• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

युरोपमा पानी अभाव : थुप्रै सहरमा पानी प्रयोगमा प्रतिबन्ध लगाइयो


पेरिस — मध्य जुनदेखि परेको चर्को खडेरीका कारण फ्रान्सका करिब एक सय वटा साना सहर र गाउँ पिउने पानीबिहीन बनेका छन् । अगस्ट ३ देखि युरोपका केही देशमा चौथो लहरको खडेरी परेपछि धेरै सहर र गाउँमा पानीको स्वतन्त्र प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ ।

युरोपका फ्रान्स, ग्रीस, इटाली, स्पेन, स्विजरल्याण्ड, जर्मनी, रोमानिया लगायत करिब एक दर्जन देशमा पानीको निस्फिक्री प्रयोगमा प्रतिबन्ध लगाइएको हो । फ्रान्सका १०० भन्दा बढी सहरहरूमा पिउने पानी नभएपछि ट्रकबाट ओसारेर खुवाउनु परेको फ्रान्सका पर्यावरणीय मन्त्री क्रिस्टोफ बेचुले देशको दक्षिणपूर्वी क्षेत्र भ्रमणका क्रममा बताएका छन् ।

फ्रान्सका ६६ विभागहरू पहिले नै पानीको संकटमा थिए । तीमध्ये दुइ तिहाइभन्दा बढीलाई खडेरीको उच्च चेतावनीको पनि शीर्ष स्थानमा रखिएको छ । त्यसबाट बढेर शनिबार ९३ डिपार्टमेन्टहरूलाई उच्चतम खडेरीको संकट सूचीमा राखिएको छ ।

खडेरीले सबैभन्दा बढी स्पेन र इटालीलाई क्षति गरिरहेको छ । र पछिल्लो समय फ्रान्स पनि प्रभावित बनेको हो । खडेरीले गर्दा बार्सिलोनाको ठीक दक्षिणमा रहेको बोनास्ट्रे गाउँमा बसोबास गर्ने करिब ८०० मानिसहरूका धारा सुक्न थालेका छन् । इटाली, स्पेन, स्विजरल्याण्ड र फ्रान्सका जलाशयमा पानीको स्तर औसतभन्दा पनि कम भएपछि पानी प्रयोगमा गम्भीर प्रतिबन्धहरू लगाइएको छ ।

स्थानीय बासिन्दाहरूलाई प्रत्येक दिन ७:०० देखि १०:०० र साँझ ८ बजेदेखि ११ बजेसम्म मात्र पानीको पहुँच दिइएको छ । नेचर जियोसाइन्स जर्नलमा प्रकाशित पछिल्लो लेख अनुसार स्पेनले कम्तीमा १२ सय वर्षदेखि सबैभन्दा अहिले नै सुख्खा मौसमको सामना गरिरहेको छ ।

स्पेनको बोनास्ट्रे निवासी मारियो फेरारियोको भनाइलाई उल्लेख गर्दै फ्रान्सको एक टिभीले भनेको छ ‘म बिहानै छोरीहरू स्कुल पुर्‍याउन जाँदा पनि पानी हुन्न । साँझ फर्केर आउँदा ती भाग्यमानी भए पानी पाउँछन् नुहाउन । नत्र अर्को दिन कुर्नुपर्छ । पानी जम्मा चार घण्टा दिने तालिका छ र त्यही समयमा पनि कहिलेकाहीँ पानी आउँदैन ।’

फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्नले हाल भोगिरहेको असाधारण खडेरीले धेरै नगरपालिकाहरूलाई पानीबाट वञ्चित गरिरहेको र यो फ्रान्सका किसानहरू, यहाँको पारिस्थितिक प्रणाली र जैविक विविधताका लागि त्रासदी भनेकी छन् ।

बोर्नले खडेरीलाई सम्बोधन गर्न अन्तरमन्त्रालय स्तरको संकट समाधान कक्ष सक्रिय गराइन् जसले पानीको संकट कसरी टार्ने भन्ने काम गर्ने छ । उनले फ्रान्सेली नागरिकहरूलाई पानी प्रयोगमा अति सतर्क रहन पनि आग्रह गरेकी छन् ।

पानीको संकट निर्धारण गरिएका क्षेत्रका गोल्फ कोर्सहरूमा पानी हाल्ने, पोखरीहरू भर्ने, बगैंचामा पानी हाल्ने र कारहरू धुनेमा प्रतिबन्ध लगाइएको छ । पेरिस लगायत स्पेन, इटाली, जर्मनी, ग्रीस, रोमानियाका केही क्षेत्रहरूमा झरनाहरू बन्द गरिएको छ । राजधानी पेरिसलाई खडेरीका लागि सतर्कता प्रणालीको पहिलो सूचीमा राखिएको छ । अब यहाँका पार्कहरूमा दिनमा पानी खर्च गर्न पाइन्न ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) को हालैको छैटौं मूल्याङ्कन प्रतिवेदनमा, वैज्ञानिकहरूले मानव क्रियाकलापका कारण उत्पन्न जलवायु परिवर्तनले धेरै क्षेत्रहरूमा अझै सुख्खा हुने चेतावनी दिएका छन् ।

जलवायु परिवर्तनले बाढी जस्ता अन्य चरम मौसमी घटनाहरूको सम्भावनालाई असर गर्ने बह्नाइसमेत तिनको छ । युरोपेली आयोगको गत हप्ता प्रकाशित प्रतिवेदनले ईयूको झण्डै आधा भाग खडेरीको चेतावनी स्तरमा परेको बताएको छ । यसले धेरै देसहरूमा कृषि उत्पादन र बाली उत्पादनलाई खतरामा पार्ने सम्भावना छ। समग्रमा खडेरीका कारण यो वर्ष समग्र बालीनाली उत्पादनमा ३० प्रतिशत गिरावट आउने बह्नाइ ईयूको छ ।

ईयूले खडेरीका कारण पानीको संकट बढ्दै गएपछि प्रयोग गरिसकेको पानीलाई प्रशोधन र जम्मा गरेर पुन: प्रयोग गर्न आफ्ना सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ ।

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.