• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

कहिले १६ हप्ता पुग्छ र बच्चाको ढुकढुकी सुन्न पाइन्छ जस्तो भयो


स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपी सर्जन हुन् डा. उना पन्त। धेरै महिलालाई आमा बन्ने सौभाग्य जुराइदिएकी छन् उनाले।
स्टार हस्पिटल र फ्रन्टलाइन हस्पिटलबाट सेवा दिइरहेकी उनको आफ्नै क्लिनिक पनि छ।

उना दुई सन्तानकी आमा पनि हुन्। उनाका श्रीमान् सन्देश पन्थी पनि चिकित्सक हुन्। दुवै व्यस्त हुन्छन्। तर पनि सन्तानलाई समय छुट्याउन भ्याएका छन् उनीहरूले। उनै उनाले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग यसरी साटिन्ः

मेरो बुवाआमाको घर बाग्लुङ हो। बुवा सरकारी जागिरे। कामको सिलसिलामा उहाँ नेपालगञ्ज पुग्दा मेरो जन्म भएको रहेछ। तर पढाइ भने काठमाडौंमै भयो। सन् २००९ मा काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस सकाएँ। त्यसको दुई वर्षपछि मेरो विहे भयो।

मेरा श्रीमान् सन्देश पन्थी पनि चिकित्सक हुनुहुन्छ। अहिले ग्राण्डी अस्पतालमा काम गर्नुहुन्छ। हामी एकै विश्वविद्यालयमा एमबीबीएस पढ्थ्यौं। प्रेम विवाह हो। परिवारको सहमति पनि थियो।

विहेपछि म थप पढाइका लागि चितवनको पुरानो मेडिकल कलेज गएँ। त्यहाँबाट स्त्री तथा प्रसूति रोगको विषयमा एमडी गरें। त्यसपछि ६ महिना नर्भिक अस्पतालमा काम गरें।

जब म गर्भवती भएँ, कहिले १६ हप्ता पुग्छ र बच्चाको ढुकढुकी सुन्न पाइन्छ जस्तो भयो। भिडियो एक्सरेबाट बच्चाको पोजिसन हेर्न एकदमै हतार हुने रहेछ। आमा बन्दाको ज्ञान त थियो, तर अनुभूति थिएन। सबैको उस्तै हुने रहेछ।

श्रीमान् पढाइकै सिलसिलामा बंगलादेशमा हुनुहुन्थ्यो। मलाई पनि बंगलादेश गएर पढ्न मन लाग्यो। त्यहाँ गएको ६ महिनामा म गर्भवती भएँ। हामीले विहे भएको ४ वर्षपछि फ्यामिली प्लानिङ गरेका थियौं।

आफू गर्भवती हुनुअघि नै धेरै महिलालाई सुत्केरी हुन सघाइसकेकी थिएँ। त्यो देख्दा मलाई डर लाग्थ्यो। उत्सुक पनि हुन्थेँ। मान्छेले मान्छे जन्माएको देख्दा उत्सुक नहुने कुरै भएन। महिला त विश्व नै हो जस्तो लाग्थ्यो।

आफैँ गर्भवती भएपछि गर्भवती क्लाइन्टप्रति सम्मान बढेर आयो। सृष्टि दिने जननी भनेको यस्तो रहेछ भन्ने बुझेँ। कतिपय महिला बच्चा फाल्न पनि आउँथे। एबोर्शन गर्न आउँदा उनीहरूको आफ्नै बाध्यता हुन्थे होलान्। तर महिलालाई त्यो कुराले कति पीडा हुँदोरहेछ, उनीहरू कति धेरै विचलित हुँदा रहेछन् भन्ने कुरा अनुभूति गर्ने मौका मिल्यो।

०००
मैले महिनावारी समयमा नहुने बित्तिकै आफू गर्भवती भएको अनुभूति गरेकी थिएँ। त्यो समयमा आफैँलाई आफू नौलो लागेको थियो।

नेपालमा राम्रो सेवा सुविधा छैन भनेर धनीहरू बच्चा जन्माउन विदेश जाने गर्छन्। तर दुखाइ महसुस नगराई बच्चा जन्माउने प्रविधि समेत नेपालमा छ। त्यसैले मलाई पनि बच्चा नेपालमै जन्माउन मन लाग्यो।

