• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

पोखरीमा डुबेर दुई जनाको मृत्यु !


राजविराज — सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका कट्टिस्थित मुसहरीमा रहेको सार्वजनिक पोखरीमा कमलको फूल टिप्ने क्रममा ३५ वर्षीय शिव शंकर सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोमबार दिउँसो पोखरीमा फूल टिप्न गएका सदाको मंगलबार दिउँसो प्रहरीले शव फेला पारेको हो ।

यस्तै छिन्नमस्ता गाउँपालिका–४ लालापटीस्थित पोखरीमा २ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । आफन्तकहाँ पाहुना आएका झापा घैलाडुवाका संजय पण्डितको २ वर्षीय छोरा दिप पोखरीमा खेल्ने क्रममा घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
फाईल तस्बीर

यो पनी हेर्नुस
ट्रक भित्र यस्तो अवस्थामा भेटियो पुरुषको शव !
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित सडकमा रोकेर राखिएको कन्टेनरभित्र मंगलबार बिहान एक जना पुरुषको शव फेला परेको छ। ना ३ ख ४७४३ नम्बरको कन्टेनरभित्र अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। भित्रबाट ढोक लक गरेको अवस्थामा कन्टेनरको अगाडिको सिटमा शव रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

स्थानीयका अनुसार सडकमा पूर्वबाट पश्चिमतर्फ फर्काएर चार दिनअघि कन्टेनर राखिएको थियो। डीएसपी श्रेष्ठले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोली पुगेर अनुसन्धान सुरु गरेको बताए। उनका अनुसार मृतक कन्टेनरका चालक वा सहचालकमध्ये एक भएको हुनसक्ने अनुमान गरिएको छ। ‘कन्टेनरभित्र एक जनाको शव देखिएको छ। ढोका लक गरिएको अवस्थामा शव रहेकाले मृतकको पहिचान भइसकेको छैन,’ उनले भने, ‘प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। कहाँबाट ल्याएर कन्टेनरलाई सडकमा रोकिएको हो भन्ने पनि खुलेको छैन।’

यसैबीच मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा मंगलबार बिहान एक जना युवा मृत फेला परेका छन्। खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका अन्दाजी २७–२८ वर्षीय विशाल राई ओछ्यानमै मृत फेला परेका हुन्। राईको ठेगाना खुलेको छैन।

मुखबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमा शव भेटिएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार मृतक सानैमा बेलबारी–३ का तारा कटुवालको घरमा आएर बसेको खुलेको छ। ७/८ वर्षअघि कटुवालको घरबाट निस्किएर हिँडेपछि उनले ट्याक्टरमा काम गर्न थालेको प्रहरीले जनाएको छ।

अहिले भने बरफ फ्याक्ट्रीमा काम गर्दै आएका थिए। फ्याक्ट्रीका अन्य मजदुरले दिएको जानकारी अनुसार राईलाई तीन दिनदेखि ज्वरो आइरहेको थियो। बिहानीपख छात्ती दुख्यो भनेर छटपटाएका उनको केही बेरमै मृत्यु भएको मजदुरले प्रहरीलाई बताएका छन्।

राईविरुद्ध २०७६ सालमा जबरजस्ती करणी उद्योगको मुद्दासमेत चलेको थियो। एक वर्षअघि कारागारबाट छुटेपछि बरफ फ्याक्ट्रीमा मजदुरको रूपमा काम गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार ५/६ वर्षको उमेरमा बेलबारी आएर बसेका उनको घरको ठेगाना भने खुलेको छैन। राईले ठेगाना बेलबारी–३ भनेर लेखाउने गरेका थिए। शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.