• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

आमाछोरीले २५ हजारमा थालेको ‘पहिलो पाइला’, महिनामा ३ लाखको कारोबार


लगानी र व्यवसाय सानै सही, उत्साह र लगनले काम गर्दा सफलताको बाटोतर्फ जान सकिन्छ भन्ने दृष्टान्त हुन् आमाछोरी कृष्णकुमारी र चाँदनी श्रेष्ठ।

काठमाडौं, बालाजुकी कृष्णकुमारी श्रेष्ठ ५३ वर्षकी भइन्। उनले केही वर्ष सिलाइ व्यवसाय चलाइन्। सिलाइको काम घरबाटै गर्थिन्। बिहे र छोराछोरी जन्मिएपछि फुर्सद निकाल्न कठिन भयो। व्यवसाय छाडेर दुई दशकभन्दा लामो समय घरायसी काममै बिताइन्।

कृष्णकुमारीले विगत स्मरण गरिन्, ‘दुइटा बच्चा भएपछि घरकै काम भ्याइएन। घर पनि बनाइयो। अनि काम त चटक्कै छाड्नु पर्‍यो।’

काम छाडे पनि लुगा सिउने मेसिन घरमै थन्किएको थियो। छोराछोरी हुर्किएर ठूला भए। थन्किएको मेसिन फेरि चलाउने जाँगर चलेको थिएन।

एक दिन उनकी छोरी चाँदनीले साथीको बच्चा जन्मेको खुसीमा उपहार दिने कुरा गरिन्। कृष्णकुमारीले आफ्नै मेसिनमा दौराभोटो तयार गरिदिइन्। साथीलाई त्यो लुगा साह्रै मन पर्‍यो।

चाँदनी पनि आमाको सीप देखेर दंग परिन्। आफ्नी आमाले यति राम्ररी सिलाउन सक्छिन् भन्ने चाँदनीलाई थाहै थिएन। उनले आमाको सीप व्यवसायका रूपमा अघि बढाउन सके राम्रो हुन्थ्यो होला भन्ने सोचिन्।

सेतोपाटीसँग कुरा गर्दै चाँदनीले भनिन्, ‘आमाले कस्तो राम्रो (लुगा) बनाउनु हुँदो रहेछ! यसलाई व्यवसायका रूपमा अघि बढाउन सके राम्रो हुन्छ भन्ने सोच आयो।’

कोभिड–१९ का कारण लकडाउनको समय थियो। चाँदनी फुर्सदमा थिइन्। उनले त्यही बेला आमाको सीपलाई ब्रान्ड बनाउने योजना तयार गरिन्। घरसल्लाह भयो। ब्रान्डको नाम राखियो ‘पहिलो पाइला’।

कृष्णकुमारीले आफ्नो ब्रान्डको यसरी अर्थ लगाइन्, ‘बच्चा जन्मिनु भनेको जिन्दगीको पहिलो पाइला टेक्नु हो। नवजात शिशुका लागि बच्चाका लुगा बनाउने भएकाले पहिलो पाइला नाम राख्यौं।’

पुरानै भए पनि लुगा सिउन घरमा एउटा मेसिन छँदै थियो। उनीहरूले कपडा, धागो र अन्य अत्यावश्यक सामग्री जुटाए। यसमा पहिलो चरणमा २५ हजार रूपैयाँ खर्च भयो। घरायसी काम सकेर फुर्सदमा आमा कृष्णकुमारीले सिलाइको काम थालिन्। छोरी चाँदनी बजार प्रबन्धतिर लागिन्।

चाँदनीले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा शिशुका लुगाको प्रचार सामग्री राखिन्। लगत्तै अर्डर आउन थाल्यो। चिनजानका मान्छेले फोन गरेरै मगाउन थाले। दिनदिनै माग बढ्दै गयो। व्यापार राम्रो हुँदै आयो।

‘यति राम्रो होला भन्ने सोचिएकै थिएन, त्यस्तो सपना पनि थिएन। ठीकै होला भनेर सुरू गरेका थियौं,’ चाँदनीले भनिन्, ‘सोचेभन्दा राम्रो भइदियो। माग अनुसार बनाउनै भ्याइनभ्याइ भयो।’