अलिकति छिटो हिँड्दा पनि बच्चालाई केही हुने हो कि भन्ने लाग्ने, दौडधूप गर्दा पनि बच्चालाई असर पर्ला कि जस्तो लाग्ने। पेटमा ढुकढुक गरेको हो कि जस्तो लाग्थ्यो। त्यो समय शब्दमा भन्नै सकिँदैन।

म गर्भवती हुनुअघि अस्पतालमा बच्च जन्माउन आएका महिलाहरू बच्चाको ढुकढुकी सुन्न आतुर हुन्थे। उनीहरूलाई गाली गरिन्थ्यो। उनीहरू भने ‘समय आएपछि सुन्दिनँ भन्दा पनि सुख पाइन्न’ भन्थे।

जब म गर्भवती भएँ, कहिले १६ हप्ता पुग्छ र बच्चाको ढुकढुकी सुन्न पाइन्छ जस्तो भयो। भिडियो एक्सरेबाट बच्चाको पोजिसन हेर्न एकदमै हतार हुने रहेछ। आमा कसरी बन्ने भन्ने ज्ञान त थियो, तर अनुभूति थिएन। सबैको उस्तै हुने रहेछ।

बच्चा पेटमा आएको तीन महिनासम्म त मैले केही खानै सकिनँ। झोल पदार्थ मात्रै खाएर गुजारा गरेँ। बंगलादेशमा भएकाले नरिवल पानी खाने, फलफूल खाने गरें, पकाएको खानेकुरा भने खानै सकिनँ। मासु एकदमै गह्नाउने भएको थियो। विस्तारै सामान्य हुँदै गयो।

बच्चा पेटमा आएपछि महिलाको शरीरमा हर्मोनहरू परिवर्तन हुन्छन्। त्यसबेला शरीरले सबै कुरालाई एसेप्ट गर्न सकेन। वाक्वाकी लाग्ने, रिँगटा लाग्ने, आलस्य हुनेदेखि स्थिर हुन नसक्ने समस्याहरू देखापरे। हर्मोनकै कारण अमिलो, पिरो खान मन लाग्ने भयो। तीन महिनापछि भने हर्मोन शरीरमा एडजस्ट भएकाले शरिर सामान्य अवस्थामा फर्कियो। यी कुराहरू रोक्न सकिँदैन। न औषधिले नै कन्ट्रोल हुन्छ। न कुनै उपचारै छ।

०००

नेपालमा राम्रो सेवा सुविधा छैन भनेर धनीहरू बच्चा जन्माउन विदेश जाने गर्छन्। तर दुखाइ महसुस नगराई बच्चा जन्माउने प्रविधि समेत नेपालमा छ। त्यसैले मलाई पनि बच्चा नेपालमै जन्माउन मन लाग्यो।

बंगलादेशमा म गर्भवती भएपछि श्रीमान्‌लाई त थाहा भइहाल्यो, तर नेपालमा परिवारलाई भने थाहा थिएन। ‘हिन्ट’ भने दिइरहेकी थिएँ।

‘नेपाल आउँदैछु, हजुरहरू म आएपछि यता उता हिँड्न पाइसिन्न होला’ भन्ने गर्थें। ‘मेवा मैले खान्न होला’ भन्थेँ। सिधै भन्न भने लाज लाग्यो। पछि नेपाल आएपछि त देखेरै थाहा पाइहाल्नुभयो।

म ब्युझिँदा त सानो मान्छे मेरो छेउमा सुतिरहेको थियो। बच्चा देखेपछि र स्तनपान गराएपछि बल्ल बच्चासँग अट्याचमेन्ट बढ्यो।
गर्भवती हुँदाको आफ्नो पेट देखेर भने मलाई अनौठो लागेको थिएन। अरूको देख्दा भने अनौठो लाग्थ्यो।

बच्चा आठ महिनाको थियो। म माइतीमा बसेकी थिएँ। श्रीमान् बंगलादेशमै पढिरहनुभएको थियो। देवर अमेरिकामा भएकाले घरका सबै सदस्य उतै हुनुहुन्थ्यो।

