• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए स्विट्जरल्यान्डका मूर्तिकला संकलक उलरिक ?


स्विट्जरल्यान्डका मूर्तिकला संकलक उलरिक भोन स्क्रोडर केही दिनअघि पाटनको नागबहालमा भेटिए। उनी श्री पशुवर्ण महाविहारमा बुद्ध मूर्तिको फोटो खिच्दै थिए, सँगसँगै मूर्तिको विवरण टिप्दै थिए।

सन् १९६५ मा घुम्दै फिर्दै पहिलोपटक नेपाल आइपुगेर काठमाडौंका बहाबही चहारेका उलरिकको काठमाडौं मोह यथावत छ। त्यति बेला २२ वर्षका उलरिक अहिले ७९ पुगिसके। पछिल्ला ५७ वर्षमा करिब ५७ पटक काठमाडौं ओहोरदोहोर गरिसके। उनलाई काठमाडौंले यतिविधि मोहनी लगाउनुको कारण यहाँका कलात्मक मूर्तिहरू हुन्।

पेसाले आर्किटेक्ट उलरिक उति बेला साइकल भाडामा लिएर काठमाडौं गल्ली चहार्थे। सोखका रूपमा मूर्तिका फोटो खिच्थे। दुई वर्षपछि आउँदा स्विट्जरल्यान्डदेखि नै आफ्नो कार हाँकेर ल्याए। कारमै डुले, खाए, कारमै सुते।

हवाईजहाज यात्रा सहज भएपछि उनको काठमाडौं आउजाउ झनै बढ्यो। रमाइलो चाहिँ उनलाई पुरानै यात्रा लाग्छ। भन्छन्, ‘त्यति बेलाको कुरै अर्को।’

सुरूसुरूमा सोखले मूर्तिको फोटो खिच्ने उलरिकलाई समयक्रममा त्यही सोखले विश्वभरि चिनायो, मूर्तिकलाको फोटो संकलकका रूपमा। दुई वर्षअघि उनले नेपालका हिन्दु र बौद्ध धर्मका प्रस्तर मूर्तिहरूका फोटो संकलित दुई खण्डको किताब ‘नेप्लिज स्टोन स्कल्पचर्स’ प्रकाशन गरेका थिए।

करिब तीन हजार मूर्तिका फोटो संकलित उक्त किताबमा केही मूर्ति यस्ता छन् जुन पहिलोपटक प्रकाशनमा आएका हुन्। उदाहरणका लागि, हनुमानढोका दरबारको मोहन चोक हितिका मूर्ति, भक्तपुर दरबारको कुमारी पाटीका मूर्ति र पशुपतिनाथ मन्दिरका मूर्तिहरू।

‘पहिले मूर्तिका फोटो खिच्दा मलाई कुनै दिन किताब निकाल्छु भन्ने थाहा थिएन,’ उलरिकले भने, ‘मलाई लाग्छ कसैले पनि कुनै काम थाहा पाएर गर्दैन। आफ्नो सोख पछ्याउँदै जाने हो भने त्यही नै उसलाई भविष्यमा चिनाउने माध्यम बन्छ।’

उलरिकले किताबको अन्तिममा एसडी कार्ड पनि राखेका छन् जहाँ १५ हजार डिजिटल फोटा छन्। आफ्नो कामको सुरूआती प्रक्रियादेखिको समयलाई किताबसँग जोड्दै उनी भन्छन्, ‘यो किताब निकाल्न मलाई ५५ वर्ष लाग्यो। तर किताब अझै सकिएको छैन। कुनै पनि काम केही समयलाई बन्द मात्र हुन्छ। कहिल्यै सकिन्न।’

उलरिकले यो किताब तीन वर्षअघि मृत्यु भएका अन्वेषक शुक्रसागर श्रेष्ठलाई समर्पित गरेका छन्। उनको सहयोगबिना किताब निकाल्न मुस्किल हुने उनी बताउँछन्।

‘उनी अहिले भइदिएका भए यो किताब देखेर धेरै खुसी हुन्थे होलान्,’ उलरिकले भने, ‘कीर्तिपुरका मान्छेले उनको मूर्ति बनाएका छन् भन्ने सुनेको छु। तर मैले हेर्न भ्याएको छैन।’

यो किताबमा उलरिकले खिचेका फोटा मात्र छैनन्। उनलाई काठमाडौंका रैथाने सुनिल डंगोलले पनि साथ दिएका छन्। सुनिलले उनलाई हिन्दु मूर्तिका त्यस्ता फोटो खिच्न सहयोग गरेका छन् जहाँ उनलाई सजिलै छिर्न अनुमति छैन। बौद्ध धर्मका मूर्ति खिच्न भने उनले त्यति धेरै सास्ती खेप्नुपरेन।

सुनिलसँगको चिनजान १०-११ वर्षअघि शुक्रसागरमार्फत नै भएको उनी बताउँछन्। त्यति बेला शुक्रसागरसँग सुनिल काम गरिरहेका थिए। दुवैको चाँसो सम्पदासँग जोडिएको थियो। उलरिकको चासो अलि बढी ढुंगाको मूर्तिमा थियो।

सुनिलका अनुसार उलरिक फोटोको गुणस्तरमा एकदमै सचेत छन्। त्यही गुणस्तरको काम किताबमा झल्किने उनी बताउँछन्।

‘यो किताबमा पनि राम्रो फोटोहरूको संकलन छ,’ उनले भने, ‘गुणस्तरीय कागज र राम्रो डिजाइन खोजेर जर्मनीबाट छपाउनुभएको हो।’

लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ पछि उलरिकको किताब नै मूर्तिहरूको विषयमा प्रकाशित महत्वपूर्ण किताब हो। ‘स्टोलन इमेजेज अफ नेपाल’ ले चोरी भएर विदेश पुगेका धेरै मूर्ति फिर्ता ल्याउन सहयोग पुर्‍याएको छ।

उलरिकले संकलन गरेका कतिपय मूर्ति अहिलेसम्ममा चोरी भइसकेका छन्। तिनलाई उनले किताबमा चोरी भइसकेको भनेर कतै उल्लेख गरेका छैनन्। न त्यसलाई फिर्ता ल्याउनु उनको उद्देश्य हो।

विदेशी संग्रहालयमा रहेका नेपाली मूर्तिहरू फर्काउन हतार नभएको उनको धारणा छ।

‘हालसालै हराएका मूर्तिहरू संग्रहालयले प्रदर्शनीमा राख्न पाउँदैनन्, मूर्ति लिलाम गर्ने अक्सन हाउसहरूले पनि लिँदैनन्। तिनीहरू ढिलोचाँडो आफैं फर्किन्छन्,’ उनले भने, ‘जुन मूर्ति फिर्ता आएका छन्, तिनलाई पनि छाउनी संग्रहालयको स्टोरेजको कुनामा वा भुइँमा फ्याँकेको अवस्थामा भेटेको थिएँ। त्यसरी राख्नुको साटो ती विदेशमै ठिक छन्। कम्तिमा त्यहाँ विभिन्न मुलुकका विदेशीले देख्छन् र यति राम्रो कलाकृति नेपालमा छ भनेर थाहा पाउँछन्।’

चोरी भएका जुन मूर्ति नेपाल फर्काइए, तिनलाई पहिलेकै ठाउँमा राख्नुपर्ने सुनिलको भनाइ छ। तर कतिपयले फेरि हराउनसक्ने डरले मूर्ति फिर्ता लिन धकाएको उनी बताउँछन्।

यो किताब हराएका मूर्ति फिर्ता ल्याउने प्रयासमा लेखिएको नभए पनि मूर्ति चोरहरूलाई किताबले सतर्क बनाएको हुनसक्ने उलरिक अनुमान गर्छन्। भन्छन्, ‘उनीहरू यो किताबबाट खुसी नहुनु भनेको म खुसी हुनु हो।’

मूर्तिहरूको अभिलेख राख्ने जिम्मेवारी राज्यको हो। राज्यले आफ्नो कामको महत्व बुझ्नु त परको कुरा, यस्तो किताब निकालेकोमा खुसीसमेत नभएको हुनसक्ने उलरिक बताउँछन्। तर उनलाई यसको मतलब छैन। किताब निकाल्नु आफ्नो आत्मसन्तुष्टिसँग जोडिएको बताउँदै उनी भन्छन्, ‘यो किताबको महत्व अहिले होइन, ५० वर्षपछि हुनेछ। यो किताब ५० वर्षपछिका लागि नेपाललाई मेरो उपहार हो।’

आफ्नो कामलाई अनुसन्धान नभई अभिलेखीकरण मान्ने उलरिकले यो किताबमा काठमाडौं मण्डल (काठमाडौं, भक्तपुर र ललितपुर) का मूर्तिको फोटो मात्र संकलन गरेका छन्। उनी नेपाल आउँदा यिनै ठाउँ घुम्छन्। बाहिर कमै पुगेका छन्।

उनी आफूलाई एकदम कम मान्छे चिनेको, कम ठाउँ घुमेको र धेरै कुरामा आकर्षण नभएको मान्छेका रूपमा वर्णन गर्छन्।

‘मैले धेरै मान्छे चिनेको, धेरै ठाउँ पुगेको वा धेरै कुरामा आकर्षित भएको भए यस्तो किताब सायदै लेख्न सक्थेँ होला,’ उनले भने, ‘मैले सायद मान्छेभन्दा बढी मूर्तिहरू भेटेको छु।’

उनले अगाडि भने, ‘आजकलका युवाहरू धेरै कुरा गर्न चाहन्छन्। तिनीहरूले सायद भविष्यमा केही पनि महत्वपूर्ण गर्दैनन्। यो संसार तिनै मान्छेले नेतृत्व गरेका छन्, जो कम कुरामा चासो राख्छन्।’

उलरिक नेपालबाहेक सात वर्ष श्रीलंका बसेका छन्। तिब्बतमा करिब २० पटक पुगेका छन्। म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड गएका छन्। त्यहाँका मूर्तिहरूको किताब निकालेका छन्। ती ठाउँमा पनि बुद्ध मूर्तिहरू नभएका भए उनी सायदै पुग्थे होलान्!

उलरिकलाई बुद्ध मनपर्छ, बुद्धको दर्शन मन पर्छ। त्यसले आफ्नो जीवन र स्वभावमा सन्तुलन ल्याएको उनी बताउँछन्।

‘सुरूमा फोटो खिच्दा बुद्धलाई नै महत्व दिने भन्ने थिएन। तर बुद्धबारे थाहा पाएपछि म आकर्षित भएँ,’ उनले भने।

बुद्ध मूर्तिकै फोटो लिने क्रममा पाटनको नागबहालमा भेटिएका उलरिक अचेल ढुंगासँगै नेपाली धातुका मूर्तिमा काम गरिरहेका छन्। यसका लागि उनी पाटनको क्वाः बहाल, चाँगुनारायण र छाउनी संग्रहालय पुगिसकेका छन्। भविष्यमा धातु मूर्तिका फोटो संकलन रहेको किताब निकाल्ने उनको सोच छ।

भन्छन्, ‘कति वर्ष लाग्छ भन्ने चाहिँ थाहा छैन। पहिलेको किताब निकाल्नै ६५ वर्ष लागेको थियो।’

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.