• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

हतार-हतार अस्पताल पुग्दा बच्चाको धड्कन घटिसकेको रैछ


बाजेको सेकुवाको कम्पनी निर्देशक तथा ‘बाजेको मसला’ की व्यवस्थापकीय निर्देशक हुन् नीतिमा कार्की भण्डारी। उनका ससुरा दीनानाथ भण्डारीले सुरु गरेको बाजेको सेकुवालाई अहिले उनले निरन्तरता दिइरहेकी छन्।

उस्तै स्वादका लागि सेन्ट्रल किचनको अवधारणदेखि मसला उत्पादन गर्नेसम्मको काममा खटिएकी छिन् उनी।

नेपालमा पहिलो पटक अनलाइनबाट बिलिङ सिस्टमको अवधारण बाजेको सेकुवाले ल्याएको बताउने नीतिमा यही व्यवसायलाई अझै फैलाउन सक्रिय छिन्।

दुई सन्तानकी आमा उनी व्यवसायसँगै परिवार सम्हाल्नमा पनि व्यस्त छिन्। उनै व्यवसायी नीतिमा आफ्नो प्रसव पीडा र खुसी उकेरालाई सुनाउँछिन्

मेरा ड्याडी लक्ष्मण कार्कीको पुर्ख्यौली घर सर्लाही भए पनि उहाँ काठमाडौंको चोभारमा रहेको हिमाल सिमेन्टमा जागिरे हुनुहुन्थ्यो। अहिले भने उहाँ बितिसक्नुभयो। ममी कविता कर्की हाउसवाइफ।

मेरो जन्म काठमाडौंमै भयो। कामको सिलसिलामा ड्याडी वीरगन्ज र काठमाडौं गरिरहनुहुन्थ्यो। उहाँ जता जानुभयो हामी पनि उतै गयौं। त्यसैले मेरो पढाई केही वीरगन्ज, केही काठमाडौंतिर भयो।

म पहिलो सन्तान। मेरो ग्रेन्ड प्यारेन्ट्सलाई पनि नातिनी सँगै बसिदिए हुन्थ्यो जस्तो लागेछ। त्यसैले मैले सर्लाहीबाट एसएलसी दिएँ। एसएलसीपछिको पढाइ भने काठमाडौंमै भयो। पद्मकन्या क्याम्पसबाट आइए पास गरें। ब्याचलर्स फर्स्ट इएर पढ्दापढ्दै बेलायत गएँ, कम्प्युटर साइन्स पढ्न।

तर, मैले भिसा अप्लाई गर्नुअघि नै चेतन भण्डारी, जो मेरो श्रीमान् हुनुहुन्छ, उहाँसँग चिनजान भइसकेको थियो।

उहाँको दाइको इन्स्टिच्युटमा म कम्प्युटर सिक्थे। त्यहाँ नै चेतन भण्डारीलाई चिनें। उहाँ पनि कम्प्युटर नै सिक्न आउनुभएको थियो तर सिनियर हुनुहुन्थ्यो।

इन्स्टिच्युटको सञ्चालक अझ भनौं मेरो श्रीमानको कजन, उहाँले सोच्नुहुन्थ्यो रे, यो केटी भयो भने मेरो भाइलाई ठिक हुन्छ। उहाँले नै परिवारसम्म कुरा पुर्‍याउनुभएको रहेछ। परिवारबाट ओके त भयो तर मैले भिसा अप्लाई गरिसकेको थिएँ। त्यसैले तीन वर्षका लागि पढ्न म लण्डन गएँ।

फोनको सुविधा भए पनि त्यतिबेला अहिलेजस्तो इन्टरनेटको सुविधा थिएन। फोनमा उहाँले राम्रै पैसा खर्च गर्नुहुन्थ्यो। म विद्यार्थी थिएँ, पैसा जम्मा गरेर कार्ड किन्नुपर्थ्यो। त्यसैले नेपालबाटै धेरै फोन जान्थ्यो।

