• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

बिहेपछि पनि महिलासँग प्रशस्त सम्भावना, दूध खुवाउने आमा मानव होइनन्, महामानव हुन्


जनआन्दोलन २०६२/०६३ मा पत्रकारिताको निकै ‘चार्मिङ’ थियो । पाठक छिन छिनको खबर चाहन्थे । त्यतिबेला मोरङमा महिला पत्रकार अत्यन्त कम थिए । रिपोर्टिङमा हिँड्ने केटीहरू त थिएनन् नै भन्नुपर्छ । बाटोमा हिँड्दा पनि सेलीब्रटी जस्तो पत्रकारको शान देख्दा सलोजा दाहालका गोडा आफसेआफ पत्रकारितातिर डोरिए । । केटा मान्छेहरू नै अत्यन्त कम मोटरसाइकल चलाउने समयमा उनले मोटरसाइकल कुदाएर रिपोर्टिङ गर्न थालिन् । उनको नाम थाहा नपाएकाहरूले पनि ‘पत्रकार केटी’ भनेर चिन्न थाले ।

सलोजा दाहाल अहिले एनटिभीमा छैटोँ तहमा कार्यरत छिन् । उनका श्रीमान् कुवेर ढुङ्गाना कलेज पढाउँछन् । उनका ६ वर्षका छोरा सर्वज्ञराज र २० महिनाकी छोरी सर्वश्री छिन् । व्यस्त दिनचर्या, परिवारको जिम्मेवारी भए पनि करियरलाई मर्न दिएकी छैनन् उनले ।

उनका बुवा शिक्षक थिए । लामो समय हेडमास्टरको रुपमा काम गरे । बुवाको जागिरको सिलसिलामै उनी सोलुखुम्बुमा जन्मिइन् । केही समयपछि उनी आमासँग घर ओखलढुङ्गा फर्किइन् । उनले ओखलढुङ्गा मोलुङ गाँउपालिका–२ लामीडाँडामा गणेश माध्यमिक विद्यालयबाट एसएलसी गरिन् । एसएलसीपछि उच्च शिक्षाको लागि मोरङ झरिन् ।

२०६२ सालमा सिटी कलेजबाट उच्च माध्यमिक तह उत्तिर्ण गरेलगत्तै उनको पत्रकारिता यात्रा सुरु भयो । तीन महिने पत्रकारिता तालिम लिएर उनले ‘दर्शन दैनिक’ बाट काम सुरु गरिन् । सुरुमा उनको तलब २५ सय रुपैयाँ थियो । त्यहाँ काम गर्दा गर्दै उनले मोरङबाटै गोरखापत्रमा न्यूज बेसिसमा काम सुरु गरिन् । कुनैबेला दर्शन दैनिक, मर्निङ टाइम, नमस्ते एफएम र गोरखापत्रमा उनले एकैपटक काम गर्थिन् । सबैतिरको कमाइ थोरै थोरै जोड्दा पनि राम्रै थियो ।

पत्रकारितासँगै पढाइलाई पनि निरन्तरता दिइ रहिन् । उनले अंग्रेजी र समाजशास्त्रमा महेन्द्र बुहुमुखी क्याम्पसबाट स्नातक गरिन् । सिकारु हुँदा गोरखापत्रमा पठाएका धेरै समाचार छापिँदैनथे । धेरै मिहिनेत गरेर लेखेको समाचार नछापिँदा मन खिन्न हुन्थ्यो । तर उनले कहिल्यै हार मानिनन् ।

आमाको हरदम हौसला

आमाले एसएलसी परीक्षा दिन जाने बेलामा सलोजा जन्मिएकी हुन् । उनी भन्छिन्, ‘आमा त्यतिबेला स्कुलको फस्ट केटी हुनुहुन्थ्यो ।’ सन्तान जन्मिने क्रम बढ्दै जाँदा आमाको पढाइ रोकियो । उनकी आमालाई साहित्य सिर्जनामा औधी रुचि थियो । स्कुलमा कविता प्रतियोगिता हुँदा आमाले लेखिदिएको र आफूले वाचन गरेको रचनाले सलोजालाई सिर्जनात्मक लेखनमा डोर्यायो । त्यसैले उनी आफ्नो पहिलो गुरु आफ्नै आमालाई मान्छिन् । उनका पाँचै दिदीभाइ सबैले स्नातकोत्तर गरेका छन् । सलोजाले एलएलबी पनि सकेकी छिन् । सबै आफ्नै खुट्टामा उभिएका र आत्मनिर्भर छन् । यसमा आमाको सिकाइ महत्वपूर्ण रहेको उनको बुझाइ छ ।

