• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कतारमा आफ्नै साथीको हत्या गरेका कमल थिङ ‘ब्लड मनी’ नतिरी कसरी नेपाल फर्किए ?


धनुषाका शिवरतन राउत साउदीमा सात वर्ष बिताएर घर फर्किए । घरको आर्थिक अवस्था उस्तै भएपछि उनी पुनः वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगे । त्यसपछि उनी कतार पुगे । तर, कतार उनको जीवनकै अन्तिम गन्तव्य बन्न पुग्यो ।

८ सेप्टेम्बर २०१८ का दिन उनी ड्युटीमै थिए । ड्युटीकै क्रममा साथीभाइ जिस्किन थाले । उनी अरू साथीहरूभन्दा उमेरमा सिनियर थिए । जिस्किँदै जाँदा सिन्धुलीका कमल थिङले सडकमा धुलो सफा गर्ने कम्प्रेसर मेसिनले धुलो उडाउन थाले । उनलाई अलिकति धकेलेका थिए, उनी खाल्डोमा परेर घाइते भए ।

कमलसँगै अन्य साथीभाइले उनलाई तुरून्तै अस्पताल लगे । उपचारको क्रममा उनको मृत्यु भयो । उनको मृत्युपछि कतार प्रहरीले कमललाई पक्राउ ग-यो । कतारको क्रिमिनल कोर्टले २८ नोभेम्बर २०१८ मा कमललाई ३ वर्षको जेल सजाय र मृतकको परिवारलाई २ लाख कतारी रियाल (६० लाख नेपाली रूपैयाँ) ‘ब्लड मनी’ तिर्नुपर्ने सजाय सुनायो ।

क्रिमिनल कोर्टको उक्त सजायविरुद्ध कमलले पुनरावेदन गरे । कतारको पुनरावेदन अदालत (कोर्ट अफ अप्पियल) ले ३ वर्षको जेल सजाय घटाएर ६ महिना कामय गरिदियो । ‘ब्लड मनी’ भने यथावत राख्ने निर्णय गरिदियो ।

कमलले ६ महिनाको जेल सजाय पूरा गरे । त्यसपछि उनलाई कम्पनीको क्याम्पमा राखियो । ‘ब्लड मनी’ नतिर्दासम्म नेपाल फर्किन नपाउने भनिएका कमल यतिबेला नेपाल फर्किसकेका छन् । उनले मृतकको परिवारलाई तिर्नुपर्ने ‘ब्लड मनी’ तिरेका छैनन् ।

कोरोना महामारीका बेला सरकारले कतारबाट धेरै नेपालीको उद्धार गरेको थियो । त्यही बेला उनी उद्धार फ्लाईटमार्फत नेपाल आउन सफल भएका हुन् । पीडित परिवारले उनी नेपाल फर्किसकेको भन्ने जानकारी पाएको छ । तर, उनले न ‘ब्लड मनी’ तिरेका छन्, न त पीडित परिवारको सम्पर्कमा छन् ।

‘ब्लड मनी’का लागि भन्दै नेपालबाट विभिन्न संघ संस्थाले पैसासमेत उठाए । पैसा नतिरी नेपाल फर्किएपछि उनको नाममा उठाएको पैसा विभिन्न संघ संस्थाले फिर्ता गरिसकेका छन् ।

मृतक शिवरतनका जेठा छोरा राजनले अहिलेसम्म ‘ब्लड मनी’ नपाएको बताए । पीडक नै नेपाल फर्किसकेको जानकारी आफूले समेत पाएको भन्दै उनले आफ्नो परिवारले न्याय नपाएको गुनासो गरे ।

यस विषयमा उनले सरकारी निकाय पटक–पटक गुहार गर्दै आएका छन् । तर, उनीहरूको जवाफ सधैँ उस्तै हुन्छ– हामी प्रयास गर्दैछौं । यो नेपालको लागि अनौठो खालको घटना हो । यसमा कसरी अगाडि बढ्ने भन्नेमा सरकारी अधिकारी नै अनभिज्ञ छन् ।

यो विषय लिएर हामी कन्सुरल सेवा विभाग पुग्यौं । विभागका अधिकारी नै आश्चर्यचकित परे । विभागका निर्देशक तथा प्रवक्ता प्रकाश अधिकारी घटनाबारे कुनै जानकारी नभएको बताउँछन् । ‘ब्लड मनी नतिरी कोही पनि नेपाल फर्किन पाउँदैनन् । कतार प्रहरीले नै ‘ब्लड मनी’ नतिरी छोड्दैन । तर, यो कसरी यस्तो भयो, हामी नै चकित परेका छौं,’ प्रवक्ता अधिकारीले भने ।

