• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

१९ वर्षीया युवतीलाई जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय दीपक पक्राउ


२४ साउन, काठमाडौं । जबर्जस्ती करणीको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकामा एक जनालाई पाराउ गरेको छ ।

१९ वर्षीया युवती जबर्जस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका-९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई सोमबार पक्राउ परेका प्रहरीले जनाएको छ ।

मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि पुगेको अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाको टोलीले उनलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो पनी हेर्नुस
पहिलो वामपन्थी राष्ट्रपति बनेका पूर्वछापामारकाे गैरवाम अर्थमन्त्री बनाउने चाहना

२४ साउन, काठमाडौं । कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कुनैबेला छापामार युद्धमा सहभागी पेट्रो देशकै पहिलो वामपन्थी राष्ट्रपति बनेका हुन् ।

जुन १९, २०२२ मा भएको दोस्रो चरणको राष्ट्रपति चुनावमा ५०.५ प्रतिशत मत प्राप्त गर्दै उनी कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति बनेका हुन् । २९ मे २०२२ मा सम्पन्न चुनावमा कोही पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन सफल भएनन् । लगत्तै १९ जुन २०२२ मा सम्पन्न दोस्रो चुनावमा लोकप्रिय प्रोपर्टी टाइकुन रोडोल्फो हर्नान्डेजले ४७.३ प्रतिशत मत ल्याउँदा पेट्रोले ५०.४ प्रतिशत मत ल्याएका हुन् ।

को हुन् गुस्ताभो पेट्रो ?
अहिले कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपतिको पहिचानका साथ चर्चामा रहे पनि पेट्रोको एउटा मात्रै परिचय छैन । उनी एक अर्थशास्त्री, राजनीतिज्ञ र पर्यावरण र मानवअधिकार अभियन्ता पनि हुन् । कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रो कुनैबेला एम-१९ नामक एक सहरी छापामार संगठनको सदस्य थिए । सन् १९७० मा स्थापित उक्त छापामार समूहले चुनावमा भएको धाँधलीपछि सशस्त्र विद्रोहबाट सत्ता कब्जा गर्ने असफल प्रयास गरेको थियो ।

सोही क्रममा केवल १७ वर्षको उमेरमा शहरी गुरिल्ला समूहमा आवद्ध पेट्रो पनि अवैध हतियार राखेको आरोपमा जेल पुगे । सन् १९९० मा उक्त समूहलाई विघटन गरेर राजनीतिक दलमा रुपान्तरण गरियो ।

तेस्रो प्रयासमा राष्ट्रपति
त्यसो त, पेट्रो कुनै आकस्मिकतामा चिठ्ठा परेर कोलम्बियाको राष्ट्रपति बन्न सफल भएका होइनन् । उनी तेस्रो प्रयासमा राष्ट्रपति बनेका हुन् । उनी बोगोटाका पूर्व मेयर पनि हुन् ।

सन् १९९१ मा उनी उक्त पार्टीबाट तल्लो सदनको सदस्यमा निर्वाचित भए । सन् २००६ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उनले अल्टरनेटिभ डेमोक्रेटिक पोलबाट चुनाव लडे र सिनेटरको रूपमा दोस्रो लोकप्रिय मतका साथ विजयी भए ।

सन् २००९ मा एक वर्षपछि हुने राष्ट्रपतीय चुनाव लड्न उनले आफ्नो पदबाट राजीनामा दिए । पार्टीको नेतृत्वसँगको वैचारिक मतभेदका कारण उनले ह्युमेन कोलम्बिया नामक प्रगतिशील आन्दोलनको नेतृत्व गरे जुन पछि एक वामपन्थी पार्टीमा परिणत भयो ।

लगत्तै सम्पन्न स्थानीय तहको निर्वाचनबाट बोगोटाको मेयर निर्वाचित भए । सन् २०१८ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा उनी निकटतम प्रतिद्वन्द्वीको रूपमा मात्र सीमित भए । यद्यपि, त्यहाँको संवैधानिक व्यवस्थाअनुसार उपविजेताको रूपमा उनलाई पदेन सिनेटरको पद मिल्यो । उनले देशको ठूलो वामपन्थी पार्टीसँग गठबन्धन बनाउन पनि सफलता हात पारे ।

