• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

८८ अर्ब लागतमा बन्दै बेतन कर्णाली आयोजना

गुटु (सुर्खेत) : कर्णाली र सुदूरपश्चिमको समृद्धिमा महत्वपूर्ण मानिएको ‘बेतन कर्णाली जलविद्युत आयोजना’ निर्माणका लागि पूर्वतयारीको काम धमाधम अगाडि बढेको छ। पश्चिम नेपालकै गौरवको आयोजनाको रुपमा लिइएको यो आयोजना सम्पन्न गर्न ८८ अर्ब रुपैयाँ लागत लाग्नेछ। निर्माणमा ७४ अर्ब लागत हुने भए पनि लगानीमा खर्च हुने ऋण रकमको ब्याजसमेत जोड्दा भने यो आयोजनाको कूल लागत ८८ अर्ब पुग्ने भएको हो।

कुल चार सय ३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो आयोजना निर्माणका लागि हाल अधिकांश पूर्वतयारीको काम सम्पन्न भइसकेको छ। आयोजनाको मुख्य काम अगाडि बढाउनका लागि हाल पहुँचमार्ग, वेश क्याम्प, आवासगृह लगायतका पूर्वाधार बनाउने काम भएको छ। आयोजनाका प्रवन्धक उपेन्द्र न्यौपानेले पूर्वतयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। आयोजनाको डिपीआर निर्माण भइसकेको छ भने हाल वातावरणिय प्रभाव मूल्याकंन (ईआईए) प्रतिवेदन बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ।

विस्तृत अध्ययन प्रतिवेदन तयार भएसँगै आयोजनाले निर्माण पूर्वका काम धमाधम थालेको हो। यो आयोजना सुर्खेतको चौकुने गाउँपालिका र अछामको ढकारी गाउँपालिकाको बीच भएर बग्ने कर्णाली नदीमा बन्न लागेको छ। हाल आयोजना स्थलसम्म सडक, क्याम्पहाउस तथा अडिट टनेल निर्माण र विद्युत विस्तार लगायतका काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रवन्धक न्यौपानेले बताए। अछाम खण्डबाट आयोजनास्थलमा पुग्ने सडक निर्माणको काम सम्पन्न भइसकेको छ। सुर्खेत खण्डमा भने अहिले आयोजना स्थलसम्म पुग्ने सडक निर्माणको काम अन्तिम चरणमा छ।

सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट बाँधस्थलसम्म १४ किलोमिटर सडकको ट्याक खन्न थालिएको हो। त्यस्तै आयोजनास्थलमा विद्युत विस्तारको प्रक्रिया पनि सुरु भएको छ। कैलालीको सुगरखालदेखि ३३ केभिए विद्युत प्रसारण लाइन विस्तारको काम अगाडि बढेको हो। सुगरखालबाट आयोजना स्थल करिव ३० किलोमिटर टाढा पर्छ। निर्माणपूर्व तीन मिटर व्यास र ७० मिटर लम्बाइका दुई तथा एकसय र दुईसय मिटर लम्बाइका एकएक गरी चार वटा अडिट टनेल तथा बेशिकक्याम्प हाउस निर्माण थालिएका छन्। यसमा आधा काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

यो आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो। यो आयोजनाका लागि कर्णाली नदीमा एकसय ४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युतगृहमा पानी पुर्‍याइने छ। यसको जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ।

यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र तीनसय ४५ मिटर लामो पेनस्टल पाइपबाट टर्वाइनमा खसालिने छ। आयोजनाका प्रवन्धक न्यौपानेले भने,’अछाममा प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा बाँड्ने अन्तिम तयारी छ, सुर्खेततर्फ पनि काम अगाडि बढेको छ। मुआब्जामा मात्र एक अर्ब ५४ करोड रकम खर्च हुनेछ, आउँदा दशैंसम्ममा यो काम पनि सुरु हुन्छ।’

आयोजनामा मुख्य भौतिक निर्माणको काम थालिएको पाँच बर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ। हाल ईआईए प्रतिवेदन अन्तिम चरणमा पुगेको र यो स्वीकृत भएपछि अबको डेढ बर्षभित्रमा मुख्य कामका लागि ठेक्का हुने आयोजनाले जनाएको छ। ठेक्का लागेको पाँच वर्षभित्रमा आयोजना निर्माण भइसक्ने बताइएको छ।

यो आयोजनाको प्रभावित क्षेत्रका स्थानीयले १० प्रतिशत शेयर पाउने छन्। आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका-६, पञ्चपुरी नगरपालिकाको वडा नं. ७ र अछामको ढकारी गाउँपालिकाको वडा नं. ६ र तुर्माखाँद गाउँपालिकाका वडा नं. ३, ४ र ५ वडाका बासिन्दा प्रभावित हुनेछन्।
यसैबीच आयोजनाबाट प्रभावित हुने स्थानीय बासिन्दाले यो आयोजनामा आफूहरूलाई रोजगारी र उचित मुआब्जा दिनुपर्ने माग गरेका छन्। ईआईए प्रतिवेदनका लागि बुधबार भएको सार्वजनिक सुनुवाइमा सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले प्रभावित क्षेत्रका नागरिकलाई आयोजनाको शेयर, रोजगारी र मुआब्जा वितरणमा आनाकानी नगर्न आग्रह गरे।

साथै स्थानीयले ऐलानी जग्गा भएकाहरूलाई पनि उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यो आयोजना सम्पन्न भए कर्णाली र सुदूरपश्चिमको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.