प्रवक्ता अधिकारीका अनुसार सामान्यतया जेलमै रहेका बेला ‘ब्लड मनी’ तिर्नुपर्छ । त्यसपछि मात्रै त्यो व्यक्ति जेलमुक्त हुन्छ । तर, यो केसका विषयमा थप बुझ्नुपर्ने उनले बताए । विभागले यस विषय के कस्तो भएको भन्ने विषयमा कतारस्थित नेपाली दूतावासलाई पत्र लेखेको छ । पत्रको जवाफ आएपछि थप प्रतिक्रिया दिने र आवश्यक प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

कतारस्थित नेपाली दूतावासले कमल नेपाल भाग्न नसक्ने दाबी गर्दै आएको छ । यो केसमा सुरूदेखि नै सहजीकरण गर्दै आएको वैदेशिक रोजगार उद्धार केन्द्र (रेस्क्यु नेपाल) का अध्यक्ष इन्द्रलाल गोलेले कतारस्थित नेपाली दूतावासले कमल नेपाल जान नसक्ने दाबी गर्दै आएको बताए । तर, उनी नेपाल आएको एक वर्ष भन्दा बढी हुन लागिसक्यो ।

‘ब्लड मनी’ लिएर माफी दिन तयार रहेको अवस्थामा मार्ने मान्छे नै नेपाल आइसकेपछि आफूहरू झन् पीडामा परेको मृतकका छोरा राजनले बताए । ‘मर्ने र मार्ने दुवै नेपाली नै हुन् । हाम्रो बुबा त मरिसक्नुभयो । अब अर्को नेपालीको पनि ज्यान लिएर के हुन्छ ? त्यसैले हामी ब्लड मनी लिएर माफी दिन तयार भएका थियौं । तर, अहिलेसम्म एक पैसा पनि पाएका छैनौं,’ राजनले भने ।

परिवारको विचल्ली

शिवरतन ६ सदस्यीय परिवारको एक्लो खम्बा थिए । आर्थिक अवस्था निकै कमजोर रहेको परिवारको गर्जो उनले विदेशबाटै पठाएको पैसाले टर्थ्यो ।

राजन पनि कमाउन सक्ने अवस्थामा छन् । तर, यही मुद्दाले गर्दा उनी कहीँ कतै काम गर्न जान सक्ने अवस्थामा छैनन् । ‘चार वर्षदेखि यसकै पछि लागिरहेको छु । घरको आर्थिक अवस्था निकै दयनीय छ । कतै विदेशतिर जाउँ भने पनि जान सक्ने अवस्था छैन,’ राजनले परिवारको अवस्थाबारे रातोपाटीलाई भने ।

उनको घरमा आमा, दुई बहिनी र दुई भाइ छन् । तर, आम्दानीको श्रोत केही छैन । यो विषय सल्टिए उनी विदेश जाने सोचमा छन् ।

यस्तो मुद्दामा अब के हुन्छ ?

यसरी ‘ब्लड मनी’ नतिरी नेपाल फर्किएको यो पहिलो घटना हो । यस्तो अवस्थामा के हुन्छ ? भन्ने यकिन जवाफ कसैसँग पनि छैन । यसमा दुई किसिमले अगाडि बढ्न सकिने कन्सुलर विभागका अधिकारीहरू बताउँछन् ।

विभागले कतारस्थित नेपाली दूतावासलाई पत्र लेखेर घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनेछ । त्यसपछि के गर्न सकिन्छ भन्ने विषयमा अगाडि बढ्ने विभागका निर्देशक अधिकारीको भनाइ छ ।

अर्को भने पीडित परिवारको तर्फबाट प्रहरी प्रशासन र वैदेशिक रोजगार विभागमा उजुरी गर्ने । उजुरीको आधारमा प्रहरीले कमलको खोजी गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन सकिने निर्देशक अधिकारीले बताए ।

‘पहिलो केस भएकाले ठ्याक्कै यही हुन्छ त भन्न सकिने अवस्था छैन । तर, आवश्यक प्रक्रिया अगाडि बढाउँदै के–के हुन्छ, त्यही गर्दै पीडितलाई न्याय दिलाउँछौं,’ अधिकारीले भने । https://ratopati.com/story/256433/2022/8/9/kaml-thing-

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.