कमजोर सावित भएका ‘बलिया’ प्रतिस्पर्धी
उनका प्रतिस्पर्धी रोडोल्फो हर्नान्डेज एक रियल इस्टेट व्यापारी हुन् । उनी निर्दलीय उम्मेदवारको रूपमा देशको नेतृत्व गरिरहेका थिए । उनले पहिलो चरणमा ४० प्रतिशतभन्दा बढी मत ल्याए पनि दोस्रो चुनावमा केवल २८ प्रतिशत मतमा खुम्चिए ।

निर्दलीय उम्मेदवार रोडोल्फो हर्नान्डीज सुआरेजले भ्रष्टाचारविरुद्ध आवाज उठाए पनि उनी स्वयंमाथि नै २०१६ मा बुकारामंगामा मेयर रहँदा फोहोर व्यवस्थापनमा भ्रष्टाचारको आरोप लागेको थियो । उनी चुनावी प्रचारमा बढीभन्दा बढी सामाजिक सञ्जालमा भर परे र आफूलाई किङ अफ् टिकटकको दर्जा दिए । उनको कार्यशैलीलाई डोनाल्ड ट्रम्पसँग तुलना गरियो जसले सोचविचार गरेर बोलेन र अधिकतम् रूपमा मूर्खतापूर्व तरिका अपनाए ।

सत्तामा हालीमुहाली रहेका मानिसहरूको समर्थन रहेका कन्जर्भेटिभ उम्मेदवार फेडेरिको गुटिरेज पनि पहिलो चरणको चुनावसम्म पेट्रोविरुद्ध थिए । कोलम्बियाको मध्यमार्ग-दक्षिणपन्थी पार्टीको एक गठबन्धनको समर्थन पाएसँगै उनी शक्तिशाली कन्जर्भेटिभ उम्मेदवार थिए ।

अपराधविरुद्धको कडा कारबाही, कानुनी शासन, शिक्षामा सुधार, दक्षता अभिवृद्धि कार्यक्रम, बजारको न्यून नियमन र विकेन्द्रीकरण जस्ता लोकप्रिय चुनाव नारा दिए पनि उनलाई मतदाताले एक सम्वर्द्धनवादी नेताको रूपमा मात्रै स्वीकारे । आमूल परिवर्तन चाहिरहेका कोलम्बियाका मतदताले उनलाई पत्याएनन् । पहिलो चरणको चुनावमा कमजोर भए पछि उनले दोस्रो चरणमा रोडोल्फोलाई समर्थन दिने घोषणा गरे ।

केही प्रतिकूलता, केही अनुकूलता
कोलम्बिया ल्याटिन अमेरिकाको तेस्रो धेरै जनसंख्या भएको देश हो । त्यहाँ बढिरहेको असमानता, मुद्रास्फीति र हिंसासँग जुधिरहेको बेला नागरिकमा बढिरहेको असन्तुष्टि नै उनको विजयको आधार बन्यो । यो उनको लागि अनुकूलता बन्यो ।

उदारवादी राजनीतिको दबदबा रहेको कोलम्बियामा वामपन्थी चरमपन्थ अत्यधिक अलोकप्रिय छ । यस्तो राजनीतिक प्रतिकूलता चिर्दै एक छापामार तथा पूर्व विद्रोही नेताले चुनाव जित्नुलाई अब कोलम्बिया थप राजनीतिक परिवर्तनका लागि तयार छ भन्ने सन्देशको रूपमा लिइएको छ ।

कोलम्बियामा अघिल्ला राष्ट्रपति इभान ड्यूक मार्केज आफ्नो कर नीतिको लागि आलोचनाको पात्र बनिरहेका थिए । स्वास्थ्य सेवालाई निजीकरण गर्ने उद्देश्यले ल्याइएको एक विधेयक चार दिन लामो शक्तिशाली आन्दोलनपछि फिर्ता गरिएको थियो । सरकारी कर नीतिका कारण कामदार र मध्यम वर्गका मानिस प्रताडित भएको महसुस गरिरहेका थिए ।

