• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

टिकटकमा डाक्टर : उपचार विधिको अन्धाधुन्ध


काठमाडौं । हरेकको हात-हातमा मोबाइल छ । र, हरेकको मोबाइलमा टिकटक एप्लिकेसन पनि । अर्थात् जमाना टिकटकको छ । तन्नेरी पुस्ताको के कुरा ? कवि-कलाकारदेखि डाक्टर-पाइलटसम्म यसमा झुम्मिएका छन् ।

यद्यपि टिकटक दुरुस्तै त्यस्तै भएको छ, जस्तो कि एउटा नेपालमा प्रचलित उखान छ, ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड ।’

कतिले टिकटकबाटै ‘नेम र फेम’ कमाएका छन्, अर्थोपार्जन गरेका छन् । कतिले भने टिकटकको हुनसम्म दुरुपयोग गरेका छन् । कतिले यसलाई अमूल्य सूचना प्रवाहको माध्यम बनाएका छन् भने कतिले यसलाई फगत मनोरञ्जनको साधन ।

टिकटक प्रयोगकर्ताको यो भीडमा मिसिएका छन्, चिकित्सकहरु पनि ।

त्यसो त स्वास्थ्य एकदमै संवेदनशील विषय हो । विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई विश्वास गरेर सर्वसाधारणले त्यसको अनुशरण गर्नु कति उचित होला ?

कोही चिकित्सक टिकटकमा नाचगान गरिरहेका छन्, कोही ‘स्वास्थ्य परामर्श’ दिइरहेका छन् । स्वास्थ्यप्रति मान्छेको सरोकार हुने नै भयो । कुनै चिकित्सकले निःशुल्क बाँड्ने यस्ता सुझावलाई उनीहरुले राम्ररी पछ्याइरहेका छन् । टिकटकमा फलोअर्सको मोहले हो वा कर्तव्यवोधले, चिकित्सकहरु टिकटकमा तँछाडमछाड गरेर हाजिर हुने गरेका छन् । तर चिकित्सकले टिकटकमार्फत दिने स्वास्थ्य सुझाव कति उपयोगी छन् ? टिकटक हेरेरै कुनै स्वास्थ्य सुझाव अनुशरण गर्न सकिन्छ ? यो कति विश्वसनीय, भरपर्दो र प्रभावकारी छ ?

000

टिकटकमा सक्रिय डा. कल्याण सुवेदीले साउन १८ मंगलबार मुसाको उपचार सम्बन्धी एक मिनेटको भिडियो पोस्ट गरेका छन् । जसमा उनले छालामा मुसा आउनुको कारण र त्यसको समाधानबारे बताएका छन् । भिडियो पाँच घण्टामा करिब ८ हजार जनाले हेरिसकेका छन् ।

उनी आफूलाई ‘डक्टर अफ नर्स प्राक्टिसनर’ भनेर चिनाउँछन् । सुवेदी फेसबुक तथा टिकटक दुवै माध्यममा उत्तिकै सक्रिय छन् ।

सुवेदीको फेसबुकमा ८ लाख बढी र टिकटकमा साढे पाँच लाख फलोअर्स छन् । उनी बेलाबेला जनस्वास्थ्य सम्बन्धी विभिन्न भिडियो पोस्ट गरिरहन्छन् ।

छातीको बायाँतर्फ किन दुख्छ ? मुटु किन पोल्छ ? खोकी लाग्नु मुटुको समस्या हो होइन ? र मुटु कसरी स्वस्थ राख्ने ? जस्ता समस्याबारे स-साना भिडियो क्लिप बनाएर पोस्ट गर्छन् मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई । भट्टराईलाई टिकटकमा १५ हजारले फलो गरेका छन् भने १ लाख ९२ हजार बढीले लाइक गरेका छन् ।

