काठमाडौँको तारकेश्वर काभ्रेस्थली घटनामा एउटा परिवार सखाप भयो । परिवारै सखाप भएको यो घतानालाई लिएर आफन्तको आखा अझै ओभाएको छैन ।मुटु बिझाइरहेको छ आखा रसाइरहेको छ ।
गत आइतवार साँझ छिमेकीकोमा खाना खाएर आएको थियो पाण्डे परिवार। छिमेको घरमा हासी खुसि खाना खाएर आएको यो परिवार एक तले घरभित्रै सखाप होला भनेर कसैले कल्पना सम्म गरेका थिएनन ।
भीमसेनथापा गाउँपालिका–६ गोरखा स्थायी घर भई काठमाडौंको तारकेश्वर नगरपालिका २, पदमसालमा बस्दै आएका एकै परिवारका चार जना ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीय सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिक साउन १६ गते बिहान घरमै मृत फेला परेका थिए ।
आफ्ना प्यारा भान्जा भान्जीलाई सम्झेर गोकर्ण काप्री अझै सम्हालिएका छैनन उनि भन्छन -प्यारी भान्जी मुटु भरी माया, दैबको लिला आफ्नै बाउ एमराज निस्कियो बाचुन्जेल मुटुमा किला बिजे सरि तिमीहरूको यादले बिजाइ रहने छ ।स्वर्गमा बाँस होस ।हार्दिक श्रदान्जली ।
यता त्यो दुखद घटनाको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ ।घटनामा तीन जनाको टाउकोमा बोधो वस्तुले प्रहार, शरीरका विभिन्न भागमा धारिलो वस्तुले घोपेर तथा एक जनाको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।