तीन वर्षपछि कम्प्युटरमा ढिप्लोमा गरेर म नेपाल आएँ। उहाँहरु मलाई नै कुरिरहनुभएको थियो। आउने बित्तिकै विवाह भइहाल्यो।

बेलायतमा बस्दा म्याकडोनल्टहरुको फ्रेन्चाइज धेरै देखेको थिएँ। सुरुमा त एउटै मान्छेले कति धेरै काम गरेको भन्ने लाग्थ्यो। पछि थाहा पाएपछि नेपालमा बाजेको सेकुवालाई कसरी फ्रेन्चाइज गर्ने भन्नेबारे काम गरें। विवाह लगत्तै कार्यालय भने गइनँ, किनभने म विवाहको छोटो समयमै गर्भवती भएँ।

हामी सानो परिवार। ससुरा, मेरो श्रीमान् र म। त्यसैले विवाह लगत्तै हामीले बच्चाको प्लान गरेका थियौं।

म निकै दुब्ली थिएँ। बच्चा जन्माउने योजना बनाउँदा मेरो श्रीमान् धेरै डराउनुभएको थियो। जम्मा ४३ केजीको थिएँ, २४ वर्षको हुँदा। यत्तिको हाइटमा त निकै दुब्ली देखिने। डक्टरले पनि तौल बढाउन डाइट प्लान दिएका थिए। प्लान अनुसार नै गर्भमा बच्चा आयो।

बच्चा पेटमा आउने बित्तिकै म त पूर्ण रुपमा बेड रेस्टमा पुगें। घरमा सबै केटा मान्छे। सिनामंगल बाजेको सेकुवा भएकै घरको सबैभन्दा माथिल्लो तलामा हामी बस्थ्यौं। सेकुवाको धुँवा सिधै माथि जान्थ्यो। त्यो धुँवाले झनै गाह्रो हुन्थ्यो। सायद सेकुवाको धुवाँले होला, मलाई मासु, फुडहरुको एलर्जी भयो।

मेरो ममी सँगै हुनुहुन्थ्यो। १२ भन्दा धेरै पटक डायरिया भएपछि डाक्टरलाई फोन गरें। डा. बिना बस्नेतले मलाई हेर्नुभएको थियो। यो कुरा सुन्ने बित्तिकै उहाँले त मलाई गाली गर्नुभयो। अझैसम्म पनि घरमै छौ, अस्पताल आउनुपर्दैन भनेर थर्काउनुभयो। हतार-हतार अस्पताल पुग्दा बच्चाको हर्ट बिट कम भइसकेको रहेछ।

सात महिना पुगेपछि दही-चिउरा खुवाउने कार्यक्रम भयो। शंखमुलमा भएको सञ्जय बाबा आश्रममा ८४ ब्यञ्जन बनाएर खुवाइयो। त्यो खानाले त चमत्कारै भयो। मैले त्यहाँपछि यतिधेरै खाना खान थालें। एकदमै ग्रेभिङ हुन्थ्यो, जति खाए पनि नअघाउने। मैले खाएको देखेर मेरो श्रीमान डराउनुहुन्थ्यो। म त्यति धेरै खान्थें।

सुरुमा खिर आएको थिएँ, आधा किलो चामलको खिर खाएँ होला मैले त्यो समयमा।

त्यो समयपछि मासुको, फुडको एलर्जी सबै हट्यो।

पहिलो ग्रेभ मैले मेरो श्रीमानलाई सुनाएँ, मलाई मासु खान मन लागेको छ तर घरमा हैन, बाहिर। तर उहाँले कामको कारण मलाई बाहिर मासु खुवाउन लान सक्नुभएन। काम गर्ने स्टाफले अण्डा र चिउरा बनाएर दियो।

सात महिनापछि सोलिड फुड खाएकाले होला, मेरो त मुखभरि घाउ भयो। मैले भनेको समयमा मासु खुवाउन लान नसकेको र मेरो मुखभरि घाउ भएको देखेर श्रीमान्ले एकदमै गल्ती महसुस गर्नुभएको थियो।

