• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

पहिरोले दोलखाका २ सय परिवार विस्थापित


दोलखा — जंगलभित्र रहेको ‘रिचार्ज’ पोखरी फुटेर आएको बाढीले चरीकोट नजिकै भीमेश्वर नगरपालिका–२ र ३ का १० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबार परेको अविरल वर्षासँगै बस्तीभन्दा माथिल्लो क्षेत्रमा निर्माण गरिएको पोखरी फुटेपछि मर्याङ खोला अनियन्त्रित हुँदा स्थानीयको उठीबास लागेको हो ।

खोरथली सामुदायिक वनमा २ वर्षअघि वन्यजन्तुका लागि रिचार्ज पोखरी निर्माण गरिएको थियो । अत्यधिक वर्षा भएपछि रिचार्ज पोखरी फुटेको छ । बाढीले एक रिसोर्टसहित १० घरमा क्षति गरेको स्थानीय निराजन थापाले बताए । ‘तल्लो क्षेत्रमा बस्ती छ भनेर थाहा पाउँदा पाउँदै अध्ययन बिना नै पोखरी खनियो,’ उनले भने, ‘पोखरी फुटेर आएको बाढीले घरको जगै भत्काएको छ, जमिन चिराचिरा पारेको छ ।’

बाढी आएपछि मध्यरातमा नजिकैको सशस्त्र प्रहरीको गुल्मले स्थानीयको उद्धार गरेको थियो । बाढीको त्रासले स्थानीयहरूले घर छाडेका छन् । बाढीका कारण घरहरूमा लेदो पस्नुका साथै कटान गरेपछि ८ वटा घर जोखिममा परेका छन् । कमजोर भू–वनोटमा पोखरी निर्माण गरिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

उक्त वन सदरमुकामको सबैभन्दा ठूलो सामुदायिक वन हो । पोखरीको निकास पूर्ण रुपमा नखोलिदिएका कारण जोखिम कायमै रहेको स्थानीयले बताएका छन् । उक्त वनमा खुल्ला चिडियाखाना बनाउन वाग्मती प्रदेश सरकार, भीमेश्वर नगरपालिका र डिभिजन वनले उक्त पोखरी निमार्ण गरेका हुन् । तर अध्ययन बिना नै पोखरी निमार्ण गरेको भन्दै २ वर्ष अघिदेखि उक्त कार्यको विराध हुँदै आएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले उक्त पोखरी निमार्णका बारेमा खासै जानकारी नभएको बताए । ‘म आउनुभन्दा अघि नै वन क्षेत्रमा पोखरी बनाइएको रहेछ,’ उनले भने, ‘वन क्षेत्रमा वन्यजन्तुका लागि यस्ता पोखरी निर्माण हुन्छ, तर कस्तो पोखरी बनेछ म पुग्न पाएको छैन ।’

सडकको पहिरो खस्दा ६ घर पुरियो, ४५ परिवार विस्थापित

आइतबार राति सडकमाथिबाट खसेको पहिरोले जिल्लाको उत्तरी बिगु गाउँपालिका– ४ खोलिखम बजारका ६ घर र पसल पुरिएका छन् ।

यससँगै खोलिखम बजार नै विस्थापित बनेको छ । सिंगटीबाट लादुक, बुलङ जाने मुख्य सडक यही बजारको माथिबाट बनेको छ । उक्त सडक पहिरोले बगाएर खोलिखम बजारमा ल्याएको छ । सोमबार दिनभर सुरक्षाकर्मी, नगर प्रहरी र स्थानीयले खोलिखम बजारका स्थानीयको उद्धार गरेको अध्यक्ष सन्जिव ओलीले बताए ।

‘बजार क्षेत्रमा माथिल्लो क्षेत्रबाट निरन्तर पहिरो आइरहेको छ,’ उनले भने, ‘बजारवासीलाई दिनभर लगाएर सुरक्षित स्थानमा सारेका छौं ।’ जोखिम कम नभएको भन्दै पालिकाले उक्त क्षेत्रमा साँझ बिहान हिँडडुल नगर्न सूचना जारी गरेको छ ।

पहिरोले वडा नै सम्पर्क विच्छेदमा

निरन्तरको वर्षापछि आएको पहिराले कालिञ्चोक गाउँपालिका–१ कालिञ्चोक जोड्ने मुख्य सडक बगाएपछि पूरै वडामा सम्पर्क हुन सकिरहेको छैन । कालिञ्चोकको बेगम्पा क्याम्पोल लगायत जोड्ने सनखानी साङबा सडक पहिरोले बगाएपछि सम्पर्क विच्छेदमा परेको वडा अध्यक्ष पदमबहादुर थामीले बताए ।

‘हिँड्नसमेत नमिल्ने गरी सडक बगाएका कारण बिरामी लैजानसमेत सकेका छैनौं,’ उनले भने, पारिबाट लैजान कालिञ्चोक खोलामा पुल नहुँदा थप सकस भएको छ ।’ विद्यालय जाने विद्यार्थीहरू सडक नभएपछि विद्यालय आउन छाडेको पनि उनले बताए ।

पहिराले सडक बगाएपछि स्थानीयहरू २ दिन हिँडेर माथिल्लो भेगबाट पालिकाको कार्यालय र सदरमुकाम जाने गरेको उनले बताए । सडक तत्काल खुलाउन सकिएन भने अत्यावश्यक वस्तु ढुवानीसमेत ठप्प हुने उनले बताए । कालिञ्चोक गाउँपालिका–५ लापिलाङको रानी वन पहिरोमा निरन्तर बाढी आउन थालेपछि विद्यालयबाट फर्कने विद्यार्थीका लागि खोला तारिदिन डोजर राखिएको छ ।

पालिकाले विद्यालयबाट फर्किएका विद्यार्थीलाई डोजरको बकेटमा राखेर खोला तारिदिने गरेको छ । जिल्लामा एक सातादेखि दिनभर घाम लाग्ने र अपराह्न ठूलो वर्षा हुने गरेको छ । निरन्तरको वर्षाका कारण जिल्लाभर बाढीपहिरोले २ भन्दा बढी परिवार विस्थापित बनिसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख गंगाप्रसाद पौडेलले बताए ।

‘जिल्लाभर नै यस वर्ष धेरै क्षति भएको छ,’ उनले भने, ‘लगत संकलनसँगै उद्धारमा जोखिम हुने बस्तीमा नबस्न सूचना जारी गरेका छौं ।’

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.