ललितपुर। महालक्ष्मी नगरपालिका–९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटी रहेका छन्। दुर्घटनामा गम्भीर घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
फाईल तस्बीर
यो पनी हेर्नुस रोहितले बिहे गरेको अर्को वर्ष अर्थात् २०४१ साल भदौ ९ गते जेठा छोराका रूपमा सुवेगको जन्म भयो; साथै २०४५ पुस ३ गते कान्छा छोरा सुवानको जन्म भयो । कान्छा छोराको जन्मताका चाहिँ रोहित नक्खु जेलमा जीवन बिताइरहेका थिए । रोहितका दुवै छोरा घर व्यवहार, पढाइ, जनसम्पर्क अनि समाजसेवामा पनि आफ्नो गच्छे अनुसार खट्ने गर्छन् । यी दुवै शिक्षा आर्जन गरी पेसागत काममा नै समर्पित भए ।
यी दुवै छोरा वैवाहिक जीवनमा पनि बाँधिएँ । जेठा छोरा सुवेगचाहिँ साहित्यिक रूपमा पनि अग्रसर भइरहे । उनी लेखन र पठनपाठनमा पनि त्यतिकै सक्रिय छन् । उनले जापानबाट ‘उपत्यकामा भूकम्पीय प्रभाव’ विषयमा पिएचडी गरे । त्यसपछि उनी भक्तपुरको खोप इन्जिनियरिङ कलेजमा प्राध्यापनमा लागे । कान्छा छोरा सुवानले पनि अर्थशास्त्रमा एमए पास गरेका छन् ।
रोहितकी पत्नी शोभाले जीवनमा थुप्रै हन्डर खादै आइन् । खास गरेर वैवाहिक जीवनमा उनिएपछि उनको जीवन काँडाघारीको यात्राझै बित्न लाग्यो । शोभाको जीवनमा सबैभन्दा ठूलो पीडा कुनै समय यस्तो पनि आयो जुन समयमा उनी बाटोमा हिँड्दा अरूहरूले ‘ज्यानमाराकी स्वास्नी’ भनेको पनि सुन्नु पर्थ्यो । यो उनका लागि अत्यन्त दुखद आरोप थियो । उनी स्कुलकी शिक्षिका भए तापनि श्रीमान्का कारणले उनीमाथि लाञ्छना लगाइएको थियो ।
भक्तपुरमा कर्ण ह्योजूको हत्यापछि रोहितले त्यसै अभियोगमा जेल जानु नै उनी र उनको समग्र परिवारका लागि ज्यादै दुःखद सन्दर्भ बन्न पुगेको थियो । त्यस प्रसङ्गमा शोभा विजुक्छेँले सधैं भनिरहिन्— ‘म बाटो हिँडिरहेकी हुन्थेँ, तीनचार जनाको समूहबाट एउटा आवाज निस्कन्थ्यो— ‘ऊ त्यो हत्याराकी स्वास्नी हो ।’ वास्तवमा ती शब्दले म मर्दै बाच्ने गर्थें । मेरो जीवनका अतिशय पीडादायी लाञ्छनाका ती संवाद म कहिल्यै बिर्सन्न ।’
विवाह गरेको केही वर्षमा जेल परेका कारण रोहितले आफ्नो जीवनका दुक्खसुख्ख आफ्नी पत्नीलाई केही भन्नै पाएका थिएनन् । त्यसैले जेलमा पुगेपछि उनले चिठीद्वारा पत्नीलाई आफ्नो जीवनका यथार्थ घटनाहरू लेख्ने गर्थे ।
रोहितकी पत्नी शोभा विजुक्छेँ पनि पार्टीमा सक्रिय रूपमै लागेकी थिइन् । उनी घर र स्कुलको काम सकेपछि उब्रिएको समय राजनीतिलाई दिने गर्थिन् । उनी ‘नेपाल क्रान्तिकारी महिला सङ्घ’मा आबद्ध भएर नारी जागरणमा लम्किरहेकी थिइन् । नेपाल मजदुर किसान पार्टीका विविध सभासम्मेलनहरुमा उनी सक्रियतापूर्वक भाग लिन्थिन् । तर उनी सल्लाहकार, सहयोगी र मद्धतकारीका रुपमा मात्र उभिन्थिन् । नेपालका अरुहरु पार्टीमा लोग्नेस्वास्नी छोराछोरी चेप्ने सिद्धान्तका यी दम्पतीले कहिले सिको गरेनन् । यस मामलाका यी दुवै विरोधी थिए ।
त्यसैले शोभा सधैँ भूमिगत बसेर नै पार्टीमा सेवारत भइन् । राजनीतिमा प्रखर भएर पनि उनले बाँचुञ्जेल कर्म गरेर आफ्नो धर्म मात्र निभाइन् । कहिले पनि पद र प्रतिष्ठा प्राप्तिका लागि उनी अघि सरिनन् । उनी नेपाली नारी जातिमा धेरै माथिकी गौरवी नारी थिइन् । उनले झन्नै चार दशक स्कुलमा पढाइन् तर उनी स्कुलमा पुगेपछि पूर्ण शिक्षिकाकै स्वरुपमा बाँधिन्थिन् । भनौँ उनले शिक्षक र विद्यार्थी माझ कहिले पनि राजनीतिको रङ पोखिनन् । वास्तवमा उनी एउटी असल गुरुआमा थिइन् । त्यसैले उनले अवकाश लिँदा स्कुलका प्राय: सारा शिक्षक र विद्यार्थीले रुवावासी गरेका थिए ।
आफ्नो जीवनयात्रामा क्रियाशील भइरहेकै बेला शोभा क्रमश: थला पर्न थालिन् । खास गरेर २०५६ सालमा उनलाई स्तन क्यान्सर भएको ठहर भयो । उनको त्यो क्यान्सरको शल्यक्रिया पनि भयो । त्यसपछि उनी नआत्तिइकन आफ्नै कर्तव्यमा सक्रियतापूर्वक जुटिरहिन् । त्यसको २३ वर्षपछि उनको पाठेघरमा पनि क्यान्सर भएको थाहा भयो । त्यसको पनि शल्यक्रिया भयो । यति हुँदाहुँदै पनि उनी आफ्ना क्रान्तिकारी कदममा रमिरहिन् ।
धेरै कष्ट हुन थालेपछि शोभालाई नेपाल क्यान्सर अस्पताल ललितपुरमा पुर्याइएको थियो । त्यहाँ उनको उचित उपचार भइरहेकै थियो । २०७९ साल असार ८ गतेको कुरा हो— विजुक्छेँ दम्पतीले अस्पतालकै शैय्यामा निक्कैबेर बात मारेका थिए । सधैँकी हँसिली, उज्याली र चमकदार अनुहारकी धनी शोभाको मुहार त्यस दिन झन् धपक्कै बलेको थियो । लोग्नेस्वास्नी माझ कुरा भएको एकै घन्टाभित्र रोहित समक्ष दैवको चट्याङ बजारिएको थियो । भनौँ त्यस घडी नारायणमान विजुक्छेँ ‘रोहित’की आँसु र हाँसोकी साथी शोभा विजुक्छेँले संसारबाट विदा लिएकी थिइन् ।