अर्को दिन, आर्टिष्ट पनि हुनुहुन्छ कल्याण दाई र उहाँको श्रीमती मलाई लिन आउनुभयो। अन्नपूर्ण होटलमा भेडाको मासु अर्डर गरेका थियौं। म त कस्तो भुक्कड भएछु कि, दायाँ-बायाँ नहेरेर कपाकप खान सुरु गरेछु। मेरो श्रीमान् र उहाँको साथी कल्याण दाइ, मैले खाएको देखेर रोइरहनुभएको रहेछ।

त्यसपछि त म जे पनि खाने भएँ। सबैभन्दा धेरै पनिर खाने भएँ। अन्डर वेटबाट एक महिनामै तौल बढेर ५३ केजीको भए।

०००
डेलिभरी हुनुभन्दा एक दिन अगाडि म एक दुर्घटनामा परें। ममीले चिया खाने भन्नुभयो। बच्चा जन्माउने दिन नजिकिएकाले ममीले सधैं गाउन मात्रै लगाउन दिनुहुन्थ्यो। नेपाली ढाकाबाट बनेको कटनको गाउन लगाएकी थिएँ।

ममी चिया पकाउन लाग्दा ग्याँस स्टोभ बलेन। स्टाफले ग्यास खुला पारेर गएको रहेछ। मैले गएर लाइटर बाल्दा त झ्याप्पै मलाई नै आगोले छोयो। ममी त त्यहीँ बेहोस भइहाल्नुभयो। तर म भने निकै होसियार भएछु। मैले आगो लागेपछि स्टोभ बन्द गर्न भ्याएँ।

कटनको कपडा लगाएकाले आगोको राप मात्रै लाग्यो। आइब्रोहरु जलेको थियो। त्यो बाहेक अरु केही भएन।

त्यसको केही समयपछि नै ब्यथा लाग्यो। ब्यथा एकदमै लामो लाग्यो। चिकित्सकले के गर्ने भनेर सोधेका थिए। ममीले नर्मल डेलिभरी नै गर्ने भन्नुभएको थियो। नसकेमा सिजरिङ गर्ने भनिएको थियो। तर बिहान हुने समयमा मैले नर्मल बच्चा जन्माएँ।

अन्य चिकित्सकले त अनुमति दिनुभएको थिएन। तर डा. बिनाले मलाई धेरै माया गर्ने भएकाले होला, ममी श्रीमानलाई सँगै बस्न दिनुभयो। धेरै दुख्थ्यो तर अगाडि ममीलाई देखेपछि चिन्ता लिनुहुन्छ भनेर पीडालाई कन्ट्रोल गर्थें। कम चिच्याउँथें।

छोरी जन्मिइन्। छोरी जन्मिने बित्तिकै पेट पूरै खाली भएजस्तो भयो। एकदमै धेरै भोक लाग्यो। ममीले क्यान्टिनबाट जाउलो हो या सुप ल्याइदिनुभएको थियो। त्यो साह्रै मिठो थियो। यो धेरै राम्रो अनुभूति थियो।

मैले भन्दा पहिले मेरो श्रीमानले बच्चा समात्नुभएको थियो। उहाँले छोरीलाई हेर्दै भन्नुभएको थियो,’संसारमा यो जस्तो राम्रो बच्चा त अरु छैन होला है।’

सबै जना एकदमै खुसी। बच्चा पेटमा हुँदा र जन्माएपछि नै म एक्लै कहिल्यै भइनँ। मेरो ममीहरु चिन्ता लिनुहुन्थ्यो, केटी मानिस घरमा छैन भनेर। तर म एकदमै लक्की रहेछु। मलाई एक्लो अनुभूति हुन कसैले दिनुभएन।