डा. रुपक घिमिरे यौन तथा छालारोग एवं कपाल प्रत्यारोपण विशेषज्ञ हुन् । सर्वसाधारणमा देखिने छाला तथा कपाल सम्बन्धी रोगबारे उनले टिकटकमा भिडियो बनाउने गरेका छन् । फेसबुकमा ६ हजार र टिकटकमा ९१ हजार बढीले पछ्याएका उनका कुनै भिडियो १० लाखसम्मले हेरेका छन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वातिकुमारी पाण्डे पनि सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छिन् । फेसबुकमा नौ हजार र टिकटकमा १२ लाखले उनलाई लाइक र फलो गरेका छन् ।

उनी बेलाबेला महिलाका समस्याबारे सम्बोधन गर्छिन् । र, स-साना भिडियो क्लिप बनाएर पोस्ट गर्छिन् । केही समयअघि पाण्डेले गर्भावस्थामा कसरी सुत्ने ? कसरी सुत्दा के हुन्छ ? भन्ने शीर्षकमा सानो भिडियो पोस्ट गरेकी छन् । जसलाई करिब ९० हजारले लाइक गरेका छन् भने १३ लाखले उक्त भिडियो हेरेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जाल जीवनको महत्वपूर्ण हिस्सा बन्दै गइरहेको छ । युट्युब, फेसबुक, ट्वीटर र इन्स्टाग्रामसँगै अहिले टिकटक लोकप्रिय सामाजिक सञ्जालको एक नम्बरमा स्थान बनाउन सफल भएको छ ।

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बेलाबेला मुटु सम्बन्धी मात्रै नभई स्वस्थ जीवनशैली, खानपान र जनस्वास्थ्य सम्बन्धी विभिन्न भिडियो पोस्ट गरिरहन्छन् । उनलाई सामाजिक सञ्जाल फेसबुकमा १० लाखभन्दा बढीले पछ्याएका छन् ।

साउन १५ गते आइतबार डा. अनिलले पूर्ण स्वास्थ्य कसलाई भन्ने ? रोग लाग्न नदिने कुन उपाय अपनाउन जरुरी छ ? भन्ने सन्दर्भमा ९ मिनेट ५० सेकेण्डको भिडियो पोस्ट गरेका थिए ।

‘मैले एकदमै गाह्रो कुरा गर्न गइरहेको छु’ भन्दै आधुनिक चिकित्सा विज्ञानमा रोग लागिसकेपछि उपचार गर्छन् । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु महत्वपूर्ण कुरा हो । तर यो मामिलामा आधुनिक चिकित्साशास्त्र निकै पछि छ’ भन्दै उनले सन्देश सुरु गरेका छन् ।

केही समयअघि मुटु ढुकढुक हुने स्याँस्याँ हुने र छाती दुख्ने समस्या लिएर एक जना महिला आएको उदाहरण दिंदै उनको मुटु र रगत परीक्षण गर्दा सबै नर्मल देखिएको तर बुझ्दै जाँदा उनलाई निन्द्रा नलाग्ने, इरिटेसन हुने, रिस बढी उठ्ने गरेको र केही पारिवारिक समस्याका साथै इन्जाइटी र पेनिक अट्याकको समेत समस्या देखिएको उल्लेख गरेका छन् ।

एकातिर विषय विज्ञले सामाजिक सञ्जालमार्फत निःशुल्क जानकारी दिइरहेका छन् भने अर्कातिर केहीले जनमानसमा विभिन्न किसिमका भ्रम छरिरहेका छन् ।
‘ती महिलामा कारण एउटा लक्षण अर्को देखियो’ डा. ओममूर्ति अनिलले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन के गर्ने भन्ने सन्देश दिएका छन् । उनको नौ मिनेट ५० सेकेण्डको भिडियो १७ हजारले मन पराएका छन् भने १८ हजारले सेयर र २ लाख ११ हजारले हेरेका छन् ।

अहिले धेरै स्वास्थ्यकर्मी टिकटक तथा सामाजिक सञ्जालमा स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका समस्याको समाधान बताइरहेका हुन्छन् । चिकित्सकको उपचार विधि तथा सुझाव सल्लाहको पर्खाइमा रहेका सर्वसाधारणले यसलाई अनुशरण समेत गरिरहेका छन् ।

त्यसो त स्वास्थ्य एकदमै संवेदनशील विषय हो । विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई विश्वास गरेर सर्वसाधारणले त्यसको अनुशरण गर्नु कति उचित होला ?

