अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका रिया शर्मासँगको कुराकानी प्रस्तुत गरेका छौँ।
अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया आएको ५ बर्ष भयो।
अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
म आउने समयमा सबै प्रोसेस मिलेको भएर खासै गाह्रो भएन।
तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
आफ्नो आर्थिक हिसाबले सकेसम्म युनिभर्सिटी रोज्नु राम्रो लाग्छ। युनिभर्सिटीमा पढाईको साथसाथै पछि लागि पनि धेरै सहयोग मिल्ने गर्छ। यसको मतलब कलेजमा पढाई नराम्रो हुन्छ भन्न लाएको चाहिँ होइन।
नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
ब्यजलर लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हो।
कुन विषय पढ्नको लागि जानुभएको थियो ?
नर्सिङ्ग पढ्नको लागि आएको थिए।
अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।
तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
अष्ट्रेलियाको पढाई नेपालको तुलनामा धेरै राम्रो छ। आफुले राम्रोसंग पढ्न सक्यो भने यहाँ आएर भविष्य निर्माण नभएको कसको छ र !
पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई फिलिम हेर्न, गित सुन्न मन पर्छ।
नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
अष्ट्रेलिया सोचेको जस्तो सजिलो कदापी पनि छैन,यहाँ आएर धेरै संघर्ष गर्न पर्छ। यहाँ आएपछि पढाईलाई मात्रै समय दिदा पनि पैसा कमाउन सकिदैन, त्यसैले पढाई काम पैसा सबै कुराको सन्तुलन राखेर बराबर रुपमा अगाडी बढ्न सक्नु पर्दोरहेछ।
काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
अष्ट्रेलियामा आफन्तीहरु नभएको कारणले गर्दा मलाई काम पाउन धेरै गाह्रो भयो। धेरै पछि साथीहरुको सम्पर्कमा आएर काम खोजेको थिए।
अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
अष्ट्रेलियाको सबै राम्रो छ। साथै यहाँ आएर आफ्नो खुट्टामा आफैँ उभिन सकिन्छ। नराम्रो भन्नलाई यहाँ रोक्ने मान्छे कोहि हुँदैन, त्यसकारण धेरै छुट हुने हुँदा धेरै बिग्रिने सम्भावना हुन्छ।
अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
अष्ट्रेलियाको नेपाली समुदाय सहयोगी भावनाको हुनुहुन्छ, त्यसैले मलाई राम्रो लाग्छ।
नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।
अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ? के कुरा बढी सम्झना आउँछ ?
धेरै याद आउँछ संगै बसेको चाडपर्व मनाएको मिठो खाने कुरा बनाएर खाएको रमाइलो गरेको धेरै सम्झना आउछ।
अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाइले आत्मनिर्भर हुन सिकायो साथै जस्तो परिस्थितिमा पनि हिम्मत हर्न हुँदैन रहेछ भन्ने कुरा सिकायो।
अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँदा सबै भन्दा पहिले आफु हरेक कुरामा तयारी भएर आउनुहोला। यहाँ त्यसै खान पाइदैन, धेरै दु:ख गर्नुपर्छ, त्यसकारण आफ्नो मनलाई बलियो बनाएर आउनु। अष्ट्रेलिया आउदा अरुको देखासिकीमा भन्दा पनि आफैले राम्रोसंग बुझेर आउनुहोला भन्न चाहन्छु।
अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्ना छोराछोरीलाई अष्ट्रेलिया पठाउनु छ भने इन्टरनेटको मध्यमबाट भएपनि खोजेर, बुझेर पठाउनुहोला। अष्ट्रेलिया हो सजिलो हुन्छ भनेर हतार नगर्नुस, आफु नै आएर भोगेपछि थाहा पाइन्छ कत्तिको गाह्रो हुन्छ भनेर। अरुको देशमा झन भनेको जस्तो सजिलो हुँदैन धेरै मेहनत गर्नुपर्छ, त्यसैले केहि सिपहरु सिकाएर पठाउनुहोला भन्न चाहन्छु।




