बेलबारी । बेलबारी नगरकार्यपालिका सदस्य बिजय तोलांगी माथि एक महिलाले बलात्कार गरेको आरोप लगाउँदै ईलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी दिएकी छिन ।
उर्लाबारी घर भई बिराटनगरको एक अस्पतालमा कार्यरत ति युवतीले तोलांगीलाई आफुलाई केराबारीको जेफालेमा लगेर १९ गते बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन ।
ति महिलाले आफुमाथि बलात्कार भएको भन्दै ईलाका प्रहरी कार्यलय बेलबारीमा शनिबार उजुरी दर्ता गराएको र पिडक भनिएका तोलांगीको खोजी भईरहेको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिएका छन ।
तोलांगी नेपाली काँग्रेसको तर्फबाट दलित कोटा मार्फत बेलबारी नगर कार्यपाकिला सदस्य नियुक्त भएका हुन । उनी नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत हुन । बलात्कारको आरोपका सम्बन्धमा उनले आफुलाई फसाउने खेल भएको प्रतिक्रिया दिएका छन ।
उजुरी गर्ने युवती सँग करिब ७ बर्षदेखि प्रेम सम्बन्धमा आफु रहेको र बिवाह गर्ने तयारी समेत भईरहेकोमा राजीखुसी आफुहरु जेफाले पुगेको तर कसैले फसाउन युवतीलाई उक्साएको उनको आरोप छ । आफुहरु बर्षौदेखि प्रेममा रहेको तर यो सम्बन्ध नरुचाउने हरुले यस्तो खेल खेलेको उनको आरोप छ ।




