सिन्धुली — सिन्धुलीको तीनपाटन गाउँपालिका–७ पत्यानीमा करेन्ट लागेर ३५ वर्षीय तीर्थबहादुर श्रेष्ठको शनिबार मृत्यु भएको छ ।
वाक्सुखोला जलविद्युत आयोजनाबाट संचालित विद्युतको पोल ढलेर बाटोमा झोल्लिएको तारमा अल्झिँदा श्रेष्ठलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो पनी हेर्नुस
बाढीका कारण मेलम्ची तटीय क्षेत्र जोखिममा, स्थानीय रातभर बाहिर
Nepal Ahile
बाढीका कारण मेलम्ची तटीय क्षेत्र जोखिममा, स्थानीय रातभर बाहिर
सतर्कता अपनाउन आग्रह
नेपाल अहिले-नेपाल अहिले साउन २१, २०७९
291
SHARES
बाढीका कारण मेलम्ची तटीय क्षेत्र जोखिममा, स्थानीय रातभर बाहिर
सिन्धुपाल्चोक, २१ साउन । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ ।
यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिनुभएको छ । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताउनुभयो ।
त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेकाहरु सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।