ममी भएकाले बच्चालाई एकदमै राम्रो केयर भयो। मलाई खासै समस्या भएन। ६ महिनासम्म म माइती नै बसें। घर आएपछि पनि ससुराले टेक केयर गर्नुहुन्थ्यो।

०००
पहिलो सन्तान भएको दुई वर्ष पूरा भएपछि मेरो पेटमा अर्को बच्चा आयो।

पहिलो बच्चाको समयमा मैले जति कष्ट उठाएँ, दोस्रो बच्चाको समयमा केही भएन। बच्चा पेटमा आएको कुरा समेत पछि मात्रै थाहा भएको थियो।

बच्चा जन्माइसकेपछि दुई वर्षसम्म म महिनावारी नै भएको थिइनँ। डाक्टरलाई सोध्दा यो नर्मल हो भन्नुभयो। महिनावारी नभएरै मैले दोस्रो बच्चा कन्सिभ गरें। अलि असहज भएजस्तो लागेर परीक्षण गराउँदा म गर्भवती भएँ भन्ने थाहा पाएकी थिएँ।

पहिलो बच्चाको बेलामा जस्तो केही समस्या आएन दोस्रो बच्चाको समयमा। म त निकै फुर्तिली भएँ। तर चार महिनामा भने दोस्रो पटक पनि एउटा एक्सिडेन्टमा परें। घरमा भएको अन्डरग्राउन्ड ट्यांकी खुला रहेछ। बन्द गर्न जाँदा नराम्रोसँग लडेको थिएँ। मेरो आधा शरीर ट्यांकीभित्र छिरेको थियो। सोनोग्राफी गर्दा बच्चा ठिक छ भन्ने थाहा पायौं।

लेवर पेन पनि एकदमै छोटो लाग्यो। लक्ष्मी पूजाको दिन दोस्रो छोरी जन्माएँ। बच्चा जन्मने बित्तिकै नीतिमा के पाको तिमीले यस्तो भनेर डक्टर चिच्याउनुभएको थियो। मलाई भने लड्दा चोट लागेर केही भयो कि भनेर डराएँ। तर हैन रहेछ। बच्चा एकदमै सुन्दर। पिंक कलरको चिटिक्क परेको गुडियाजस्ती। कपाल पनि कर्ली। अरु नर्स डक्टरहरुले पनि बोकेर हिँडेका थिए।

बच्चा हुर्काउने क्रममा कान्छी छोरीलाई भने आस्थामाको समस्या रहेछ। श्वास फेर्न गाह्रो हुने भएकाले अस्पताल लगिरहनपर्ने भयो। ६ वर्षसम्म मैले बच्चाहरुलाई समय दिएँ।

बच्चा छाडेर समय-समयमा म बाहिर त पहिले पनि जान्थें। पहिलो छोरी १० महिनाको हुँदा केही घण्टा छाडेर बाहिर गएकी थिएँ। मेरो भाइले एड्भटाइजिङ एजेन्सी खोलेको थियो, त्यसैमा गएकी थिएँ।

घर आउँदा मेरो बच्चा त पूरै पिठोमा खेलेर फ्रिज खोलेर खानेकुरा तान्दै खाँदै रहेछ। बच्चा देखेर म त ठिंग उभिएको उभियै भएँ। ससुरा-बुबा हल्का निदाउनु भएको समय परेछ। केहि समयपछि रमाइलो त भयो तर डर भने लाग्यो।

दुई छोरी दुवै फरक नेचरका छन्। एउटा एकदमै सिरियस स्वभावकी छिन् भने अर्की चञ्चले स्वभावकी। जेठी छोरीको नाम चेतना, घरमा गुनगुन भन्छौं। दोस्रोको नाम खुसी राखेका छौं।

दुई छोरी जन्माएपछि हामीले अब नपाउने योजना बनाएका छौं। समाजका मानिसहरु छोरी मात्रै छन्, यत्रो सम्पत्ति कसले खान्छ भन्छन्। हामी यी दुई छन् त भनेर देखाउँछौं।

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.