• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

घरी–घरी किन जिस्क्याइरहन्छ भूकम्पले ?


‘लौ आज पनि भूकम्पले मिस्ड कल गर्‍यो’
‘शनिवार पनि ढुक्कले सुत्ने वातावरण छैन, भूकम्प’

‘पहिले नै हल्लिसकेको जिउ फेरी भूकम्पले हल्लायो’
‘हल्लायो मज्जाले भूकम्पले, कस कसले थाहा पाउनुभयो’
‘भूकम्पले मलाई मात्र हल्लाउन नसक्ने हो कि क्या हो, फेसबुकभरि त भूकम्प आएछ’

माथिका उल्लेख गरिएका वाक्यहरू भूकम्पले हल्लाएपछि सामाजिक सञ्जालमा गरिएका हल्लाहरू हुन् । सानो वा अलि ठुलो जुनसुकै मात्राको भूकम्प जानेबित्तिकै सामाजिक सञ्जाल फेसबुकको न्यूजफिड भूकम्प आएको सूचनाले भरिने गरेको छ । भूकम्पको कम्पन महसुस गर्नेहरू भूकम्प गएको महसुस गर्ने बित्तिकै फेसबुक खोलेर आफ्नो अनुभव सार्वजनिक गरिहाल्छन् ।

भूकम्पीय जोखिमयुक्त भौगोलिक अवस्थामा रहेको नेपालमा साना साना भूकम्प गइरहेको हुन्छ । अलि ठुलो स्केलको भूकम्प गएको बेला भने मानिसहरूले महसुस गर्ने गर्छन् ।

नेपालमा भूकम्पले घरी घरी किन जिस्क्याइरहेको हो ? हामीले यो प्रश्न राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीलाई सोध्यौँ । उनले बेला बेला गइरहने साना भूकम्पले हामीलाई जुनसुकै बेला ठुला भूकम्प जानसक्छ है भनेर सतर्क गराइरहेको बताए ।

बेला–बेला पृथ्वीभित्र हुने हलचलले जाने भूकम्पको तरङ्गले हामीलाई पनि हलचल गराउँदै आएको छ । भूकम्पको सानातिना भूकम्पको धक्का आजभोलि पनि महसुस भइरहेको छ । नयाँ भूकम्प हो वा पहिले गएको भूकम्पको बाँकी रहेको शक्ति निस्किएको हो, अन्यौलता समेत सिर्जना हुने गरेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मापन गरेको रेकर्ड अनुसार यो वर्ष अर्थात् सन् २०२२ मा साना ठुला गरेर ४ रेक्टर स्केल भन्दा माथि २० वटा भूकम्प गएको छ ।

यो वर्षको सबैभन्दा ठुलो भूकम्प भनेको हालै खोटाङ केन्द्रबिन्दु बनाएर गएको ६ रेक्टर स्केलको भूकम्प हो । यो वर्ष गएको २० वटा भूकम्प मध्ये ८ वटा पराकम्पको रूपमा र १२ वटा भने परकम्प नभई भूकम्प रहेको छ ।

शुक्रबार नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर गएको भूकम्प भने परकम्पको रूपमा रहेको वरिष्ठ भूकम्पविद् डा.अधिकारीले बताए । आजभोलि आउने झड्का पहिल्यै गएको भूकम्पको परकम्प मात्र नभई नयाँ स्थानमा गएको भूकम्प पनि रहने गरेको उनले बताए ।

उनले भने–‘सन् २०२२ मा आएको भूकम्प मध्ये १२ वटा पहिले आएको भन्दा बाहिरी क्षेत्रमा आएको भूकम्प हो भने ८ वटा भने पहिले आएको भूकम्पको प्रभाव स्वरूप आएको परकम्प अर्थात् ‘आफ्टरसक’ हो ।

सन् २०१५ मा गोरखा केन्द्रबिन्दु बनाई शक्तिशाली भूकम्प गएको थियो । सो वर्ष सर्वाधिक धेरै भूकम्प गएको थियो । सन् २०१५ देखि हालसम्म ४ रेक्टर स्केलभन्दा माथि गएका भूकम्पको सङ्ख्या यस्तो छ :

सन् २०१५ मा ४ सय ४५ वटा भूकम्प
सन् २०१६ मा ६५ वटा भूकम्प

सन् २०१७ मा २७ वटा भूकम्प
सन् २०१८ मा २८ वटा भूकम्प

सन् २०१९ मा ४७ वटा भूकम्प
सन् २०२० मा २५ वटा भूकम्प

सन् २०२१ मा ३५ वटा भूकम्प
सन् २०२२ मा २० वटा भूकम्प गएको छ ।

एउटा ठुलो भूकम्प गयो भने त्यसको पछाडि आफ्टरसक धेरै जान्छन् । माथिको आँकडा हेर्दा ठुलो भूकम्प गएपछि क्रमशः परकम्प कम भएको आँकडा छ ।

यो वर्ष सबैभन्दा ठुलो भूकम्पको रूपमा ६ रेक्टर स्केलको भूकम्प आएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२१ मा सबैभन्दा ठुलो लमजुङ केन्द्र बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आएको थियो ।

सन् २०२० मा सबैभन्दा ठुलो भूकम्प सिन्धुपाल्चोक केन्द्र बनाई ६ रेक्टर स्केलको भूकम्प गएको थियो । सन् २०१९ मा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प बझाङलाई केन्द्र बनाई गएको थियो । त्यसअघि सन् २०१६ सम्म ५ रेक्टर स्केलका साना भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका उपसचिव एवं वरिष्ठ भूकम्पविद् डा. अधिकारी भन्छन्–‘कुनै ठाँउमा ठुलो शक्तिशाली भूकम्प गयो भने त्यसको ‘आफ्टरसक’ को रूपमा धेरै भूकम्प जान्छ, त्यो वर्ष बढी भूकम्प गएको आँकडा हुन्छ । सन् १९९४ देखि हालसम्म नेपालमा गएको भूकम्पको आँकडा हेर्ने हो भने ठुलो भूकम्प गएपछि परकम्पको रूपमा धेरै भूकम्प जाने ट्रेन्ड देखिन्छ ।’

