चितवन – चितवनको राप्ती नगरपालिका ४ सिंहचोकमामा हिंडिरहेको अवस्था एक्कासी लडेर बेहोस् भएका एक पुरुषको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी ४५ वर्षीय पिचक विक रहेका छन् । आज (सोमबार) बिहान ७ बजे हिंडिरहेको अवस्थामा एक्कासी लडेर उनी बेहोस् भएका थिए ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाएको थियो । उपचारको क्रममा उनको आजै बिहान ८:०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनको शरीरमा कुनै पनि किसिमको बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ । उनमा छारे रोगको समस्या रहेको भन्ने बुझिएको समेत प्रहरीले जनाएको छ ।