अत्यधिक बेरोजगारी, गरिबी, शिक्षा र स्वास्थ्यमा असमानता जस्ता यथार्थले अनिश्चित बनिरहेको भविष्यको चिन्ता गर्दै त्यहाँ रहेका २८ वर्ष वा सोभन्दा कम उमेरका मतदाताले निस्फिर्की विकल्पमा मतदान गरे । यो पेट्रोको अर्को अनुकूलता थियो ।

कम अन्तरको विजय भए पनि यो चुनावी परिणामको अर्थ सामान्यभन्दा फराकिलो विजयको रूपमा चर्चा गरिएको छ । किनकि उनको आमूल परिवर्तनकारी वामपन्थी छवि उदारवादी मतदाता अत्यधिक रहेको देशमा प्रमुख प्रतिकूलता थियो । जसलाई उनले निर्वाचनको बेला त छिचोले तर सफल राष्ट्रपतिमा दरिन उक्त जनमतको थप विश्वास जित्नुपर्नेछ । किनकि उनी विजय भएसँगै लगानीकर्ताहरू निराश देखिएका छन् । राष्ट्रपतिको नतिजा घोषणा भएपछि कोलम्बियाको मुद्रा र सेयर बजार हल्लिएको थियो ।

यही निराशा चिर्न उनले गैरवामपन्थी अर्थमन्त्री चयन गरेर लगानीकर्तामा आशा भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, आमूल परिवर्तनको बाटो लिनुकाे साटाे केही प्रगतिशील निर्णयहरू गर्ने संकेत गरिरहेका छन् । सँगसँगै उनले राष्ट्रपति निर्वाचित भएपछि कटु आलोचकहरूसँग समेत सहकार्य गर्ने अभिव्यक्ति दिएका छन् । देशका साझा समस्या समाधान गर्न सबै पक्षसँग संवाद गरिरहने उनले बताएका छन् । अर्थात् उनी तीव्रगामी परिवर्तन हाेइन, सामान्य सुधारहरुमार्फत अघि बढ्न चाहेका छन् ।

कोलम्बियामा राष्ट्रपतिको केवल ४ वर्षे कार्यकाल छ र एकजना उम्मेदवार केवल एकपटक मात्र राष्ट्रपति बन्न सक्छन् । निवर्तमान राष्ट्रपति इवान डुक मार्केज मध्यमार्गी- दक्षिणपन्थी विचारधाराको प्रतिनिधित्व गर्ने नेतासँगै एक वकिल र लेखक पनि हुन् । सन् २०१८ मा सत्तामा आएका उनले रिभोल्युसनरी आर्म्ड फोर्सेज अफ कोलम्बिया (एफएआरसी) र कोलम्बिया सरकारबीच भएको शान्ति सम्झौताको शख्त विरोध गर्दै उनी चुनावी स्पर्धामा उत्रिएका थिए ।

विद्रोहीप्रति सरकार नरम भएको र यसबाट उनीहरू कडारूपमा प्रस्तुत हुनसक्ने भाष्य उनले बनाए । पाँच दशक लामो गृहयुद्ध अन्त्य गर्ने शान्ति सम्झौताको कार्यान्वयनमा जानीजानी ढिलासुस्ती गरेको भन्दै उनको नागरिकको तहबाटै आलोचना हुन थालेको थियो । यस्तो गृहयुद्ध जहाँ २५ हजारभन्दा बढीमा मानिसले ज्यान गुमाए र ८ लाखभन्दा नागरिक विस्थापित भए ।

साथै, कर सुधार र विदेशी लगानी भित्र्याउन पनि असफल उनी असफल रहे । यही निराशाबीच कोभिड महामारीमा उनको सरकारको कमजोर प्रस्तुति रह्यो । यही असफलताको मैदानमा एक पूर्व छापामार नेताले देशको पहिलो वामपन्थी राष्ट्रपति बनेर इतिहास रच्न सके ।