माइतीमा तेस्रो तलामा थिएँ। एक्कासि जमीन हल्लियो। भूकम्प गएछ। ममी र म भर्‍याङ समाएर बसिरह्यौं। त्यसपछि पनि पराकम्प जान रोकिएन। दुई हप्ता चौरमा बसियो। खाना राम्रो नपाउँदा चिउरा खाएर समेत बसें। दुई हप्तापछि भने सासू ससूरा आउनुभयो, अनि घर गएँ।

भूकम्पका कारण बाहिरै पाल टाँगेर ‘ओटी’ भइरहेको थियो। मलाई भने बाहिर बच्चा जन्माउनु थिएन। त्यसैले बी एण्ड बी अस्पतालमा सल्लाह गरेर अस्पतालभित्रै बच्चा जन्माएँ।

मलाई नर्मल डेलिभरी गर्न मन थियो। त्यसैले सुरुदेखि नै तयारी थालेको थिएँ। तर सोचेजस्तो भएन। भूकम्पको समयमा नर्मल डेलिभरीमा समस्या आउने हो कि भनेर चिकित्सकको सल्लाहमा मैले सीएस प्रविधिबाट पहिलो सन्तान जन्माएँ।

डा. अन्जनाले मेरो पहिलो सन्तान छोरी जन्माइदिनुभएको थियो। बच्चा तौलको हिसाबले ठूलो देखियो। बच्चा जन्मिएको २४ घण्टासम्म अन्तै राखिदिए। २४ घण्टापछि भने मेरो छेउमा ल्याएर सुताइदिएका रहेछन्।

म ब्युझिँदा त सानो मान्छे मेरो छेउमा सुतिरहेको थियो। बच्चा देखेपछि र स्तनपान गराएपछि बल्ल बच्चासँग अट्याचमेन्ट बढ्यो।

बच्चा जन्मेपछि पोस्टनेटल (सुत्केरी अवस्था) डिप्रेसनको समस्या देखिनसक्छ। यो भनेको एक प्रकारको मानसिक समस्या हो। यदि यस्तो समयमा परिवारको साथ पाइएन भने महिलाले आत्महत्या समेत गर्नसक्छन्।

बच्चा जन्माउने क्रममा लठ्याउँदा समेत भूकम्प आउने हो कि भन्ने डर लागिरहेको थियो। त्यसैले छोरी जन्मेपछि उसको नामै भुइँचम्पा राखिदिएँ। बच्चा जन्मिसकेपछि पनि पराकम्प रोकिएन। कति पटक त बच्चा बोकेर भाग्नु समेत परेको थियो।

पहिलो सन्तान जन्मेको तीन वर्षपछि फेरि योजनामै हामीले दोस्रो बच्चा जन्माउने तयारी गर्‍यौं। म त्यो समयमा पाटन अस्पतालमा काम गर्थें। गर्भवती भएपछि पनि त्यहिँ काम गरिरहें।

दोस्रो बच्चाको समयमा मलाई हर्मोन परिवर्तनबाट देखिने समस्या भएन। अन्तिम महिनासम्म पनि काम गरिरहेकी थिएँ। बच्चाको नियमित चेकजाँच सँगै काम गर्ने सहकर्मीहरूबाट हुन्थ्यो।

पेट बढ्दै जाँदा सीएस गरेको ठाउँमा भएको दाग पातलो हुँदै गयो। यस्तो अवस्थामा सावधानी अपनाइएन भने पेट फुटेर बच्चा बाहिर निस्कने सम्भावना पनि हुन्छ।

पहिलो सन्तान सीएस गरेर जन्माएकाले दोस्रो सन्तान नर्मल जन्माउन मलाई डर लाग्यो। त्यसैले दोस्रो बच्चा पनि सीएस प्रविधिबाटै जन्माएँ। दोस्रो बच्चा छोरा जन्मियो- पाटन अस्पतालमा।

बच्चा जन्मेपछि पोस्टनेटल (सुत्केरी अवस्था) डिप्रेसनको समस्या देखिनसक्छ। यो भनेको एक प्रकारको मानसिक समस्या हो। यदि यस्तो समयमा परिवारको साथ पाइएन भने महिलाले आत्महत्या समेत गर्नसक्छन्।

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.