बुवाले आर्थिक रुपमा घर सम्हाल्नु भयो । जागिरको सिलसिलामा उहाँ सधैँ घरदेखि बाहिर रहनुहुन्थ्यो । छोराछोरीको हेरचाहको पूर्ण जिम्मेवारी आमाले गर्नुभयो । उनी भन्छिन्, ‘हामी जे बन्यो, त्यो आमाको सपना थियो ।’ आमाले सोचेअनुसार पढ्न नपाए पनि पढाए अनुसार जागिर खान पाए हुन्थ्यो भन्ने थियो । अरूसँग निर्भर हुँदा दुःख हुन्छ भनेर सिकाइरहनु हुन्थ्यो । आमाको सिकाइले गर्दा होला समस्या पर्यो भने ओ हो पहाड खस्यो अब के गर्ने होला भन्ने हुँदैन । छुट्टै आँट वा आत्मविश्वास बढ्ने सलोजा सुनाउँछिन् ।

पत्रकारितामा लाग्न बुवासँग विद्रोह

त्यतिबेला गाउँमा टिभी थिएन । रेडियो थियो, रेडियोमा बीबीसी सुनिन्थ्यो । त्यति बेलैदेखि रेडियोमा बोल्न पाए हुन्थ्यो, पत्रिकामा आफ्नो नामसहित केही लेख्न पाए हुन्थ्यो भन्ने सलोजामा हुटहुटी पलाएको हो । तर यो नै पत्रकारिता हो भन्ने ज्ञान थिएन । उच्च माध्यमिक पढ्नेबेला पत्रकारिता नै पढ्छु भन्ने उनलाई लाग्यो । पत्रकारितामा लाग्न उनले बुवासँग एकखालको विद्रोह गर्नुपरेको थियो ।

नर्स अथवा इन्जिनियर गर्नु भन्ने बुवा एकराज दाहालको दवाव थियो । त्यसैले पत्रकारितामा लागेकै कारण बुवा लामो समयदेखि उनीदेखि रिसाएका थिए । त्यतिबेला धरानमा ओभरसियर पढाइ हुन्थ्यो । दिदी सिमा आवास र आमा सुधा दाहालको सहयोगले उनी पत्रकारितामै निरन्तर लाग्न सकिन् । दिदी र आमाले जे गरोस् राम्रो गरोस् र आफ्नो खुट्टामा उभिने होस् भनेर हौसला बढाए । चार दिदीबहिनी र एक भाइको उनी माइली छोरी हुन् ।

तीन वर्ष भन्दा धेरै एउटै संस्थामा काम गर्‍यो भने इनएक्याटिभ भइन्छ जस्तो लागेर उनले कुनै पनि संस्थामा तीन वर्ष भन्दा बढी काम गरिनन् । गोरखापत्रले समय थपिदिएपछि उनी काठमाडौं आइन् । काम सिक्ने हुटहुटीले उनले नेपालवान टेलिभिजन ज्वाइन गरिन् । भन्छिन्, ‘एकखालले असाध्यै पेलाए पनि ठूलो सिकाइ भयो नेपालवान टेलिभिजनमा ।’

अनि विवाह र छोराछोरी

उनले २०७१ सालमा सोलुखुम्बुका कुवेर ढुङ्गानासँग मागी विवाह गरिन् । पत्रकार सरकारी जागिरे हुनुहुँदैन भन्ने उनलाई लाग्थ्यो । तर जतिबेला उनी पहिलो पटक गर्भवती भइन् । निजी संस्थामा काम गरेर आफूले सोचेजस्तो नहुने भन्ने लाग्यो । अलि अलि पेट देखिन थालेपछि उनले जागिर छोडिन् । प्लस टु पढ्दै गर्दा आफैले काम गरेर, कमाएर खान पर्छ भन्ने विचार बोकेर हिँड्ने मान्छे, जागिर छाडेर बस्दा निकै उनलाई सकस भयो । २०७३ सालमा उनको पहिलो बाबु सर्वज्ञराज जन्मियो । उनी बच्चा हुर्काउनतिर लागिन् ।

