• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

अस्ट्रेलियामा कोभिड संक्रमणपछि समस्या बन्दै ‘लङ कोभिड’ हजारौं नेपालीमा समेत लक्षण


काठमाडौँ — दक्षिण अस्ट्रेलियामा बस्दै आएका रमन बास्तोला (नाम परिवर्तन) लाई कोरोना संक्रमण भएको ५ महिनापछि खोकी लाग्ने, जिउ दुख्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखा परे । सुरुमा सामान्य मानेर उपचार नगरेका उनलाई चिकित्सकले अस्ट्रेलियाकै ‘लङ कोभिड क्लिनिक’ मा रिफर गरिदिए । उनी अहिले उक्त क्लिनिकमा उपचारका लागि पालो आउने पर्खाइमा छन् ।

बास्तोला मात्र नभई अस्ट्रेलियाका हजारौं सर्वसाधारण लङ कोभिडका कारण पीडित बनेपछि अहिले उपचारको पर्खाइमा छन् । सरकारीस्तरमा खोलिएका यस्ता उपचार केन्द्रमा पालो पाउन नै महिनौं कुनुपर्ने अवस्था सिर्जना भइसकेको सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा चर्चा हुन थालेको लङ कोभिडबारे धेरैलाई थाहा नहुन सक्छ । तर‚ विश्व स्वास्थ्य संगठनले करिब दुई वर्षअघि नै यसलाई औपचारिक रुपमा पहिचान गरिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार लङ कोभिडबाट पीडित भएको पुष्टि हुनका लागि कोरोना संक्रमण भएको ३ महिनासम्म पनि कोभिडसँग सम्बन्धित लक्षण निको नभएको वा निको भए पनि पुनः लक्षणहरू देखिएको हुनुपर्नेछ । यसका साथै उक्त लक्षणलाई अन्य तरिकाले उपचार गर्दा निको नभएको हुनुपर्दछ । थकित हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिनु र यस्ता लक्षणले आफ्ना दैनिक जीवनयापनमा असर गर्नुलाई संगठनले लङ कोभिडको लक्षणका रुपमा परिभाषित गरेको छ ।

लङ कोभिडका कारण सर्वसाधारण पीडित बन्न थालेपछि अस्ट्रेलिया सरकारले यसबाट प्रभावित सर्वसाधारणलाई सहज उपचार पुर्‍याउने उद्देश्यले लङ कोभिड क्लिनिक नै स्थापना गरेको छ । यहाँस्थित हरेक राज्यले आफ्ना मुख्य अस्पतालमा यससम्बन्धी उपचार केन्द्र स्थापना गरेर उपचार गर्न सुरु गरेका हुन् ।

पूर्णतः सरकारी स्वामित्वमा ‘लङ कोभिड क्लिनिक’ नाम दिएर स्थापना गरिएका क्लिनिकमा कार्डियोलोजी, रेस्पिरेटोरी, न्युरोलोजी, नाक, कान तथा घाँटी, मिर्गौला मानसिक स्वास्थ्य, जनरल मेडिसिनलगायत विशेषज्ञ चिकित्सकले निःशुल्क उपचार गर्ने गरेका छन् । यसैगरी उक्त उपचार टोलीमा फिजियोथेरापी तथा एक्सरसाइज फिजियोजीसमेत सहभागी रहेका छन् ।

उनीहरुले अस्ट्रेलियामा अहिले यसका कारण हजारौं नागरिक पीडित छन् । ‘द सिड्नी मर्निङ हेराल्ड’का अनुसार हालै गरिएको एक अध्ययनमा कोरोना संक्रमण भएकामध्ये ५ प्रतिशत नागरिक यसका कारण पीडित हुने देखिएको छ ।

अस्ट्रेलियामा अहिलेसम्म करिब ९० लाखलाई कोरोना संक्रमण भइसकेको छ, जसको आधारमा हेर्दा लाखौं नागरिक यसबाट प्रत्यक्ष प्रभावित हुने देखिन्छ । अस्ट्रेलियास्थित भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्युटकी कार्यकारी निर्देशक तथा हृदयरोग विशेषज्ञ जेसन कोभाकिकले करिब ५ लाख सर्वसाधारण यसका कारण पीडित हुने दाबी गरेकी छन् । विज्ञले कोभिड संक्रमण र यसले मानव स्वास्थ्यमा पुर्‍याउन सक्ने हानीबारे अहिले पनि अनुसन्धान नै भइरहेकाले केही भन्न नसकिने बताएका छन् ।

उक्त क्लिनिकबाट उपचार सेवा लिनका लागि सामान्य चिकित्सक अर्थात् जीपीबाट रिफरल हुनुपर्ने प्रावधान राखिएको छ । उक्त क्लिनिकका विशेषज्ञले बिरामीको स्वास्थ्यका लागि आवश्यक पर्ने उपचार तथा अन्य सेवाका लागि सिफारिस गर्ने गरेका छन् भने सरकारी तवरमै जीपीमार्फत नै निःशुल्क उपचारको व्यवस्था हुने गरेको छ ।

मेलबर्नस्थित लाटोर्ब रिजनल अस्पतालमा चिकित्सकका रुपमा काम गर्दै आएका डा. भुवन कँडेल कोरोना संक्रमणपछि देखिने यस्ता समस्याबाट बच्नका लागि समयमै चिकित्सकको सल्लाह लिन तथा उपचार गर्नुपर्ने सल्लाह दिन्छन् । ‘अहिले लङ कोभिडका कारण प्रभावित सर्वसाधारणको संख्या बढिरहेको मात्र छैन कि अबको केही समयपछि यो ठूलो समस्याका रुपमा देखिने सम्भावना छ‚’ उनले कान्तिपुरसँग भने ।

कोरोना संक्रमण भएको ३ महिनासम्म पनि लगातार खोकी, स्वासप्रश्वासमा समस्या, जिउ दुख्नेलगायत लक्षण बाँकी नै रहेको भए चिकित्सकको सल्लाह लिनुपर्ने उनी बताउँछन् । उनी यसबाट अस्ट्रेलियाली मात्र नभएर यहाँ रहेका नेपाली समेत उल्लेख्य रुपमा प्रभावित बन्दै गएको अनुभव सुनाउँछन् ।

लङ कोभिडले नेपालजस्तो स्वास्थ्य क्षेत्रमा कम पहुँच र कोरोनासम्बन्धी कम ज्ञान भएका सर्वसाधारण यसबाट भविष्यमा अझ प्रभावित हुने चिकित्सकको दाबी छ । डा. कँडेल सर्वसाधारणलाई यसको लक्षण देखिने र यो सामान्यजस्तो लाग्ने भएकाले समयमै उपचार नगरे समस्या आउन सक्ने बताउँछन् ।

उनी नेपालले सरकारीस्तरमै लङ कोभिड र यसको उपचारका बारेमा सर्वसाधारणलाई अझ जागरुक गराउनुपर्ने र सही उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन् । कोभिडले पार्ने असर अहिले पनि अनुसन्धानकै क्रममा रहेकाले लक्षणका बारेमा सही सूचना, जानकारी दिनु र उपचार पद्धतिका बारेमा सचेत गराउनु जरुरी रहेको उनको भनाइ छ ।

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.