• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

उपाध्यक्षको शौचालय सफा नगरेको भन्दै सीताको जागिर चट्


घरअगाडि पिच सडक। राजधानी काठमाडौंदेखि छुटेका गाडी यो सडक हुँदै गुल्मी, बागलुङ पुग्ने गर्छन्। जुन सडकमा मन्त्रीदेखि धनाढ्य व्यक्तिका चिल्ला गाडी गुड्छन्। त्यही सडक छेउको कान्लामा एउटा सानो टिनको छाप्रो छ।

छाप्रोभित्र तिनै गाडीले उडाएको धुलो पस्छ तर कुनै प्रतिष्ठित मानिस उनको घरमा पस्दैनन्। रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित मालमुलकी सीता खड्का बस्ने घर यही हो। उनी ४५ वर्षकी भइन्। ५० वर्षीय श्रीमान्‌सहित चारजनाको परिवार छ। पढ्दै गरेका दुई छोराछोरी छन्। श्रीमान रोगी छन्। २० वर्षदेखि उनी नसाकी रोगी हुन्।

पछिल्लो समयमा मुटुसम्बन्धी रोगले ग्रसित छन्। तिनै श्रीमान्‌को औषधि उपचार र छोराछोरी पढाउनका लागि खर्च जोहो गर्ने जिम्मेवारी सीताको काँधमा छ। दुई छाक टार्न समेत धौधौ छ सीतालाई।

२०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। सिंहदरबारको अधिकार घरघरमा आयो भन्न थाले। यससँगै गाउँघरमै केहीले रोजगारी पाए। सीतालाई पनि रिब्दीकोट गाउँपालिकाअन्तर्गत स्वास्थ्य शाखाको कार्यालयमा जागिर गर्ने मौका मिल्यो। कार्यालय सहयोगी पदमा नियुक्ति पाइन्।

सरसफाइ गर्ने, चियानास्ता पकाएर खुवाउने, भाँडा माझ्ने, शाखाबाट वितरण हुने औषधि सबै वडाका स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने र औषधि लिन तानसेन आउनुपर्ने उनको काम थियो। कतिपय ठाउँमा बोकेरै औषधि लैजानु पर्थ्यो।

यो काम गर्दा शुरुमा उनले ९ हजार तलब पाउँथिन्। कठिन काम भएकाले पछिल्लो समयमा उनको तलब साढे १५ हजार पुगेको थियो। यो कमाइले उनको परिवारलाई ठूलो राहत मिलेको थियो। यही कमाइले श्रीमान्‌लाई उपचार गर्दै आएकी थिइन्। छोराछोरी पढाउन र चारजनाको परिवारलाई दुई छाक टार्न सहज भएको थियो।​

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजय भएर नयाँ जनप्रतिनिधि आए। गाउँपालिका अध्यक्ष र उपाध्यक्षले असार ६ गते पद सम्हाले। गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उमेदवार नारायणबहादुर कार्की विजयी भए। उपाध्यक्षमा गठबन्धनकै कांग्रेसकी उमेदवार कान्ता अधिकारी विजयी भइन्।

दुर्भाग्य! नयाँ उपाध्यक्ष आएको तीन दिनपछि सीताको जागिरमा दिनगन्ती नै शुरु भएको रहेछ। गाउँपालिकाको नयाँ भवनमा शौचालय छ। एउटा शौचालय उपाध्यक्षले प्रयोग गर्छिन्। शौचालयको साइफनमा सिमेन्टको दाग रहेछ।

शौचालयलाई कुरूप बनाएको दाग हटाउन गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीसहित सीता पनि खटिइन्। यसअघि पटक पटक सफा गर्दा दाग गएको थिएन। केमिकल ल्याएपछि सफा गरौंला भन्ने प्रस्ताव सीताले राखिन्।

५ दिनपछि केमिकल आयो। सीता र कार्यालयका अर्का कर्मचारी वीरबहादुर कुँवरले सफा गरे। त्यसको जस भने त्यहीँ कार्यरत अर्की कर्मचारी विन्दु पाण्डेले लिइन्। विन्दुले शौचालय चिटिक्क बनाएँ भन्दै उपाध्यक्ष कान्तालाई सुनाइन्। जुन काम उनी आफूले गरेकी थिइनन्।

मनमा रिस साँधेकी कान्ताले कार्यपालिका बैठकमा प्रस्ताव नै पेश गरिन्। शौचालय सफा नगर्ने कर्मचारीलाई हटाउनुपर्छ। ‘एउटा घर सफासुग्घर भएको सन्देश दिन शौचालय सफा चाहिन्छ।

