२५ साउन, धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मंगलबार राति धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र चालक घाइते भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाकाअनुसार मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोष मल्ल घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । मृतक मडैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
फाईल तस्बीर
यो पनी हेर्नुस
काठमाडौँ — मंगलबार साँझको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले आसपासका क्षेत्रमा डुबान र कटान गरेको छ । वरपरका बस्ती डुबानमा परेका छन् भने केही घर टहराहरूमा क्षति पुर्याइएको छ । तर‚ मानवीय क्षति भने भएको छैन ।
महानगरीय प्रहरी कार्यालय भक्तपुरका अनुसार वर्षापछिको बाढीले नदीकिनारमा रहेको सुकुम्बासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० घर टहरा डुबाएको छ ।
त्यस्तै, दुवाकोट बेंसीका २० वटा घर-टहरा डुबाएको छ भने आसपासका कृषि फर्महरूमा क्षति पुर्याएको छ । मनोहरा खोला निलोपुल नजिक बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको छ भने दिव्यश्वरी प्लानिङ क्षेत्रमा समेत डुबान भएको छ ।