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट चिकित्सकले दिने सन्देश सकारात्मक भए पनि सूचनाको स्रोत र सूचना दिने व्यक्तिको विशेषज्ञताबारे बुझ्नुपर्ने बताउँछन्, नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल ।

‘सामाजिक सञ्जालमा चिकित्सकले कुनै रोग तथा समस्याको रोकथामबारे सूचना दिनसक्छ, तर यो नै औषधि यति नै मात्रामा खानुस् भनेर भन्न मिल्दैन्,’ उनी भन्छन्, ‘सेवाग्राहीको प्रकृति, उमेर समूह, वजन र रोगका लक्षण फरक हुने भएकाले रोकथामका उपाय भने पनि यो नै खानुस्, यति नै खानुस् भनेर भन्न मिल्दैन ।’

विषय विशेषज्ञले भनेका कुरा सत्य र विज्ञानले प्रमाणित गरेका हुने भन्दै रिजाल कुन सन्देश सही र कुन गलत भनेर छुट्याउने काम प्रयोगकर्ता तथा सन्देश सुन्ने-पढ्नेको हुने बताउँछन् ।

‘सामाजिक सञ्जालमा स्वास्थ्य क्षेत्रका व्यक्तिले दिएका सन्देश सुने-बुझे पनि स्वास्थ्य परीक्षण गरेर मात्रै औषधिको प्रयोग गर्नुपर्छ । सुनेको-देखेको भरमा विषय विज्ञको पहिचान नगरी औषधि प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ,’ डा. रिजालले भने ।

विषय विशेषज्ञले भनेका देखाएका कुरा अध्ययन अनुसन्धानबाट प्रमाणित हुनुका साथै सन्देश दिने व्यक्ति वैधानिक हो होइन र उसको सामाजिक उत्तरदायित्व के छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने उनको तर्क छ ।

सामाजिक सञ्जालमा स्वास्थ्यकर्मी हुँ भनेर दिइएका सन्देश सुनेर पढेर पूर्ण विश्वास गरी केही व्यक्तिले औषधिको प्रयोग गर्ने गरेको भन्दै उनले विना स्वास्थ्य परीक्षण औषधि सेवन गरेका कारण स्वास्थ्यमा समस्या आई केही व्यक्ति अस्पताल आउने गरेको उनले अनलाइनखबरलाई बताए ।

एकातिर विषय विज्ञले सामाजिक सञ्जालमार्फत निःशुल्क जानकारी दिइरहेका छन् भने अर्कातिर केहीले जनमानसमा विभिन्न किसिमका भ्रम छरिरहेका छन् । यसरी भ्रम छर्नेहरुको पहिचान गरी उनीहरुबाट टाढा बस्नुपर्ने उनको भनाइ छ । जनस्वास्थ्यका लागि सूचना दिने व्यक्ति कति विश्वसनीय र समाजप्रति कति उत्तरदायी छ भन्ने कुरामा सर्वसाधारण सचेत हुन जरुरी छ ।

‘सामाजिक सञ्जालमा आएका सबै सन्देश सकारात्मक हुँदैनन्,’ डा. रिजाल भन्छन्, ‘स्वास्थ्य जस्तो संवेदनशील विषयलाई हलुका रुपमा लिई चिकित्सकलाई नभेटी अर्थात् स्वास्थ्य परीक्षण नगराइ कुनै औषधि सेवन गर्नु हुँदैन ।’

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.