छोरा हुर्काउन थालेपछि साथी भाइसँगको सम्बन्ध सर्कल हट्यो । आफूलाई शून्यमा पाइन् उनले । पकेट खर्च पनि श्रीमान्सँग माग्नुपर्ने अवस्था आयो । त्यो कुराले उनलाई असाध्यै पोल्यो ।

सरकारी मिडियामा पत्रकारिता

सरकारी जागिरमा जानुको उनले एक घटना सुनाइन् । उनको एकजना मिल्ने साथी निजामती कर्मचारी थिइन् । उनीहरू दुवैको एकै समयमा बच्चा भएको थियो । उनको साथीलाई सुत्केरी बिदा थियो । घर बसेर तलब खाइरहेकी थिइन् । तर उनले भने गर्भवती हुँदै गर्दा अफिसमा भएको असहजताको कारण जागिर छोड्नु परेको थियो । जागिर छोडेको भोलि पल्टदेखि तलब थिएन । निजामति कर्मचारी साथीको सबै कुराको व्यवस्था थियो, उनी लथालिङ थिइन् । यसरी पहिले सरकारी जागिर मन नपर्ने मान्छे पछि समयले सरकारी जागिरमै आकर्षण गर्यो । त्यसपछि श्रीमान्सँग सल्लाह लिएर उनले क्लास लिन थालिन् । बच्चा छेउमा राखेर उनी पढ्न थालिन् । उनी भन्छिन्, ‘कहिलेकाँही अरुको देखेर पनि सिक्नुपर्छ ।’

छोरा एक वर्षको भएपछि उनले लोकसेवाको तयारीमा लागिन् । अफिसरको तयारी गर्दै गर्दा यता एनटिभीको पनि परीक्षा दिइन् । २०७५ सालमा समाचार सम्पादक छैटोँ तहमा उनले नाम निकालिन् । सरकारी जागिरमा नाम निकाल्नुका पछाडि उनले आफ्नो मिहिनेतसँगै श्रीमान्लाई पनि यसको श्रेय दिन्छिन्, ‘श्रीमान् सहयोगी हुनुहुन्छ, श्रीमती अगाडी बढ्नुपर्छ भनेर हौसला दिने कुरामा कहिल्यै कञ्जुस्याइँ गर्नुहुन्न ।’

निजी र सरकारी जागिरमा धेरै फरक हुने उनको बुझाइ छ । निजीमा सेवा सुविधा भन्ने हुँदैन, न त करिअर सुरक्षित हुन्छ । सरकारीमा आफूलाई सुरक्षित अनुभव हुन्छ । २०७७ मा कोभिड सुरु भयो । निजीमा काम गर्ने कति धेरै पत्रकार साथीहरूको जागिर गयो । तर सरकारीमा जागिर जाने डर भएन, दोस्रो त्यस समयमा उनी दोस्रो पटक गर्भवती भइन् । आफिसमा गाडीले ल्याउने लानेको व्यवस्था गर्यो । निजीमा त्यो सम्भव नहुने उनले बताइन् । बच्चा भएसी पनि घरमा बस्दा पनि तलब आइराख्यो । बच्चा बिरामी भएपछि बिदाको लागि धेरै बोल्नुपर्दैन । उनको २०७७ सालमा छोरी सर्वश्री जन्मिइन्, जो अहिले २० महिनाकी छन् ।

श्रीमान् श्रीमती मिलेर बच्चाको हेरचाह गरिरहेका छन् । अहिले बच्चाहरूका लागि सलोजाले भन्दा धेरै श्रीमान्ले समय दिनु परेको छ । छोरा स्कुल पढ्न जान्छन् । कतिपय परिवारमा श्रीमान्को बलिदानलाई कमजोरीको रुपमा समाजले व्याख्या गरेको देखिन्छ । तर यो विषयमा उनीहरू दुवै कन्भिन्स छन् । बच्चाको जिम्मेवारी आमा बुवा दुवैको बराबरी हुन्छ । जसले स्याहार गर्दा हुने उनको बुझाइ छ । श्रीमान् बाहिर हिँड्नु पर्ने दिनमा उनी अफिस बिदा लिन्छिन् । नभए प्रायः बुवाले नै बच्चाहरूलाई समय दिएका छन् ।

छोरा हुँदा उनको जागिर थिएन, छोरा उनले हुर्काइन् । अहिले छोरीको स्याहारमा आमा बुवा दुबैले पालैपालो जिम्मेवारी सम्हालेका छन् । छोरी ४ महिनाको भएपछि उनले जागिरलाई निरन्तरता दिइन् । बुवाले धेरै समय दिने भएर होला, छोरी बाबुसँग नजिक हुन्छिन् । छोरा आमाको नजिक छन् ।

