्नो लगानीसहित डाइरेक्टर/प्रिन्सिपलको रुपमा काम गरिसकेको थिएँ। शारीरिकभन्दा दिमागी काम बढी हुने र आफ्नो लागि समय पनि निकाल्न सकिने हुँदा दोस्रो बच्चाको लागि प्लान गरें।

यस पटक प्रेगनेन्ट भएपछि नै बाइक चलाइनँ। हार्मोन चेन्जिङमा गाह्रो हुने बाहेक खासै समस्या थिएन। ३४ हप्ता पुग्दै थियो, अलिकति ब्लिडिङ देखियो। २ दिनअघि मात्रै नियमित जाँच गराएर आएको थिएँ तर ब्लिडिङ देखिएपछि मन आत्तियो। हस्पिटल जाँदा चौबीस घन्टा निगरानीमा राखियो र सकभर ३६ हप्तासम्म बच्चालाई पेटमा राख्ने प्रयास गरौं भन्नुभयो। अरु रिपोर्टहरु नर्मल नै आयो।

राति १ बजेतिर अलि गाह्रो भयो। ट्वाइलेट जाँदा पानी बग्यो। डाक्टर स्टेसनमा गएर भन्दा तुरुन्तै अप्रेसन गर्न भनियो। राति श्रीमानलाई फोन गरें। पानी एकदमै बगिरहेको थियो।

बालकोटबाट पाटन आउन निकै समय लाग्थ्यो। आफैंले कागजमा दस्तखत गरेर अप्रेसन गर्न गएँ। राति २ बजे छोरी जन्मिइन्। पाटनको एनआइसीमा भेन्टिलेटर नभएर बच्चालाई अक्सिजन दिन लाजिम्पाटको इन्टरनेसनल चिल्ड्रेन फ्रेन्डसिप हस्पिटल लगियो। बच्चालाई लिएर श्रीमान् त्यहाँ जानुभयो। मैले बच्चा देख्न पाइनँ। यति न्यास्रो भयो कि के भन्ने? म पाटन, भर्खर जन्मेकी छोरी लाजिम्पाटको भेन्टिलेटरमा।

३ दिनपछि बल्ल बच्चा पाटनमा ल्याए। म प्राइभेट रुममा, छोरी इन्टेनसिभ वार्डमा। बच्चाले खान नसकेर नाकबाट पाइप राखेर खुवाउँथे। पछि फेरि जन्डिस देखियो। उसलाई शिशाको बक्सभित्र राखेर उपचार गर्दै थिए। म तल-माथि गर्न नसकेर बच्चासँगै त्यही वार्डमा बस्न गएँ। बच्चाको अवस्था हेरेर म एक्लै धेरै रुन्थें। नाकबाट खान दिएको छ, हात धेरै चलायो भनेर टेप लगाइदिएको छ, सियोले नघोपेको ठाउँ नै थिएन।

०००
दुवै छोरा–छोरी जन्मने बेलामा एउटैखाले समस्या देखियो। ३४ हप्तामा जन्मेका मेरा छोरा-छोरी ११/११ दिनसम्म हस्पिटलमा रहे। छिट्टै पाएका नानीहरु भएर उनीहरुको इम्युनिटी पावर कमजोर थियो। तैपनि बच्चा मुसुक्क हाँसिदिंदा संसार नै जिते जस्तो लाग्थ्यो।

छोरीको पालामा १ महिनापछि मलाई अप्रेसन गरेको घाउमा पिप निस्केर इन्फेक्सन भयो। ३ हप्तासम्म हरेक दिन डाक्टरकहाँ गएर सफा गर्थें। त्यसपछि त्यो घाउ सिलाउनुपर्थ्यो। त्यसैले छोरीलाई आफ्नो दूध खुवाउन पाइनँ। बच्चा ठूलो हुँदै गएपछि उनीहरुको स्वास्थ्य समस्या पनि हट्दै गयो। म बच्चाको आगमनले जति खुसी छु, श्रीमान् र परिवारको सहयोगप्रति त्योभन्दा धेरै खुसी छु।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.