कति ठुलो परिणाममा भूकम्प जान्छ सोही अनुसार नै त्यसपछि परकम्पहरू आउने बताए । ठुलो भूकम्पपछि घट्दो दरमा परकम्प आउने गरेको भूकम्प मापन केन्द्रको आँकडाले देखाउँछ ।

उनले भने–‘सन् २०११ मा ४ रेक्टर स्केल भन्दा माथिका ४२ वटा भूकम्प गएको थियो । त्यो बेला ताप्लेजुङ र दार्जिलिङको सीमा छेउमा केन्द्रबिन्दु रहेको ठुलो भूकम्प गएको थियो । त्यस्तै सन् २०१२ मा ३७ वटा भूकम्प रेकर्ड भएको थियो । सन् २०१३ मा २५ वटा भूकम्प र सन् २०१४ मा ११ वटा भूकम्प गएको थियो । यसबाट के देखिन्छ भने अलिकति ठुलो भूकम्प गयो भने आफ्टरसक अलि बढी जान्छ । सन् २०१५ मा गोरखा भूकम्प गएपछि पनि त्यही ट्रेण्ड देखिएको छ । भूकम्प पहिलेदेखि नै यसरी नै गइरहेको थियो । शक्तिशाली गोरखा भूकम्पपछि मात्रै हामीले भूकम्प गएको कुरामा बढी संवेदनशील भएर बढी गएको जस्तो मानेका मात्रै हौँ तर पहिलेदेखि नै भूकम्प यही शैलीमा गइरहेको थियो ।’

उनले हाल जाने भूकम्पहरुमा गोरखा भूकम्पको परकम्पको रूपमा धेरै भूकम्पहरू जाने गरेको बताए । सन् २०११ भन्दा अगाडिका वर्षको आँकडा हेर्ने हो भने वर्षमा ८ वटादेखि १९ वटासम्म भूकम्प गएको रेकर्ड रहेको उनले बताए । सन् २०११ भन्दा अगाडि भूकम्प थोरै मात्रामा जाने गरेको त्यसभन्दा पछि भूकम्पको सङ्ख्या बढेको उनले बताए ।

डा.अधिकारीले सन् २०१५ मा गोरखा भूकम्प जानुअघि काठमाडौँ केन्द्रबिन्दु बनाएर एकदमै कम भूकम्प गएको आँकडा रहेको बताए ।

के नेपालमा यसरी नै यही गतिमा भूकम्प गइरहन्छ ?

नेपालको पश्चिमी भूभागमा झन्डै ५ सय वर्षदेखि शक्तिशाली भूकम्प नगएको अनुमान छ तर भूकम्पीय जोखिम भने सधैँ रहिरहने डा.अधिकारीले बताए ।

उनले भने–‘नेपालको पूर्वदेखि पश्चिमसम्म जहाँसुकै जुनसुकै बेला भूकम्प जान सक्छ । अहिले हेर्ने हो भने पनि गोरखा भूकम्पपछि त्यसको बाँकी रहेको शक्ति गयो तर काठमाडौँभन्दा मुनी रहेको शक्ति गएको छैन, यो पनि आफैँमा एउटा जोखिम छँदैछ । यस्तै पूर्वमा १९९० साल भन्दा पछाडि ठुलो भूकम्प गएको छैन । भूकम्प जानका लागि त्यहाँमुनि जम्मा भएको आवश्यक शक्ति छँदैछ । तर कहिले जान्छ भन्न सकिँदैन । सयौँ वर्ष नजान पनि सक्छ । दुई चार सय वर्ष नजान पनि सक्छ, अलि सानो खालको चाँडै जान पनि सक्छ । त्यसैले अहिलेसम्म कसैले भूकम्प यो बेला जान्छ भन्यो भने पनि त्यो हावा कुरा भयो । भूकम्प कहिले जान्छ भन्ने थाहा छैन तर नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र हो भन्ने कुरा निश्चित हो ।’

उनले भूकम्प जुनसुकै बेला जाने भएकोले सचेत रहनुपर्ने बताए । उनले भूकम्प आयो भनेर आत्तिने गर्न नहुने बताउँदै सोही अनुसार पूर्वतयारीहरु गर्ने, भूकम्पबाट क्षति नहुने संरचना बनाउने कुरामा ध्यान दिनुपर्ने उल्लेख गरे । बेला बेला आउने साना भूकम्पहरूलाई जुनसुकै बेला ठुला भूकम्प जान सक्छ भनेर बुझ्नुपर्नेमा उनको सुझाव छ ।

उनले भने–‘साना–साना भूकम्पबाट क्षति त हुँदैन तर यसले भोलि जुनसुकै बेला ठुला भूकम्प जान सक्छ भनेर देखाउने मात्रै हुन् । साना भूकम्पहरूले हामीलाई ठुला भूकम्पबाट अलर्ट गराउँछन्, गोरखा भूकम्प जानुभन्दा पहिले पनि साना भूकम्प गइरहेका थिए, भोलि पनि गइरहन्छ । तर गोरखा भूकम्पपछि साना भूकम्प जाने सङ्ख्या भने बढेको छ ।’ गोरखा भूकम्पपछि नियमित जाने भूकम्पमा आफ्टरसक पनि थपिएर भूकम्पको सङ्ख्या बढेको उनले बताए ।

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.