दूध खुवाउने आमाहरू महामानव

दूध खुवाउने आमाहरू मानव होइनन्, महामानव हुन् भन्ने सलोजाको बुझाइ छ । मान्छे हो भने उसलाई आफ्नो स्वार्थको बारेमा थाहा हुन्छ । निद्रा, भोक, इच्छा सबैभन्दा प्यारो हुन्छ तर आमाका लागि बच्चाका अगाडि सबै कुरा गौण हुन्छ । दिनभरी अफिसमा काम गर्यो, थकाइ लागेको हुन्छ । तर बच्चा राती दुइ तीन बजे उठेर खेल्न थाल्छ । आमा त्यसमै रमाउँछिन् । उनलाई आफ्नो थकाइ, निद्राको कुनै मतलब हुँदैन । बच्चाको आफ्नै गुनासा हुन्छन्, सुन्यो, कति आफैले बुझ्यो । बच्चाका कुरा उसले नभनेपनि आमाले बुझ्छन् ।

नवजात बच्चाका आमाहरूको लागि जागिर खानु सहज छैन । तर बच्चाहरूले नै आमाहरूलाई धेरै ठाउँमा उत्प्रेरणा दिइरहेका हुन्छन् । आमाले गर्ने कामप्रति उनीहरूले गर्व गर्छन् । जागिरे आमाले बच्चाको आवश्यकता पुरा गर्न अरु मान्छे गुहार्नु पर्दैन । त्यो महिलाको शक्ति हो । कहिलेकाँही काम नगरौं जस्तो लाग्छ तर काम त छोराछोरीको लागि पनि हो । तिनै कुराहरूले दुःख गर्न मन लाग्छ ।

अर्को श्रीमान्ले श्रीमतीको काममा गौरव गर्नु, श्रीमतीको काममा विश्वास गर्नुले महिलाले धेरै कुरा हासिल गर्न सक्छन् । कहिलेकाहीँ काममा राती अबेर हुन्छ तर किन ढिला भनेर प्रश्न नगर्दा मात्रै पनि ठूलो राहत हुन्छ । पेशा त्यस्तै छ, ९५ प्रतिशत पुरुषहरूसँगै रहेर काम गर्नुपर्छ । मोबाइलमा केटीको भन्दा केटाहरूकै नम्बर धेरै छ । तर पनि श्रीमान्को किन हो यस्तो भनेर प्रश्न नगर्ने र फोन चेक नगर्ने कुराले धेरै राहत दिन्छ । यिनै स–सानो कुरा नै जीवनको उपलब्धि र सम्पत्ति अनि खुसी हुने ठाउँ रहेको उनको जिकिर छ ।

अफिसबाट सिधै घर

दिउँसो अफिसमा काम गर्दा ध्यान हुन्न । तर अब विदा भयो भनेसी छोराछोरीबाहेक अरु कसैको अनुहार सम्झिन्न । अफिसबाट निस्केपछि सिधै घर पुग्छु । घर पुगेपछि उनीहरूलाई अँगालो हाल्दा आनन्द आउँछ । त्यो बेला दिनभरी यिनीहरूलाई छोडे भन्ने कुराले पिरोल्छ । सुरुका दिनमा बच्चा छाडेर हिँड्दा एकदमै खरो हुन्थ्यो उनलाई । घरबाट निस्कने बेला सधैँ पानी खान्थिन् । दूध खाँदैको बच्चा छोडेर जागिरमा जानुको पीडा उनी सुनाउँछिन् ।

त्यो बेला उनको बुवा र अंकलले बच्चा हेर्थे । पछि बच्चालाई स्कुल हालेपछि पनि उनलाई सकस भयो । बिहान ९ बजे छोडेको बच्चालाई बेलुका ६ बजे कहिले त ७ बजे लिनु जानुपर्ने अवस्था थियो । छोरीको पालामा भने धेरै सजिलो भएको छ । अहिले सबै जिम्मेवारी श्रीमान्ले लिएपछि ढुक्कले काममा जान सकेको उनी बताउँछिन् ।