हाल कृष्णकुमारीसँगै चार जना सिलाइको काममा छन्। सूती, मलमल, ढाका लगायत कपडाबाट नवजात शिशुदेखि पाँच वर्ष उम्मेरसम्मका केटाकेटीका लागि न्याना र मौसम अनुसारका लुगा तयार गर्छन्। पहिलो पाइलाको उत्पादन काठमाडौं उपत्यकामा चल्तीमा छ। काठमाडौं बाहिरबाट र विदेशमा बस्ने नेपालीहरूबाट पनि माग आउने गरेको चाँदनीले बताइन्।

भन्छिन्, ‘उपत्यका बाहिर पोखरा, धरान, विराटनगर, चितवनबाट राम्रो माग आउने गरेको छ। कहिलेकाहीँ त कुरियरको सुविधा नभएको निकै टाढाबाट पनि माग आउँछ। त्यस्तोमा पठाउन सक्दैनौं भन्नुपर्ने अवस्था छ।’

अस्ट्रेलिया, अमेरिका र क्यानडा बस्ने नेपालीहरूका लागि कुरियर गरेर सामान पठाउने गरेको चाँदनीले बताइन्। कतिपयले आफन्त नेपाल आएको मौका पारेर झिकाउने गरेका छन्।

चाँदनीका अनुसार विदेश पठाउन कुरियर शुल्क निकै महँगो पर्छ।

‘यस्तो ग्राहकले महँगो मूल्य तिर्न तयार भएपछि हामी सामान पठाइदिन्छौं,’ उनी भन्छिन्।

पहिलो पाइलाले लुगासँगै शिशु र बालबालिकाका लागि तोरीको सिरानी, कपासको डसना र कपासकै ब्ल्यांकेट पनि बनाउँछ। केटाकेटीका लागि सामान्य तथा पास्नी सेट लुगाका साथै सांस्कृतिक वेशभूषा पनि बनाउँछन्। सांस्कृतिकतर्फ राधाकृष्ण सेट, नेवारी, तामाङ लगायत समुदायका लुगा बनाउने गरेको कृष्णकुमारीले बताइन्।

कपडा र लुगाको प्रकारअनुसार मूल्य तय गरिएको छ।

‘बच्चाका कपडाको गुणस्तर राम्रो हुनुपर्छ। हामी गुणस्तरीय कपडा प्रयोग गर्छौं, हाम्रो सिलाइ पनि राम्रो छ,’ कृष्णकुमारी भन्छिन्, ‘मूल्य केही महँगो जस्तो भए पनि मेहनत अनुसार हामीले सहुलियत दिएका छौं।’

पहिलो पाइलाले तयार गर्ने लुगाको डिजाइन पनि राम्रो हुने उनको भनाइ छ। भन्छिन्, ‘सबैतिर सिलाइ राम्रो हुँदैन। हामीले बुटिक डिजाइन दिएका छौं।’

कृष्णकुमारीकी छोरी चाँदनी पर्यटनसम्बन्धी विषयमा स्नातक तहमा अध्ययनरत छिन्। उनी पहिलो पाइलाका लागि ग्राहकको अर्डर लिन्छिन्, गुनासो सुन्छिन् र डेलिभरीको व्यवस्था गर्छिन्।

भन्छिन्, ‘कहिलेकाहीँ ससाना गुनासाहरू आउँछन्। केही कमजोरी छ भने सुधार्ने प्रयास गर्छौं।’

पच्चीस हजार रूपैयाँ लगानी गरेर दुई वर्षअघि सुरू पहिलो पाइलाले अहिले मासिक तीन लाख रूपैयाँको लुगा बेच्ने गरेको चाँदनीले बताइ। पहिलो पाइलाको सफलताले चाँदनी उत्साहित छन्। उनी स्वदेशमै राम्रो व्यवसाय गर्न चाहिन्छन्। पहिलो पाइला विस्तार गर्दै उद्योगसम्म पुग्ने उनको सोच छ।

भन्छिन्, ‘आफ्नो एउटा उद्योग पनि होओस् र रोजगारी दिन सकूँ भन्ने सोच छ।’

चाँदनी चाँडै प्रदर्शनी कक्ष अर्थात शोरूम सुरू गर्ने योजनामा छिन्। उनी पहिलो पाइलाका उत्पादन विदेशमा सिधै निर्यात गर्न सक्ने गरी काम गर्ने योजना पनि बनाउँदै छिन्।

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.