• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रेमीले धोका दिएको भन्दै इटहरीकी श्रदा घिमिरेले गरिन आत्महत्या, आत्महत्या गर्नु आगाडी यस्तो लेखिछन्


प्रेमीले धोका दिएको भन्दै एक छात्राले आत्महत्या गरेकी छन् ! कक्षा १२ मा म्यानेजमेन्ट पढ्दै गरेकी घिमिरेले आफ्नो प्रेमीले चिट गरेको हुनाले आत्माहत्या गरेको बुझिएको छ ।

उनले आत्महत्या गर्नु आगाडी कुनै केटिको लाइफ सँग खेल्नु हुन्न नि केटाहरु भन्दै एक भिडियो समेत सेयर गरेकी थिइन् !
यस बारे थप अपडेट केहि बेरमा

Source nepalinewspati

यो पनी हेर्नुस
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म मात्रै कायम रहने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने उल्लेख छ ।

कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ । आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई सोमबार अनौपचारिक जानकारीसमेत दिइसकेको छ । ‘आयोगले आफ्नो आन्तरिक कार्यतालिकाका बारेमा अनौपचारिक जानकारी गराइसकेको छ । हामीले गर्नुपर्ने काम अब ४० दिनभित्र सक्नुपर्ने भयो,’ संसद् सचिवालयका एक उच्च अधिकारीले भने । प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् । यसमा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा अड्किएका विधेयकको संख्या १० वटा छ । यी विधेयक ४० दिनभित्र पारित नभए स्वतः निष्क्रिय हुनेछन् ।

यसअघि व्यवस्थापिका संसद् पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको अघिल्लो दिनसम्म मात्रै चलेको थियो । तत्कालीन सभामुख ओन्सरी घर्तीले आफ्नो नाम बन्दसूचीमा समावेश भएपछि राजीनामा दिएकी थिइन् । उनले राजीनामासँगै संसद्को कार्यकाल अन्त्य भएको थियो । ‘विगतको अभ्यासअनुसार प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिनसम्म मात्रै हुने निश्चित छ,’ संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट चुनिन्छन् । दलहरूले समानुपातिकको बन्दसूची आयोगमा पेस गर्नेबित्तिकै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिन्छ । संविधानको धारा ९१ को उपधारा ६ (क) मा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था छ । ‘अहिले भएका सांसद नै बन्दसूचीमा परेपछि बाँकी सांसद पनि रहने कुरै आउँदैन,’ सचिवालयका एक कर्मचारीले भने ।

निर्वाचन आयोगले आइतबार स्वीकृत कार्यतालिका आन्तरिक भन्दै गोप्य राखेको छ । ‘सरकारले घोषणा गरेको दिनमा व्यवस्थित रूपमा निर्वाचन गर्न कुन काम कसले, कहिले गर्ने भनेर आन्तरिक रूपमा तयारी गर्न कार्यतालिका बनाएका छौं । यो हाम्रो कामको आन्तरिक चेकलिस्ट हो,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘यसलाई सार्वजनिक गर्दैनौं । आवश्यक पर्दा संशोधन पनि हुन्छ ।’

आयोग स्रोतबाट प्राप्त कार्यतालिका संशोधन नभए प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन असोज २३ मा हुनेछ । आयोगले असोज २६ मा अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । बीचमा उम्मेदवारको सूची प्रकाशन, विरोधको उजुरी, जाँचबुझ, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका काम हुनेछन् । आयोगले निर्वाचन प्रचारप्रसारका लागि असोज २७ देखि मंसिर १ सम्म ३६ दिन समय दिने भएको छ । प्रचार सकिएपछि ४८ घण्टाको मौन अवधि सुरु हुनेछ ।

आयोगले साउन १९ सम्म दर्ता भएका ११६ दललाई निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सोमबारसम्म ९ वटा दलले दर्ताका लागि निवेदन दिइसकेको आयोगले जनाएको छ । दल दर्ताको अवधि साउन ३१ सम्म छ । निवेदनमाथि छानबिन भने साउन १ देखि ७ सम्म हुने आयोगले जनाएको छ । दल दर्ता स्वीकृति भदौ ८ मा हुनेछ । आयोगले समानुपातिक निर्वाचनका लागि साउन ३० मा निर्वाचन अधिकृत नियुक्ति गर्ने कार्यतालिका बनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम भदौ १ मै सुरु हुनेछ । समानुपातिक निर्वाचनको मतपत्र मापदण्ड भदौ २० मा स्वीकृत गरी त्यही दिनदेखि छपाइ गरी असोज २५ सम्म सक्ने आयोगको योजना छ । आउँदो निर्वाचनका लागि मतदाताको अन्तिम नामावली भदौ ३१ सम्म प्रकाशन गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । शनिबारसम्मको नामावली स्थानीय तहको वडा कार्यालयमा टाँसिनेछ । नामावलीमा दाबी विरोध भए सच्याइन्छ । त्यसपछि मात्रै मतदाता अन्तिम मतदाता यकिन गरिन्छ । यसपालि १ करोड ७८ लाख मतदाता हुने आयोगको आकलन छ । मतदाता निश्चित भएपछि मतदानस्थल र मतदान केन्द्र निर्धारण पनि भदौ ३१ मै टुंग्याउने आयोगले जनाएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति असोज ११ मा गरेर असोज २१ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । कार्यालय स्थापना भएको दुई दिनपछि उम्मेदवारी दर्ता गर्ने योजना बनाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ असोज २८ देखि कात्तिक २७ सम्ममा गर्ने आयोगको योजना छ । मतपत्र ढुवानी भने कात्तिक १६ सम्म गरिसक्ने आयोगले जनाएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति कात्तिक २१ र २२ मा र मतदान केन्द्रमा खटिने अन्य कर्मचारीको नियुक्ति कात्तिक २२ र २३ मा हुने भएको छ । मतदान मंसिर ४ बिहान ७ देखि बेलुका ५ बजेसम्म गरेर त्यही दिन मतगणना सुरु गर्ने आयोगको कार्ययोजना छ ।

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.