• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

धरानमा मेयर साम्पाङविरुद्ध प्रदर्शन, कार्यालय तोडफोड गर्ने पक्राउ

सुनसरी — धरानस्थित बराह ऋण तथा सहकारी संस्थाका पीडितहरूले धरान उपमहनगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो गुनासो बेवास्ता गरेको भन्दै उनीविरुद्ध प्रदर्शन गरेका छन् ।

बराह ऋण तथा सहकारी संस्थाका पीडितहरू सहकारीको कार्यालय अगाडि । उनीहरूले आन्दोलन गर्नुअघि मेयर हर्क साम्पाङसँग आफ्नो माग पूरा गराइदिन आग्रह गरेका थिए ।

धरानका १३ हजार उपभोक्ताको निक्षेप फिर्ता गर्न नसकेर समस्यामा परेको बराह ऋण तथा सहकारी संस्थाले आफूमाथि ठगेको भन्दै मेयर साम्पाङ समक्ष पुगेका पीडितहरूले मेयरबाट आश्वासन पनि नपाउँदा रुष्ट बनेका थिए ।

यससँगै उनीहरूले उपमहानगरको कार्यालयमै पुगेर ‘हर्क साम्पाङ मुर्दावाद’ नारा लगाउन थालेका हुन् । साम्पाङका प्रसंसकहरूले उनलाई धरानको ‘मुक्ति दाता’ को रुपमा व्याख्या गरिरहेका बेला अचानक विरोध प्रदर्शन हुँदा साम्पाङलाई पनि केही दिनयता दबाब बढेको छ । यस क्रममा प्रदर्शनकारीहरूले साम्पाङको कार्यालयको सीसा पनि तोडफोड गरेका छन् ।

पूर्वउपप्रमुख भण्डारीसँग बढ्दै तिक्तता

पीडितहरूको आन्दोलनसँगै साम्पाङ र पूर्वउपप्रमुख मन्जु भण्डारीबीचको विवादले थप उग्र रुप लिँदै गएको छ । पीडितहरूको आन्दोलनको नेतृत्व गर्ने खगेन्द्र नेपाली पूर्वउपप्रधुम भण्डारीको चुनावी प्रचार अभियन्ता पनि थिए ।

उनै नेपालीले नेतृत्व गरेको आन्दोलनमा सहभागीहरूले साम्पाङको झ्यालको सीसा नै तोडपोड गरेपछि मेयर साम्पाङले नेपालीविरुद्ध गत सोमबार किटानी जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले नेपाली र प्रदीप बास्तोलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले नेपालीलाई भानुचोकस्थित बसपार्क क्षेत्रबाट आइतबार पक्राउ गरेको हो।

यस्तैमा साम्पाङ र भण्डारीबीच सामाजिक सञ्जालमार्फत् पनि आरोप प्रत्यारोपको क्रम जारी छ । यसै क्रममा भण्डारीले पनि साम्पाङविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

साम्पाङसँग विवाद चर्किँदै गर्दा नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्यसमेत रहेकी मञ्जु भण्डारी सुवेदीले साम्पाङविरुद्ध साइबर ब्युरो भोटाहिटी, काठमाडौंमा साइबर अपराध सम्बन्धी उजुरी दर्ता गरेकी हुन्।

उनले धरानका नगरप्रमुख हर्क साम्पाङले अनलाइन एप्लिकेसनको प्रयोग गरेर फेक आइडी खोली त्यसको तस्बिर सिर्जना गरेर जातीय र साम्प्रदायिक हिंसा भड्काउने , जातीय उत्तेजनात्मक अभिव्यक्ति सहितको फोटो सामग्री उत्पादन गरी चरित्र हत्या तथा कुप्रचार गरेको भन्दै उजुरी दिइएको बताइन् ।

साम्पाङको ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक पेजबाट यस्तो सामग्री सार्वजनिक गरिएकोले तुरुन्त कारबाहीको माग गर्दै साइबर अपराध सम्बन्धी उजुरी दिइएको भण्डारीले बताइन् ।

यसैबीच प्रहरीका अनुसार साम्पाङको कार्यालयमा तोडफोड गर्नेहरूविरुद्ध सार्वजनिक शान्ति सुरक्षाविरुद्धको जाहेरी परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी समेत ल्याएको थियो ।

बास्तोलालाई ७ दिनको म्याद थपसमेत भएर अनुसन्धान भइरहेको छ । संयोजक नेपाली भने सम्पर्कविहीन थिए । पक्राउ परेका नेपालीलाई म्याद थप अनुमतिको लागि इनरुवास्थित जिल्ला अदालतमा पठाइसकेको डिएसपी बुद्ध श्रेष्ठले बताए । साउन १५ गते बराह पीडित सङ्घर्ष समितिले धरान उपमहानगरपालिका घेराउ गर्नेक्रममा प्रमुख साम्पाङको कार्यकक्षको झ्यालको सिसा तोडफोड गरेका थिए ।

बराहको अपिल

बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भने संयुक्त अपिल जारी गर्दै आगामी भदौ १६ सम्ममा समस्या समाधान गर्ने दाबी गरेको छ । यसअघि आफ्नो १२ औं वार्षिक साधारण सभामा ३ करोड खुद मुनाफा गरेको भनेर हिसाब देखाएको थियो ।

बराह ग्रुप आफ कम्पनी अन्तर्गतको बराह सहकारी हो । धरानमा बराहले बराह इण्डिस्ट्रिज प्रालि अन्तर्गत भानुचोकमा र धनकुटे रोडमा करोडौंको सपिङ कम्पलेक्स छ ।

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.