• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

कसैको जोडी हेर्दा लाग्छ भगवानले फुर्सदमा बनाएको जस्तै यो इन्स्पेक्टर जोडी


काठमाडौ । कसैको जोडी चै भगवानले फुर्सदमा कुँदेर बनाएको जस्तो लाग्छ । ०६३ को इन्स्पेक्टरको ब्याचको चर्चित यो जोडी हेर्ने हो भने यस्तै लाग्छ ।

दुबैलाई हेर्दा नै लाग्छ एक अर्काका लागि भनेरै भगवानले बनाएको छ । र त्यो संयोगपनि जुराएको छ । दिप्ती कार्की र कौशल बुढाथोकी यही कारण मिलेको जोडीको रुपमा चर्चित छन् ।

उनीहरुको प्रेमसम्बन्धपनि एउटा रमाइलो संयोगबाट गाँसिएको छ । ०६३ को माघमा इन्स्पेक्टरमा नाम निस्किएपछि सिटरोल भर्न उनीहरू प्रहरी एकेडेमी पुगेका थिए ।

एकेडेमीमा तालिमपूर्व चाहिने सामान खरिदका लागि लिस्ट दिइएको थियो । त्यो लिस्ट फोटोकपी गर्न उनीहरू नजिकैको फोटोकपी पसलमा गएका थिए ।

दिउँसोको समय थियो, दिप्तीसँग घडी थिएन, नजिकै रहेका कौशलसँग उनले सोधिन्, ‘कति बज्यो ?’ प्रश्नको जवाफ सामान्य थियो, तर जवाफ दिने तरिका असामान्य । कौशलले घडी नै नहेरी कति बजेर कति मिनेट गयो भनिदिएका थिए । जसले दिप्तीलाई चकित बनायो ।

‘घडी नै नहेरी कसरी यति मिनेट गयो भन्नुहुन्छ ?’ उनले सोधिन् । कौशलले आफूसँग भएको डिजिटल घडी देखाए । नभन्दै उनको भनेकै समय थियो । घडी नहेरे पनि आफूलाई समय ठ्याक्कै थाहा हुने कौशलको भनाइ थियो ।

तर, दिप्तीलाई विश्वास लागिरहेको थिएन । र, केही समयपछि फेरि घडी नहेरी समय भन्न लगाइन् । कौशलले ठ्याक्कै मिलाए । कौशलको समय याद गर्ने शैली दिप्तीलाई अजीव लाग्यो ।

कुराकानीकै क्रममा उनीहरूले चिनजान गरे । अर्को संयोग के भने दुवैजनासँग सवारीसाधन थिएन । एकेडेमीबाट कौशल साथीहरू भेट्न ठमेल आउँदै थिए, दिप्ती पनि सामाखुसी जान लागेकी थिइन् । बाटो एउटै प¥यो । दुवै हिँड्दै लैनचौरसम्म आए । पहिलो भेटमै उनीहरूको मित्रता गाँसियो ।

त्यसपछि इन्स्पेक्टरको बेसिक तालिम सुरु भयो । सुरुको तीन महिना परिवारसँग पनि भेट्न दिइन्न । त्यसपछि हप्तामा एक दिन छुट्टी हुन्छ । त्यही छुट्टीमा उनीहरूबीच कहिलेकाहीँ फोनमा कुराकानी हुन्थ्यो । संयोग कस्तो भने तालिममा दुवै एउटै समूहमा परे ।

जसकारण थप नजिकिने मौका पाए । उनीहरूबीच अलि बढी नै कुरा हुन्थ्यो । ‘त्यसवेला नै साथीहरूले हामीलाई जिस्क्याउन थालिसकेका थिए,’ दिप्ती भन्छिन्, ‘सुरु–सुरुमा रिस उठ्थ्यो, तर पछि रमाइलै लाग्न थाल्यो ।’ तर, त्यतिवेलासम्म उनीहरू प्रेमीप्रेमिका भने भइसकेका थिएनन् ।

०६४ को चैतमा संविधानसभा निर्वाचन थियो । जसकारण उनीहरूको पास आउट एक महिना छिटो भयो । चुनावमा खटाउनका लागि छिटो पास आउट गरिएको थियो । चुनाव सकिएपछि सबैलाई दरबन्दीमा पठाइयो ।

इन्डोर तालिममा उत्कृष्ट भएकाले दिप्तीको पोस्टिङ प्रहरी एकेडेमीमै भयो । कौशलको धनगढीमा भयो । कौशल पोस्टिङमा जान बिदा भए । दिप्ती उनलाई बिदाइ गर्न गइन् ।

‘जब कौशल पोस्टिङमा टाढा जाने भए, त्यतिवेला मात्र मलाई ऊसँग प्रेम छ भन्ने महसुस भयो,’ दिप्ती भन्छिन्, ‘त्यसपछि फोनमा हाम्रो कुरा बाक्लियो ।’ संगठनमा बिस्तारै उनीहरूको जोडीबारे चर्चा सुरु भइसकेको थियो ।

तर, आफूहरूले ‘आई लभ यु’ भनेर माया नगरेको र डेटिङ नगएको दिप्ती बताउँछिन् । प्रेमको तीन वर्षपछि उनीहरूले ०६८ मा बिहे गरे । बिहे मागी बिहेजस्तै भयो ।

‘प्रहरीको जागिर अरूभन्दा फरक छ, २४सै घन्टा काममा खटिनुपर्ने हुन्छ,’ दिप्ती भन्छिन्, ‘सिभिलियनसँग बिहे गरेको भए, प्रहरीको जागिरको प्रकृति बुझाउन गाह्रो हुन्थ्यो होला, तर हामीबीच राम्रै समझदारी छ ।’

पेसा र व्यक्तिगत जीवनलाई छुट्याउन सक्दा नै आफूहरूको दाम्पत्य जीवन सफल भएको उनी बताउँछिन् । निक्कै मिलेको जोडीकै कारण यो जोडी बेलाबेला सोशल मिडियामा चर्चामा आउने गर्दछ ।

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.