चौतारा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको छ भने ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् ।
बाढीका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले पहिरो जाँदा पिाघाट मेलम्ची सडकखण्ड अवरुद्ध भएको हो । यस्तै पहिराले ठूलोसिरुवारी जंगलछापका दुई घरमा क्षति पुगेको छ ।
यस्तै पहिरोले बन्देउ चौतारा सडक समेत अवरुद्ध भएको छ । चौतारा साँगाचोमगढी वडा नम्बर १० हर्रेमा पहिरो जाँदा हर्रेको काँढे, हर्रे डाँडा र विमरेनी बस्ती उच्च जोखिममा छ ।
चौतारा साँगाचोकगढीकै वडा नम्बर ९ र १० को सीमा सुकुटे बजार नजिकै धुमाउने भन्ने ठाउँमा अँधेरी खोला बस्तीमा पस्दा ६ घरमा क्षति पुगेको छ । बाढी र पहिरोले धानबारीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।