अफ्रिकी-कोलम्बियाली वकिल र एक पर्यावरण कार्यकर्ता फ्रांसिसा मार्केज देशको पहिलो अश्वेत उपराष्ट्रपति बन्दैछिन् । पेट्रो र फ्रान्सियाले अभियानको क्रममा आर्थिक र पर्यावरणसँग जोडिएका मुद्दालाई बढीभन्दा बढी जोड दिएर उठाउँदै आएका छन् । धनी वर्गमाथि कर लगाउँदै आम्दानीको असमानता न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण र एफएआरसीसँग भएको शान्ति सम्झौता कार्यान्वयनको प्रतिबद्धता उनीहरूको प्रमुख प्रतिबद्धता हो जुन अब चुनावी सफलतासँगै प्रमुख कार्यभारमा रुपान्तरण भइसकेको छ ।

असाधारण चुनाव, असाधारण चुनौती
कोलम्बियाको यो चुनावी नतिजालाई कैयौं अर्थमा असाधारण चुनाव मानिएको छ । यसपटक कोलम्बियाका नागरिकले नयाँ विकल्प रोजे । वामपन्थी विचार बोकेर चरमपन्थी बाटो रोजिरहेका ल्याटिन अमेरिकी क्षेत्रका वामपन्थीका लागि यो चुनावी नतिजाले नयाँ सन्देश दिएको छ ।

त्यो भनेको- सत्तामा आउनका लागि नयाँ बाटो हो । पेट्रोले पुरानो शान्ति सम्झौता लागू गर्नुका साथै अन्य विद्रोही शक्तिसँग पनि संवाद अगाडि बढाउने विश्वास लिइएको छ । उनी आफैं एक पूर्व छापामार भएकोले पनि यी विषयहरूलाई प्राथमिकता दिने विश्वास लिन सकिन्छ ।

अमेरिका-कोलम्बिया व्यापार सम्झौता संशोधन गर्न चाहन्छन् पेट्रो । यो सम्झौताले कोलम्बियाका किसान र उत्पादकमाथि चोट पुर्‍याएको उनको बुझाई छ । एकातिर आफ्नो आमूल परिवर्तनकारी छविलाई जोगाइराख्नुपर्नेछ भने अर्कोतिर भूराजनीतिक जटिलतालाई कुशलतापूर्वक व्यवस्थापन गर्नुपर्नेछ ।

व्यापार सम्झौताको मुद्दा उठाउनासाथ कोलम्बिया र अमेरिकी सम्बन्धको रोचक उतारचढाव अपेक्षित हुनेछ । छिमेकी देश भेनेजुयलासँग कुटनीतिक सम्बन्ध पुनर्बहाली गर्ने उनको रहर कार्यान्वयनमा पनि उनले प्रशस्तै अवरोधसँग जुध्नुपर्नेछ । यसरी असाधारण मानिएको चुनावी नतिजापछि आफ्नो छविलाई जोगाउँदै जनपक्षीय काम गर्न उनले असाधारण चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

कतिपय विश्लेषकहरूले पेट्रोको जितको अर्थ रोडोल्फो हर्नान्डेजको हार भन्दा बढी हो भनेर विश्लेषण गरिरहेका छन् । पेट्रोको विजयले देशको आधा शताब्दी लामो सशस्त्र संघर्षमा वामपन्थी संलग्नतालाई पुनर्विचार गर्न शक्तिशाली दबाब सिर्जना गरेको छ । यो बाटो त्यतिबेला मात्रै प्रष्ट हुनेछ जतिबेला पेट्रोले जनपक्षीय काम गर्न सक्नेछन् र आम मतदाताको निराशा आशामा परिणत हुनेछ ।

असमानताको विरुद्ध लामो लडाईं लडिरहेको विद्रोही समूह र सरकारको गृहयुद्धबाट पीडित देशको परिचय बदल्ने उनको प्रतिबद्धताको व्यवहारिक रुपान्तरणमा नै पेट्रोको सफलता/असफलता अभिव्यक्त हुनेछ ।

एजेन्सीहरुको सहयोगमा

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.