बच्चा, समाज र अफिस यो सबैको जिम्मेवारी एकसाथ निभाउन धेरै गाह्रो छ । तर त्यो गाह्रो निश्चित समयको लागि मात्रै हो । बच्चाहरू केही समयपछि हुर्किन्छन् र स्कुल जान थाल्छन् । लामो समय ग्यापमा बस्दा धेरै कुरा छुट्छन् । त्यसैले घरपरिवारको सहयोग लिएर सँगसँगै करिअर अगाडि बढाउनुपर्छ । महिलाले पनि शंका गर्ने अवस्था सिर्जना गर्नुहुँदैन । समाज संस्कार र परिवारको विषय आफूअनुसार म्यानेज गर्दै लैजानुपर्छ । उनीहरूले जे भन्छन्, त्यसै गर्ने हो भने कहीँ पुगिदैन । समाजमा महिलाले अगाडि बढ्न विद्रोह गर्नैपर्ने अवस्था अझै छ । म को हो भन्ने कुरा फिल गर्ने त्यही अनुरुप आफूले मार्ग बनाएर हिँड्नुपर्छ । आफू हिँड्दा अरुलाई न्याय वा अन्याय के भइरहेको छ भन्ने कुराको भने ख्याल राख्नुपर्छ ।

करिअर छाडेर छोराछोरी र छोराछोरी छाडेर करिअर गर्नु हुँदैन । क्रान्तिकारी, परिवर्तनशील महिला भन्ने कत्तिले घरबार बनाउन सकिरहेका छैनन् । तर परिवार भित्रको खुसी जति ठूलो खुसी अन्त छैन । घरबाट हाँस्दै निस्कियौँ भने काम गर्न पनि उर्जा प्राप्त हुन्छ । थाकेर आउँदा फेरि हाँस्ने ठाउँमा पुगिन्छ । घरमा झगडा भयो भने दिमाग तातो हुन्छ । त्यो दिमाग लिएर अफिसमा कसरी काम गर्ने ? परिवारमा सबैथोक छोड्ने भन्दा पनि सबैजना मिलेर जानुमा उनी विश्वास गर्छिन् ।

बिहेपछि पनि छ जिन्दगी

बिहे गरेपछि जिन्दगी सकिन्छ भन्ने लाग्थ्यो । तर त्यो गलत रहेछ । बिहे गरेपछि पनि महिलासँग प्रशस्त सम्भावना हुन्छन् । सहयोग गर्ने जीवनसाथी पर्यो भने झन् जीवन सहज बन्दै जान्छ । व्यक्तिगत र पारिवारिक जिन्दगीको मिक्स धेरै रमाइलो र सुन्दर हुन्छ । महिलाको लागि सबै समय विशेष अवस्था हुँदैन । महिनावारी र गर्भवती हुँदा महिलाको दिमागले सही तरिकाले काम गर्न सकेको हुँदैन । महिनावारीमा एक दिन भएपनि विदा दिने अथवा आधा दिन कामबाट रेस्ट गर्न दिने व्यवस्था हुनुपर्छ । यसको लागि सरकारले नै पोलिसी बनाउनुपर्छ ।

बच्चाको जिम्मेवारी उसको आमा मात्रै नभएर राज्य पनि जिम्मेवार हुनुपर्छ । बच्चाको संरक्षण गर्ने, हुर्काउने र एक स्वच्छ बच्चा हुर्कायो भने उ स्वच्छ नागरिक बन्छ र राज्यको लागि योगदान गर्न सक्छ । यति काम गर्ने हो भने राज्यले महिलाको लागि धेरै संरक्षण गर्नुपर्छ जस्तो लाग्दैन ।

हामीले आफ्नो अधिकारको बारेमा बोल्यौँ भने महिला अधिकारकर्मी, क्रान्तिकारी भनेर ट्याग लगाइदिने गर्छन् । त्यो महिलाहरूप्रतिको गलत व्याख्या हो । समयअनुरुप परिवर्तन हुन आवश्यक छ । हिजो आमाहरूले यस्तो गर्नुहुन्थ्यो भनेर अब हामीले त्यही नै गर्नुपर्छ भन्ने छैन । सही हो भने सही तर गलत अभ्यास हो भने संस्कार नै भएपनि तोड्न आवश्यक छ । हामीमाथि समाजले गर्ने मूल्याङ्कन फरक छ । केटीले काम गर्न सक्ने हो वा होइन भनेर परीक्षण गरिन्छ । पुरुषले भन्दा उत्कृष्ट काम महिलाले गर्छन् ।

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.