यस्तै कार्यालय सफा हुन पनि शौचालय सफा गरेको हुनुपर्छ।’ यो भनाइ सहित सरसफाइ नगर्ने कर्मचारी हटाउनुपर्छ भन्दै बैठकमा कुरा उठाएको कान्ताले घुमाउरो पारामा स्वीकारिन्।

तर सीतालाई जागिरबाट निकाल्नुमा आफ्नो हात नभएको उनले बताइन्। उनले थपिन्, ‘घरमा मकै खन्न बोलाएका ज्यालादारी कामदारलाई मन नपरे अर्को दिन साहुले नबोलाउन सक्छ। शायद सीताको काम मन नपरेर कार्यपालिका बैठकले जागिरबाट हटाउने निर्णय गरेको हुनसक्छ।’ तर जागिरबाट निकालिने पूर्वजानकारी सीतालाई थिएन। एक्कासी जागिरबाट हटाएपछि जानकारी पाइन्।

उपाध्यक्षलाई खुशी पार्न गरेको काम भयो ‘अभिशाप’
सीता स्वास्थ्य शाखाको कार्यालय सहयोगी हुन्। गाउँपालिका कार्यालयमा कार्यालय सहयोगी पदमा अरू छन्। तोकिएको जिम्मेवारीअनुसार सीताले उपाध्यक्षको कार्यकक्षमा काम गर्नु पर्दैन। नयाँ उपाध्यक्षलाई खुशी पार्न उनले काम गरेकी थिइन्।

तर त्यो काम आफ्ना लागि अभिशाप भएको सीताले गुनासो गरिन्। सामग्री नहुँदा समयमा उपाध्यक्षको शौचालय सफा गर्न सकिनँ। शौचालय सफा गर्ने सामग्री खरिद गरेर ल्याउने अधिकारी छैन। अधिकार भएको कर्मचारीले समयमा सामग्री (केमिकल) ल्याइदिनुभएन। अन्ततः उपाध्यक्षको शौचालय समयमै सफा गर्न नसक्दा मेरो जागिर नै गुम्यो’, उनले भनिन्।

जागिर गुमेपछि परिवारमा बिचल्ली

चार वर्षसम्म खाइपाइ आएको जागिर अहिले गुमेको छ। सीताको खेती गरेर खाने आफ्नै जमिन छैन। घर समेत सडकको दायरामा परेको छ। सडक फराकिलो बनाउँदा घर भत्किने अवस्थामा छ।

भर्खरै १२ कक्षा पास गरेका छोराले बुटवलको एक हार्डवेयर पसलमा काम गर्दै पढेका छन्। छोरीले गाउँमै काम गर्दै पढेकी छन्। खर्च नपुग्दा छोरालाई सीताले नै पैसा पठाइदिनु पर्छ। जागिर गुमेपछि साँझ बिहान छाक टार्न धौधौ भएको छ।

बिरामी श्रीमान्‌को उपचार कसरी गर्ने भन्ने चिन्ता सीतालाई परेको छ। आफू निर्वाचनका वेला कर्मचारी भएर मतदान स्थलमा खटिएकाले कुनै पार्टीलाई भोट नदिएको उनले सुनाइन्। जागिरमा फेरि नियुक्ति दिन सीताले स्थानीय सरकारसँग अपिल गरिन्।

९२ मध्ये १० जना कर्मचारी निकाल्ने निर्णय

९२ मध्ये १० जना कर्मचारी निकाल्ने निर्णय
गाउँ कार्यपालिकाको गत असार ३१ गते बसेको बैठकले सीतासहित १० जनालाई जागिरबाट निकाल्ने निर्णय गरेको छ। ९२ मध्ये ८२ जना करार ज्यालादारी दरबन्दीका कर्मचारीको भने जागिर थमौती गरिएको छ।

राजनीतिक आस्थाको आधारमा आफूहरूलाई जागिरबाट निकालेको कम्प्युटर अप्रेटरको काम गर्दै आएका राधाकृष्ण दंगालले बताए। उनी पनि जागिरबाट निकालिएका छन्। सीता जस्ता केही गरिब तथा विपन्न परिवारका कर्मचारीलाई जागिरबाट नहटाउन उनले माग गरे। पुनर्बहालीको माग गर्दै उनीहरूले गाउँपालिकाको कार्यालयमा चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

तत्कालीन एमालेका नारायणबहादुर जिसी गाउँपालिका अध्यक्ष र लक्ष्मी खनाल उपध्यक्ष हुँदा एमाले बाहेक अन्य पार्टीमा आस्था राख्नेलाई समेत जागिर लगाइएको थियो। अहिले छानीछानी एमालेमा आस्था राख्ने कर्मचारीको रोजीरोटी खोसिएको दंगालले बताए।

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.