नर्भिक हस्पिटललाई काठमाडौं महानगरपालिकाले नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।
महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल सरकारसँग भएको सम्झौता विपरीत क्यान्टिन लगायत संरचना २४ घण्टाभित्र नहटाए नियमअनुसार कारबाही गर्ने जनाएका छन्।
काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी ८ आना एक पैसा क्षेत्रफल रहेको जग्गा हस्पिटलले लिजमा लिएको जग्गामा नियमविपरीतका संरचना बनाएको हुँदा उक्त संरचना भत्काउन हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिइएको हो।




